×

NMB BANK
NIC ASIA

राष्ट्रसंघद्वारा रोहिङ्ग्या शरणार्थीका लागि ८५ करोड डलर माग

काठमाडाैं | चैत १, २०८०

NTC
Premier Steels

जेनेभा - संयुक्त राष्ट्रसङ्घले बुधबार बङ्गलादेशका शिविरहरूमा रहेका धेरै रोहिङ्ग्या शरणार्थीका लागि सहयोग बढाउन आह्वान गरेको छ । शिविरमा पैसाको अभावले धेरै मानिस पर्याप्त खाना वा अन्य सहयोगबाट वन्चित छन् । 

Muktinath Bank

सङ्कटका लागि आफ्नो वार्षिक प्रतिवेदनमा राष्ट्रसङ्घले बङ्गलादेशमा अधिकांश मुस्लिम रोहिङ्ग्या शरणार्थीहरू र उनीहरूलाई आतिथ्यता प्रदान गर्ने समुदायलाई यस वर्ष अत्यावश्यक सहयोग प्रदान गर्न ८५ करोड २४ लाख डलरका लागि अपिल गरेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बङ्गलादेश अधिकांश राज्यविहीन अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब १० लाख सदस्यको घर हो । यीमध्ये धेरै मानिस सन् २०१७ मा म्यान्मामा सैन्य कारवाहीपछि भागेका थिए । म्यान्मामा लगातार द्वन्द्व भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) ले बङ्गलादेशमा करिब ९५ प्रतिशत रोहिङ्ग्या परिवार असुरक्षित मानिएको र उनीहरू मानवीय सहयोगमा निर्भर रहेको एक विज्ञप्तिमा जनाएको छ । 'म्यान्मामा द्वन्द्व बढ्दै गएपछि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय ऐक्यबद्धता र शरणार्थीको सुरक्षा पहिलाभन्दा धेरै नै आवश्यक छ,' विज्ञप्तिमा भनिएको छ । 

Vianet communication

गत वर्ष राष्ट्रसङ्घ र उसका सहयोगी मुलुकहरूले रोहिङ्ग्या शरणार्थी सङ्कटमा फसेका मानिसको सहयोगका लागि ८७ करोड ६० लाख डलर प्रदान गर्ने बताएका थिए । यद्यपि अन्त्यमा अनुरोध गरिएको रकमको आधा अर्थात ४४ करोड डलर मात्र प्रदान गरियो । 

धेरै हदसम्म मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाहिर भएकाले युएनएचसीआरले हालैका वर्षहरूमा महत्त्वपूर्ण कोषको कमीले ‘गम्भीर असर’ परेको चेतावनी दिएको छ । धेरै शरणार्थीले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै युएनएचसीआरले ‘तत्काल दिगो सहयोग आवश्यक रहेको’ बताएको छ । 

सहयोग प्राप्त गर्ने शरणार्थी जनसङ्ख्यामा ७५ प्रतिशतभन्दा धेरै महिला तथा बालबालिका रहेको भन्दै राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले उनीहरूले ‘दुर्व्यवहार, शोषण र लिङ्गमा आधारित हिंसाको बढ्दो जोखिम’ को सामना गरिरहेको चेतावनी दिएको छ । 

'शिविरहरूमा आधाभन्दा धेरै शरणार्थी १८ वर्षभन्दा कम उमेरका छन्, उनीहरू शिक्षा, सीप निर्माण र जीविकोपार्जनको सीमित अवसरहरूबीच बाँचिरहेका छन्,' विज्ञप्तिमा भनिएको छ । सङ्कटका लागि राष्ट्रसङ्घको नेतृत्वको संयुक्त प्रतिक्रिया योजनाले एक सय १७ साझेदारलाई एक ठाउँमा ल्याएको छ र यसमा करिब आधा बङ्गलादेशी सङ्गठन छन् । 

उक्त योजनाको लक्ष्य रोहिङ्ग्या समुदायका करिब तीन लाख ५० हजार मानिसका साथै कक्स बजार शिविरहरू र भासन चार द्वीपमा रहेका करिब १० लाख रोहिङ्ख्या शरणार्थीलाई सहयोग गर्नु हो । उक्त रकमको प्रयोग खाना, आश्रय, स्वास्थ्य सेवा, पेयजलमा पहुँच, सुरक्षा सेवा, शिक्षा र अन्य सहयोगका लागि गरिने राष्ट्रसङ्घले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x