×

NMB BANK
NIC ASIA

ईयूले रोक्का गरेको रुसको सम्पत्ति युक्रेनलाई हतियार किन्न सहयोग गर्ने जर्मन चान्सलरको घोषणा

काठमाडाैं | चैत ४, २०८०

NTC
Premier Steels

ब्रसेल्स– युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् ।  

Muktinath Bank

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै चान्सलर सोल्जले भने, ‘हामीले युरोपमा रोक्का रुसी सम्पत्तिबाट आएको आम्दानीलाई हतियार खरिदका लागि युक्रेनलाई आर्थिक सहयोग गर्न प्रयोग गर्नेछौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ईयूका उच्च पदस्थ प्रतिनिधिका अनुसार ईयूले अहिलेसम्म रुसविरूद्धको प्रतिरोधका लागि प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘हामी पहिले नै प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेका छौँ र यसमा युक्रेनमा रुसी युद्धको सामना गर्ने उपायहरू समावेश हुनेछन् । उनले अर्को प्रतिबन्धको प्याकेज कहिले ल्याइन्छ भन्ने विषयमा जानकारी गराउन अस्वीकार गरे । 

Vianet communication

प्रतिबन्धको अर्को चरणको घोषणा कहिले गरिनेछ भन्ने विषयमा जवाफ दिन अस्वीकार गरे । 

सन् २०२२ को फेब्रुअरीदेखि ईयूले युक्रेनमा भएको विशेष सैन्य कारबाहीलाई लिएर यसअघि रूसविरुद्ध व्यक्तिगत तथा आर्थिक प्रतिबन्धका १३ वटा प्याकेज ल्याइसकेको छ । 

फेब्रुअरी २३ मा स्वीकृत गरिएको अन्तिम प्रतिबन्ध १३ औँ भएको रुसी समाचार संस्था तासले जनाएको छ । 

ईयूले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब यूरो अर्थात् पाँच अर्ब ४८ करोड अमेरिकी डलर उपलब्ध गराउने सहमति बिहीवार भएको हो ।

रुसको आक्रमणविरुद्ध युक्रेनी सेनाले सङ्घर्ष गरिरहेका बेला युक्रेनलाई सैन्य सहयोग विस्तार गर्ने घोषणा गर्दै युक्रेनलाई जितका लागि आवश्यक पर्ने सबै कुरामा ईयूको सहयोग रहने बताइएको छ ।

ईयूका विदेश मामिला तथा सुरक्षा नीतिसम्बन्धी उच्च अधिकारी जोसेप बोरेलले भने, ‘ईयू सदस्य राष्ट्रका सरकारका प्रतिनिधिहरू सहमत भएका छौँ ।’ 

उनले भने, ‘यो कोषले हामीलाई थप पाँच अर्ब यूरो (५.४८ अमेरिकी डलर) सैन्य सहयोग बढाउन अनुमति दिनेछ । सन्देश स्पष्ट छ ।  हामी विजय प्राप्त गर्न आवश्यक सबै कुरा उपलब्ध गराउनेछौँ ।’

युरोपेली सङ्घका २७ सदस्य राष्ट्रका राजदूतहरूले युरोपेली शान्ति सुविधा (ईपीएफ) कोषको फेरबदलका लागि बुधवार ब्रसेल्समा भएको बैठकमा सहमति जनाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x