×

NMB BANK
NIC ASIA

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै तनहुँका महिला

तनहुँ | चैत ६, २०८०

NTC
Premier Steels

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् ।​ यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् ।

Muktinath Bank

ती दुई आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फूल खेती गरेकामा बिक्री नभएका उक्त फूलबाट धूप बनाउने सीप सिकेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यसहित गाउँपालिकाको सहयोगमा धूप बनाउने सीप प्रदान गरिएको यान्चोक आमा समूहका अध्यक्ष सुनिता आलेले बताइन् ।


Advertisment
Nabil box
Kumari

'गत तिहारलाई लक्षित गरी हामीले सयपत्री फूल खेती गर्‍यौं, त्यतिबेला बिक्री नभएको फूलको प्रयोग गरी धूप बनाउने सीप सिकाइएको हो, यसले आम्दानीको बाटो हुने र महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ', उनले भनिन् ।

Vianet communication

ती दुई आमा समूहले २२ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका थिए । तिहार र त्यसपछि गाउँपालिकाका विभिन्न कार्यक्रममा गरी तीन लाख रुपैयाँको सयपत्री फूल बिक्री भएको थियो ।

बाँकी रहेका फूललाई सदुपयोग गर्न धूप बनाउने सीप सिकाइएको उनको भनाइ छ । उनका अनुसार सयपत्री फूल सुकाएर, काउला र धुपीको धुलो मिसाएर सिन्के धूप बनाउन सकिन्छ । त्यस्तै अङ्गारमा सयपत्रीको फूलको धुलो मिसाएर पनि धूप बनाउन सकिन्छ ।

उनले भनिन्, 'हामीले तालिममा एक किलो काउलाको धुलो, एक किलो धुपीको धुलो राखेर सिन्की धुप बनाउन सिक्यौं, सीप सिकेपछि अब व्यावसायिक बनाउनेतर्फ अगाडि बढ्छौं ।'​

आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले बाहिरबाट ल्याइएका धूप खरिद गर्नुपर्ने अवस्थाको अन्त्यका लागि स्थानीयस्तरमै धूप उत्पादन गरी बिक्री वितरण गर्न सीपमूलक तालिम सिकाइएको जानकारी दिइन् ।

उनले भनिन्, 'सयपत्रीको फूलको प्रयोग गरेर धूप बनाउन सकिने रहेछ भन्ने थाहा थिएन, गाउँपालिकाले यसका लागि तालिम दिएपछि हामी उत्साहित छौं ।'

सयपत्री फूल खेतीलाई निरन्तरता दिँदै फूल र माला बिक्री गर्ने र खेर जाने फूललाई धूपका रुपमा प्रयोग गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

उनका अनुसार घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई गत तिहार अगाडि फूल खेती शुरू गरिएको थियो ।

प्रशिक्षक सुस्मिता थापाले स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी धूप बनाउन सिकाइएको जानकारी दिइन् । उनले भने, 'धुप बनाउने सीप सिक्न महिला उत्साहित भएको पाएँ, यसलाई अब आयआर्जनसँग जोड्न सकिनेछ ।'

महिलालाई आयआर्जनमा जोड्न धूप बनाउने सीपमूलक तालिम दिइएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिइन् । स्थानीय उत्पादन प्रयोग गरी धूप बनाउन सकिने जनाउँदै उनले धूप बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सघाउने बताइन् ।

उनले भनिन्, 'गाउँपालिकाभित्र विभिन्न धार्मिक क्षेत्र छन्, मठमन्दिरमा विभिन्न समयमा मेला पर्व लाग्ने हुँदा त्यसलाई लक्षित गरी धूप बिक्री गर्न सकिन्छ, बाहिरबाट धूप नल्याइ स्थानीय उत्पादनलाई नै प्राथमिकता दिनका लागि गाउँपालिकाले सहयोग गर्नेछ ।'

सबै महिला समूहले उद्यम गर्नुपर्छ भन्ने लक्ष्य राखी गाउँपालिकाले सीप सिकाउन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ ।

गाउँपालिकाका छ वडामा एक सय आमा समूह रहेकामा सबै महिला समूहलाई सीप सिकाउन सकिए गाउँपालिका आत्मनिर्भर बन्नसक्ने उनले बताइन् ।

त्यस्ता सामग्री बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै उनले भनिन्, 'अहिले उत्पादन गरिएका धूप फागु पूर्णिमामा छिम्केश्वरीमा ठूलो मेला लाग्ने र सोही मेलामा बिक्री गर्न सकिन्छ, त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x