×

NMB BANK
NIC ASIA

राष्ट्रपतीय निर्वाचनको प्राथमिक दौडमा बाइडेन र ट्रम्पको अग्रता

काठमाडाैं | फागुन २३, २०८०

NTC
Premier Steels

वासिङ्टन– सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको प्राथमिक (प्राइमरी) मतदानमा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो पार्टीको प्रतिस्पर्धामा अग्रता लिएका छन् ।

Muktinath Bank

अमेरिकी लेखक मारियान विलियम्सन र सांसद डीन फिलिप्सको चुनौती रहेको बताइएका बाइडेनले अलाबामा, म्यासाचुसेट्स, मेन, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी, भर्जिनिया र भर्मोन्टको डेमोक्र्याटिक प्राइमरीमा विजयी हुनुका साथै आयोवामा पार्टीका तर्फबाट उम्मेदवार चयन भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले अलाबामा, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी र भर्जिनियामा हुने रिपब्लिकन प्राइमरी प्रतिस्पर्धामा दक्षिण क्यारोलिनाका पूर्व गभर्नर तथा संयुक्त राष्ट्रसङ्घका लागि पूर्वअमेरिकी राजदूत निक्की हेलीलाई पराजित गर्ने अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्राथमिक दौडको लागि सबैभन्दा महत्वपूर्ण दिन ‘सुपर ट्युस्डे’को रातमा अनुमानित परिणामहरू आउने क्रम जारी छ । 

Vianet communication

क्यालिफोर्निया र टेक्सासलगायत १५ राज्य तथा समोआमा मङ्गलवार प्राथमिक निर्वाचन सम्पन्न भएको छ । 

आयोवाको डेमोक्र्याटिक्स पार्टीले आफ्नो राष्ट्रपतीय उम्मेदवार चयनका लागि भएको मतदानको नतिजा सार्वजनिक गरेको छ । 

अमेरिकी समाचारर संस्था, एसोसिएटेड प्रेस (एपी) र एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले हालै गरेको एक सर्वेक्षणले सन् २०२० को चुनावमा ८१ वर्षीय बाइडेन र ७७ वर्षीय ट्रम्पको मानसिक क्षमतामा अमेरिकी वयस्कको ठूलो हिस्साले शङ्का व्यक्त गरेको देखाएको छ । 

सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाभन्दा बढीले बाइडेनको राष्ट्रपतिको रूपमा प्रभावकारी रूपमा काम गर्न सक्ने मानसिक क्षमतामा आफू विश्वस्त नभएको बताएका छन् भने ५७ प्रतिशतले ट्रम्पमा काम गर्ने क्षमता र तीक्ष्णताको कमी रहेको बताइएको छ ।

सर्वेक्षण रिपोर्टअनुसार हरेक पाँचमध्ये चार अमेरिकी वयस्कले संयुक्त राज्य अमेरिका गलत दिशामा गइरहेको ठान्छन् भने पाँचमध्ये एक जनाले सही दिशामा गइरहेको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x