×

NMB BANK
NIC ASIA

कमला पुलको पुनःनिर्माण समयमै सम्मन्न गर्न उपप्रधानमन्त्री महासेठको निर्देशन

सिरहा | चैत १८, २०८०

NTC
Premier Steels

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले हुलाकी सडकखण्डअन्तर्गत सिरहा र धनुषा जोड्ने भासिएको कमला पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्न पुनः निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन्। 

Muktinath Bank

पुल पुनः निर्माणको स्थलगत निरीक्षण गर्दै उनले भने, “समयमै पुल नबन्दा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको छ । सरकारले आवश्यक स्रोत र साधनको सबै व्यवस्था गरेकै छ । राष्ट्रिय महत्वको यो पुल अब पनि समयमै बनेन भने निर्माण कम्पनी कारबाहीको भागिदार हुन्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि सो पुल भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी बीच २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । 


Advertisment
Nabil box
Kumari

निर्माण कम्पनीका ‘साइट इन्चार्र्र्ज’ सुदीप थापाका अनुसार हालसम्म बाँकी रहेका १८  पाएर उठाउने काम मात्र सम्पन्न भएको छ भने आगामी वर्ष अगाडि पुलको फाउन्डेसनको काम मात्र सम्पन्न हुनेछ । पुनःनिर्माण सम्झौताको समयअनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको उनको कथन छ ।

Vianet communication

“नदीमा आउने बाढीका कारण वर्षको छ महिना त काम गर्न नै नसकिने रहेछ । यहाँका बालुवा र माटोको बनोटको हिसाबले काम गर्न अन्यन्त जटिल छ । अझ पुलको पश्चिम खण्डमा भासिएको पाएर पुनःनिर्माणको डिजाइन पास पनि भएको छैन,” इन्चार्ज थापाले भने । आफूहरुले बीमा कम्पनीबाट पाउनुपर्ने रु पाँच करोड रकम नपाएको र हाल यस विषयको विवाद काठमाडौँ जिल्ला अदालतमा  विचाराधीन भएकाले आर्थिक रुपमा सङ्कटमा परेको उनले जानकारी दिए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x