×

NMB BANK
NIC ASIA

‘महाजात्रा’को ट्रेलरले कस्तो पाउँदैछ प्रतिक्रिया ?

काठमाडाैं | फागुन २२, २०८०

NTC
Premier Steels

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

Muktinath Bank

‘जात्रा’को तेस्रो श्रृंखलाका रुपमा निर्माण भएको फिल्मको आइतवार ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरलाई मंगलवार दिउँसोसम्म ३ लाख ४० हजारले हेरिसकेका छन् । युट्युबमा आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मको  ट्रेलरमा तीन शीर्ष पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उतारचढावलाई चित्रण गरिएको छ । ट्रेलर कमेडीले भरिएको छ । यसमा अभिनेता हरिवंश आचार्य नकारात्मक चरित्रमा प्रस्तुत छन् । उनी नेताको भूमिकामा छन् । 


Advertisment
Nabil box
Kumari

बेरोजगारी र कालो धनको कथालाई फिल्ममा रमाइलो तरिकाले पेस गरिएको छ । अपराधको पैसाले पिरोल्छ भन्ने सन्देश फिल्मले दिन खोजेको पनि ट्रेलरबाट आँकलन गर्न सकिन्छ । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने फिल्मको ट्यागलाइन छ ।

Vianet communication

‘महाजात्रा’मा हरिवंश, विपिन, रविन्द्र झा र रविन्द्र सिंह बानियाँसहित वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला, सुमन कार्की लगायतको अभिनय छ । आगामी चैत ९ गतेदेखि फिल्म प्रदर्शन हुँदैछ । 

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्मको टिम यतिबेला प्रचारप्रसारका लागि मोफसल यात्रामा निस्किएको छ ।

निर्माण घोषणादेखि नै चर्चामा रहेको ‘महाजात्रा’ले राम्रो व्यापार गर्ने विश्लेषण फिल्म वृत्तमा भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x