२६ जेठ २०८३, मंगलबार

१६ प्रतिशतले घट्यो खाद्यान्न आयात

चैत १५, २०८०
काठमाडौं
१६ प्रतिशतले घट्यो खाद्यान्न आयात

 मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा खाद्यान्न (चामल, धान, मकै गहुँ, जौ, कोदो) आयात १६ प्रतिशतले घटेर ३२ अर्ब २९ करोड ९६ लाख रुपियाँ बराबरको आयात भएको छ ।

 गत वर्ष सो अवधिमा ३८ अर्ब ८३ करोड ८५ लाख ७५ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम हो । मुलुकमा अधिकांश वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत कमी आएको हो । 

गत वर्षको तुलनामा चामल, धान र मकैको आयातमा कमी आएको छ । आन्तरिक  उत्पादन वृद्धिसँगै बजारमा खाद्यान्नको माग कम हुँदा आयातमा समेत कमी आएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्