×

NMB BANK
NIC ASIA

एसईई परीक्षामा मर्यादाविपरीत गतिविधि गर्ने केन्द्राध्यक्षसहित ६ जनालाई कारबाही

विराटनगर | चैत १९, २०८०

NTC
Premier Steels

माध्यामिक शिक्षा परीक्षा (एसईई)मा मर्यादाविपरीत गतिविधि गरेको भन्दै विराटनगरमा परीक्षा केन्द्रका केन्द्राध्यक्षसहित छ जना निरीक्षक कारबाहीमा परेका छन् । विराटनगरका  विभिन्न तीन वटा परीक्षा केन्द्रमा खटिएका उनीहरूमाथि कारबाही भएको हो । 

Muktinath Bank

अनुगमनका क्रममा मर्यादाविपरीत परीक्षा सञ्चालन गरेको पाइएपछि विराटनगर ६ मा रहेको शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारलाई केन्द्राअध्यक्षको जिम्मेवारीबाट बर्खास्त गरिएको छ । रौनियारलाई केन्द्राध्यक्षको जिम्मेवारीबाट हटाएर गोग्राहा स्कुलका बेदु खतिवडालाई केन्द्राध्यक्षको जिम्मेवारीमा ल्याइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य पाँच जना निरीक्षकहरू पनि कारबाहीमा परेको शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमलले जानकारी दिए । यसैगरी विराटनगर–११ जनपथ माध्यामिक विद्यालयमा खटिएका दुई जना निरीक्षकलाई कारबाही गरिएको उनले बताए ।  जनपथका विजय महतो र योगेन्द्र यादव कारबाहीमा परेका हुन् । उनीहरूको ठाउँमा ज्ञान निकुन्ज स्कुलका राजु चौधरी र जनचेतना आधारभूत विद्यालयका विनारानी दाहाललाई निरीक्षक राखिएको छ । 


Advertisment
Nabil box
Kumari

तोकिएको मापदण्ड पालना गरेको नपाइएपछि केन्द्राध्यक्ष र निरीक्षकहरूमाथि कारबाही गरिएको उनले बताए ।  एसईई परीक्षा सञ्चालन हुने सामुदायिक विद्यालय भएको खण्डमा सोही विद्यालयमा अध्यापनरत आधारभूत तहका शिक्षकलाई निरीक्षक राख्नु पर्ने व्यवस्था छ । तर, जनपथ स्कुलमा जारी परीक्षामा निजी विद्यालयमा अध्यापन गराउने दुई जना निरीक्षक फेला परेका थिए । उनीहरू दुवैजना माध्यामिक तहमा अध्यापन गराउने शिक्षक भएको पाइएपछि कारबाही गरिएको हो । 

Vianet communication

जनपथ स्कुलको परीक्षा केन्द्रमा चार वटा विद्यालयका ३६६ जनाले परीक्षा दिँदैछन् । उक्त केन्द्रमा बाल कल्याण विद्या मन्दिर(बिकेभिएम), जेसी बाल सदन, शिक्षा सदन र लक्ष्मीनारयण वेद विद्या आश्रमका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् । 

सबैभन्दा बढी बिकेभिएमका २६२ जना विद्यार्थी छन् । लक्ष्मीनारायणका २६, शिक्षा सदनका २२, जेसी बाल सदनका ५० जना विद्यार्थी परीक्षामा भाग लिइरहेका छन् । 

ग्रेड वृद्धिमा ६ जनाले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रमा दुई जना सहायक परीक्षा केन्द्राध्यक्ष र १४ जना निरीक्षक रहेका छन् । २५ जना विद्यार्थी बराबर एक जना निरीक्षक राख्न पाइने मापदण्ड रहेको छ । 

कारबाहीमा परेका शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारले आफूमाथि अन्याय भएको बताएका छन् । निष्पक्ष र भयरहित वावतरणमा परीक्षा संचालन गर्दा आफूलाई जिम्मवारीबाट हटाएको उनको गुनासो रहेको छ । तीन वटा परीक्षा सम्पन्न गराएपछि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले परीक्षा अवधिभर बिदा बस्नु भनेर निर्देशन दिएपछि आफू बिदामा बसेको उनले सुनाए ।  

शिक्षा सदनको परीक्षा केन्द्रमा १० वटा विद्यालयका १७२ जना विद्यार्थी रहेका छन् । उक्त परीक्षा केन्द्रमा मेरीगोल्ड, जानकी, मनितारा, देवकोटा, सहभागिया, ग्रिन टी, होलील्याण्ड, गोदावरी, ग्रिन नर्थ पोइन्टका विद्यार्थीले परीक्षा दिँदैछन् । 

सो परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष एक जना, निरीक्षक नौं जना रहेका छन् । कारबाहीपछि सात जनाले परीक्षा सञ्चालन गरिरहेका छन् । उक्त केन्द्रबाट केन्द्राध्यक्ष र एक जना निरीक्षक हटाएका हुन् । 

केन्द्राध्यक्ष रौनियारले पहिलो दिन अंग्रेजी, दोस्रो दिन नेपालीको परीक्षा सञ्चालन गरेका थिए । आइतबार तेस्रो दिन गणितको परीक्षामा गडबडी भएको पाइएपछि उनी जिम्मेवारीबाट हटाइएको जनाइएको छ । राजनितिक कारणले आफुलाई हटाइएको उनले आरोप लगाएका छन् । 

 मोरङमा ७० वटा परीक्षा केन्द्रबाट एसईई परीक्षा सञ्चालन भइरहेको छ । विराटनगरका ठूला निजी विद्यालयहरूले चलखेल गर्ने गरेको खुलेको सुरक्षा निकायका अधिकृतहरू बताउँछन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x