×

NMB BANK
NIC ASIA

पेरूका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडाैं | फागुन २३, २०८०

NTC
Premier Steels

लिमा–पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलवार राजीनामा दिएका छन् । 

Muktinath Bank

ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन् । उनले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गरेका थिए । 


Advertisment
Nabil box
Kumari

ओटारोलाले एक २५– बर्षीया युवतीलाई क्यानडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए । ५७ वर्षीय ओटारोला विवाहित हुन् र उनका पाँच सन्तान छन् ।

Vianet communication

गत हप्ताको अन्त्यमा, टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कूल १४ हजार अमेरिकी डलरको दुई सम्झौताहरू प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादा विपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।  

सम्झौता गर्दा अनियमितता भएको हुनसक्ने आधार मानिएको रेकर्डेड कुराकानीमा प्रधानमन्त्री ओटारोलाले ती युवतीलाई भनेका छन्, ‘प्रिय, तिमीलाई थाहा छ ‘यी प्रसङ्ग’ ले दुःख दिएका छन् । तिनीहरू हाम्रा लागि पीडा हुन् । तर तपाईंलाई यो पनि थाहा छ कि म तपाईंलाई माया गर्छु ।’

पिनेडोका अनुसार उक्त कुराकानी ओटारोलासँग उनी क्याबिनेट मन्त्री हुनुअघि सन् २०२१ मा भएको हो । पिनेडोले प्रधानमन्त्री ओटारोलासँग आफ्नो छोटो ‘भावनात्मक सम्बन्ध’ भएको कुरा स्वीकारेका थिए । 

यसैबीच, ओटारोलाले पेरूको श्रम कानूनको उल्लङ्घन वा अन्य गलत काम गरेको आरोप अस्वीकार गरेका छन् । 

‘मैले राजनीतिक परिस्थितिको गम्भीरता बुझेको छु तर म दोहोर्याउँछु कि मैले कुनै पनि गैरकानूनी काम गरेको छैन,’ उनले सोमवार यसअघि ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोष्टमा लेखेका छन् । 

राष्ट्रपतिको कार्यालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै के गर्ने भन्ने निर्णय गर्नुअघि ओटारोलाको कुरा सुन्ने बताएको थियो ।

अभियोजकहरूले ओटारोलालाई सम्भावित स्वार्थको द्वन्द्व र ‘अवैध प्रायोजन’ को लागि अनुसन्धान गर्ने बताएका छन् ।

सन् २०२२ मा तत्कालीन वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोले काङ्ग्रेसलाई भङ्ग गर्ने र अवैध रूपमा शासन गर्ने प्रयास गरेपछि ६१ वर्षीय बोलुआर्टे राष्ट्रपति भएका हुन् । 

प्रधानमन्त्रीको युवतीसँगको घटनालाई जोडेर राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भएका छन् । सन् २०१८ को मार्चपछि अहिलेसम्म पेरूमा छ जना राष्ट्रपति भइसकेका छन् । 

ह्युमन राइट्स वाचको एक अनुमानअनुसार सुरक्षा बलको कारबाहीमा अहिलेसम्म करिब ५० जनाको मृत्यु भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x