×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कर्णाली सरकारको नेतृत्व एमालेलाई नदिन प्रचण्डमाथि दबाब

काठमाडाैं | चैत १४, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कर्णाली सरकारको नेतृत्व नछााड्न पार्टीभित्रबाट दवाव परेको छ । प्रचण्डले गठबन्धनमा प्रदेशको नेतृत्वबारे भागबण्डा हुँदा एमालेलाई दिने समझदारी भएको विषय बाहिरिएपछि पार्टीका केही नेताहरुले यस्तो दवाव दिएका हुन् । 

Muktinath Bank

पार्टीका नेता कालीबहादुर मल्ल, जनार्दन शर्मालगायतले पार्टीको जनाधार भएको क्षेत्र कर्णालीमा मुख्यमन्त्री पार्टीकै हुने अडान लिएका हुन् । यसबारे बुधबार बोलाइएको पदाधिकारी बैठकमा समेत आवश्यक छलफल हुने एक नेताले बताए । 
००००
सर्वोच्च अदालतले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई अनुमति दिन सरकारलाई सर्वोच्च अदालतले दिएको आदेश सुधार्नुको विकल्प नरहेको बताएका छन् । सोमबार अदालतले यस सम्बन्धमा दिएको आदेशलाई चुनौती दिँदै उनले यस्तो बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । 
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा  सिरहाका रवि लामा छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएका लामा हालसम्म फरार रहँदै आएका थिए । 
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले यसअघि नै जरिवाना र सजाय ठहर गरेको थियो । 
००००
विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 


Advertisment
Nabil box
Kumari

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ताधनबहादुर कार्कीले जानकारी दिए ।
००००
कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ । 

Vianet communication

त्यस्तै धनकुटा र उदयपुर जिल्लाको सङ्गममा अवस्थित अरुण र तमोर नदीको सङ्गममा धनकुटातर्फ रहेको किरात सभ्यतासँग जोडिएको खुवालुङलाई सांस्कृतिक पर्यटनका रुपमा विकास गर्ने र प्रदेश मन्त्रिपरिषद् बैठक महिनाको एक पटक धनकुटामा बस्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रले उपनिर्वाचन र प्रदेश सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।
बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका एक सदस्यले जानकारी दिए ।
००००
दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतको अनुमति कानूनसम्मत नभएको भन्दै छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासले मंगलवार गृह मन्त्रालयको नाममा यस्तो आदेश दिएको हो ।  
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गरेका छन् ।
उनले पार्टीको  विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा रणबहादुर रावल प्रमुख रहेको विभागमा आज १० सदस्य मनोनीत गरेका हुन् ।
००००
नेपाल विद्युत् प्राधिकरणको हठका कारण नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारबाट सस्तो दरमा खरिद गर्दै आएको विद्युत् आपूर्ति गुम्ने खतरा बढेको छ । 
२०७८ सालको वैशाखदेखि नेपालले आईएक्स बजारबाट प्रतिस्पर्धामा विद्युत् खरिद गर्दै आइरहेको थियो । ५ वर्षका लागि सम्झौता भएको भए तापनि प्रत्येक वर्ष सम्झौता नवीकरण गर्नुपर्ने प्रावधान छ ।
००००
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गरेका छन् ।
यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उनले आज सो कार्यको शुभारम्भ गरेका हुन्।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुने गरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । 
प्रधानमन्त्री कार्यालयमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्ने गरी योजना तयार गर्न निर्देशन दिएका हुन् । 
००००
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए विरुद्ध नेपालले दोस्रो टी(२० मा पनि सहज ७१ रनको जीत हात पारेको छ ।
पहिलोमा ६ विकेट र दोस्रो पनि सहज जीत हात पारेपछि नेपाल २–० जित्न पुग्यो । टस जितेर ब्याटिङ गर्दै १९९ रनको लक्ष्य दिएको नेपालले आयरल्याण्डविरुद्ध ७१ रनको जीत दर्ता गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.१४ अङ्कले बढेर २ हजार ४१ दशमलव ७० को विन्दुमा पुगेको छ ।
मंगलबार विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ ।
००००
ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ गरी मुद्दा चलाइएका ४ जनालाई आज प्रहरीले सार्वजनिक गरेको हो ।
००००
प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 
पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
००००

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x