×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

केन्द्रमा भागबण्डाको रस्साकस्सी, प्रदेशमा मन्त्रीको राजीनामा र बर्खास्त

काठमाडाैं | फागुन २३, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नयाँ सत्ता समीकरण बनेसँगै त्यसको असर प्रदेश सरकारहरुमा समेत पर्न थालेको छ । एमाले र माओवादी केन्द्रको मुख्यमन्त्री भएका प्रदेशमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिन थालेका छन् भने कांग्रेसको मुख्यमन्त्री भएका प्रदेशमा माओवादीका मन्त्रीहरु बर्खास्त भएका छन् । 

Muktinath Bank

कोशी, लुम्बिनी र मधेसबाहेकका प्रदेशमा यो सिलसिला चल्न थालेको हो । बागमती प्रदेशमा कांग्रेसका ६ जना मन्त्रीले बुधबार राजीनामा दिने तयारी गरेका छन् । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गर्दा कर्णालीमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् । 
यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले माओवादीको मन्त्रीलाई बर्खास्त गर्दै आफैँले मन्त्रालय सम्हाल्न थालेका छन् । लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार धरापमा रहेको भएपनि हालसम्म बर्खास्त गर्ने या राजीनामा भएको छैन ।  
०००००
यसैगरी एमाले, माओवादीसहितका दलहरु मन्त्रालयको भागबण्डासहित समग्र पावरसेयरिङको छलफलमा जुटेका छन् । त्यसअघि सत्ता पक्ष गठबन्धनमा दलको संख्या बढाउने रणनीतिमा पनि देखिन्छ । हाल माओवादी, एमाले, जसपा र रास्वपामात्रै गठबन्धनमा रहेकामा एकीकृत समाजवादीलगायतका दललाई भित्र्याउने रणनीति देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसअनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका थिए । नेपालले सकारात्मक जवाफ दिँदै बुधबार आवश्यक निर्णय गर्ने बताउँदा जनमत, नागरिक उन्मुक्ति पार्टी र लोसपासँग पनि सहकार्यबारे छलफल भइरहेको छ । आइतबार राति माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्यको सहमति गरेको थियो । 
००००
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलवार साँझ सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
००००
सोमवार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेन्ज परिसूचकमा मंगलबार उच्च अङ्कको गिरावट देखिएको छ ।
नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को विन्दुमा कायम भएको हो ।
००००
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीलाई पदमुक्त गर्न राष्ट्रिय सतर्कता केन्द्रले कोषका अध्यक्षलाई निर्देशन दिएको छ ।
कोषका कार्यकारी प्रमुख समेत रहेका अधिकारीको नियुक्ति नै गैरकानूनी रहेकाले पदबाट बर्खास्त गर्न केन्द्रले सचिवस्तरीय निर्णय गर्दै निर्देशन दिएको हो ।
००००
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरूलाई  उक्त जिम्मेवारी दिएका हुन् ।
००००
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएको छ ।
००००
महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । 
यही फागुन २५ गते शुक्रवार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको हो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x