×

NMB BANK
NIC ASIA

सेवाग्राहीलाई खुसी पार्ने स्थानीय तहका जुक्तिः निःशुल्क कफी खुवाउँदै इटहरी, रंगेलीले बनायो परिसरमै पार्क

विराटनगर | चैत २०, २०८०

NTC
Premier Steels

स्थानीय तहहरूले आफ्ना नागरिकहरूलाई खुसी बनाउन विभिन्न उपाय अपनाउन थालेका छन् । करमाथि कर थुपारिएको भन्दै सरकारप्रति नागरिक रुष्ट बनिरहेका बेला केही स्थानीय तहले भने नयाँ जुक्ति लगाइरहेका हुन् । 

Muktinath Bank

यसै मेसोमा सुनसरीको इटहरी उपमहानगरपालिकाले सेवाग्राहीलाई निःशुल्क कफी खुवाउने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसमा पनि व्यवस्थित प्रतीक्षालय नै बनाएर त्यहाँ सेवाग्राहीलाई निःशुल्क कफी खुवाउने गरेको हो । यतिमात्र होइन उपमहानगरले एसीसहितको प्रतीक्षालय बनाएको छ । त्यही प्रतीक्षालयको एकातिर अलग्गै स्तनपान कक्ष पनि रहेको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै भित्तामा ४५ इन्चको टेलिभिजन पनि राखिएको छ ।

Vianet communication

null 

एक कुनामा कफी बनाउने मशिन राखिएको छ । यसका लागि दुईजना कर्मचारी खटाइएको छ । नागरिक सहायता कक्ष तथा विद्यालयहरूको अनुगमन गर्न छुट्टै कोठामा सीसी क्यामरा राखिएको छ । त्यहीँबाट इटहरीका सबै विद्यालयको अनुगमन हुने गरेको उपमहानगरले जनाएको छ । सामुदायिक विद्यालयहरूको अनुगमन प्रतीक्षालयमा राखिएको सीसी क्यामराबाट हुने गरेको जनाइएको छ । फागुन ५ गतेदेखि प्रतीक्षालय सञ्चालकमा आएको हो ।

नगरबासीलाई केही सहजता प्रदान गर्ने उदेश्यले खेर गइरहेको भवनलाई सदुपयोगमा ल्याएको नगर प्रमुख (मेयर) हेमकर्ण पौडेलले बताए । 

‘पहिला हामीले मासिक ४ लाख रुपैयाँभन्दा माथिको चियाको बिल तिर्नु पथ्र्याे,’ उनले भने, ‘अहिले पहिला व्यवस्थापनमा खर्च लागेपनि त्यसपछि पहिलाको भन्दा आधा नै कम खर्च भइरहेको छ ।’ अहिले मासिक २ लाख रुपैयाँले पुग्ने उनले बताए । 

सेवाग्राहीलाई खुसी बनाउने आफ्नो लक्ष्य रहेको मेयर पौडेलले स्पष्ट पारे ।

कर्मचारी र सर्वसाधारणले दैनिक ३७५ कप कफी पिउने गरेका छन् । हेल्प डेस्कमा बस्ने कर्मचारीहरूले आउने सेवाग्राहीलाई निवेदन फारम भरिदिने गरेका छन् । 

‘सेवाग्राहीले प्रक्रिया नबुझेको खण्डमा सबै काम हाम्रा कर्मचारीले गरी दिन्छन्,’ उनले भने ‘आफ्नो काम लिएर आउने सेवाग्राहीले अन्य केही गर्नुपर्दैन ।’ 

इटहरी उपमहानगरले झण्डै डेढ महिनायता सेवाग्राहीलाई एकीकृत सेवा प्रवाह गरिरहेको छ । विगतमा थोत्रा सामान राख्ने कोठालाई चिटिक्क पारेर उपमहानगरले सेवाग्राहीलाई खुसी बनाउन थालेको हो । 

कवाडी गोदाम भनेर राखिएको भवनलाई प्रयोगमा ल्याइएको मेयर पौडेलले बताए । उक्त भवन करिब २० लाख रुपैयाँ खर्चिएर निर्माण गरिएको हो ।

null 

यस्तै मोरङको रंगेली नगरपालिकाले  कार्यालय परिसर (कम्पाउन्ड)भित्रै पार्क बनाएको छ । थकित भएर आएका सेवाग्राहीलाई ‘मूड फ्रेस’ गराउन पार्क बनाइएको मेयर दिलीप बगडियाले बताए ।  

‘बाटोमा रिसाएर सेवाग्राही आउँछन्,’ ठट्टाशैलीमा उनले भने, ‘कार्यकालको गेटबाट भित्र पस्नासाथ सेवाग्राही यही पार्कमा बस्छन् । अनि उनीहरूको रिस मरिहाल्छ नि !’ 

null

पार्क बनेपछि राति ९–१० बजेसम्म नगर कार्यालयमा आएर तस्वीर लिनेको भीड लागेको उनले सुनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x