२८ जेठ २०८३, बिहीबार

ताइवान भूकम्प अपडेटः प्रत्यक्षदर्शीको अनुभवदेखि थप जोखिम र सतर्कतासम्म

मृत्यु हुनेको संख्या ९ पुग्यो, करिब ९०० घाइते
चैत २१, २०८०
काठमाडौं
ताइवान भूकम्प अपडेटः प्रत्यक्षदर्शीको अनुभवदेखि थप जोखिम र सतर्कतासम्म

न्यू ताइपेई सिटी– ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधवार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ । यसअघि चार जनाको मृत्यु भएकोमा फेरि पाँचजना थपिएका हुन् ।

यस्तै भूकम्पमा परी  ९०० जनाभन्दा बढी घाइते भएका छन् । 

करिब दुई करोड ३० लाख जनसङ्ख्या रहेको ताइवान क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो भने यसको असर छिमेकी मुलुकहरू चीन, जापान र फिलिपिन्सलगायतमा परेको थियो । 

केन्द्रबिन्दु पूर्वी हुआलियन काउन्टीमा रहेको भूकम्पपछि उक्त क्षेत्रमा १०० भन्दा बढी पराकम्प गएका बताइएको छ । 

हुवालिन ताइवानको एक पहाडी क्षेत्र हो र यो सुरम्य ग्रामिण इलाकामा रहेका गोरेटो, चक्रेटो र कच्ची सडक यात्रा गरी समुद्री दृश्यहरूको आनन्द लिनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइको ठाउँ हो । 

समाचार तयार पार्दासम्म भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने तीमध्ये तीन जनाको ‘हाइकिङ ट्रेल’मा मृत्यु भएको थियो भने दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो । ताइवानभर भूकम्पका कारण ९०० भन्दा बढी घाइते भएका छन् ।

एक रेल यात्रीले खिचेको तस्बिरमा हुलियान ट्रेल नजिकै ठूलो पहिरो खसेको देखिएको छ । एकजना चालकले यस क्षेत्रको प्रसिद्ध तारोको राष्ट्रिय निकुञ्ज नजिकैको सडकमा अर्को पहिरो खसेको भिडियो सार्वजनिक गरेका छन् ।

हुलियान वरपरका केही भवनहरू खतरनाक तरिकाले झुकेका छन् भने सेनाका जवानहरू सिँढीप्रयोग गरेर संरचनाहरूमा चढेका स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्वीरमा देख्न सकिन्छ । 

प्रत्यक्षदर्शीको अनुभव

बुधवार तासको घरजस्तै भत्किएको एक गोदामको भग्नावशेषबाट उद्धारकर्मीहरूले सावधानीपूर्वक उद्धार जारी राख्दा टुलुटुलु हेरेर बसिरहेका प्रत्यक्षदर्शी लिउले एएफपीसँग भने, ‘भूकम्पपछि यो घर पहाड ढलेजस्तै ढल्यो ।’

राजधानीबाहिर रहेको लिउलेको न्यू ताइपेई शहरमा भत्किएको भवनबाट उद्धारकर्मीले ५० जनालाई उद्धार गर्न सफल भएका थिए । उक्त भवन करिब ६० वर्ष पुरानो भएको र त्यहाँ छापाखाना रहेको नजिकै बस्ने लिउले बताए ।

स्थानीय समयअनुसार बिहान ८० बजे गएको ७.४ म्याग्निच्यूडको भूकम्पले भवनलाई कंक्रिटको ब्लक, स्टिलबार, इँटा र तारहरूको अस्तव्यस्त थुप्रो (भग्नावशेष) मा परिणत गरेको थियो ।

वरपरका भवनका बासिन्दाहरू भने कुनै असर नपरेको जस्तो देखिए तापनि उनीहरूले बिहानको भूकम्पले सातो लिएको बताए । 

प्रिन्टिङ प्रेसनजिकै बस्ने चाङले भने, ‘घरका धेरै सजावट भुइँमा खसेका थिए, तर मानिसहरू सुरक्षित थिए । हामी धेरै भाग्यशाली थियौं भन्नुपर्ला !’

अग्निनियन्त्रकहरूको एक समूहले ‘चेरी पिकर’को प्रयोग गरेर झ्यालबाट हाते औजारहरू भित्रका कामदारहरूसम्म पुर्याएपछि उनीहरूले झ्याल तथा ढोका फोडेर बाहिर निस्किएका थिए । 

ताइवानको दोस्रो ठूलो शहर ताइचुङको पश्चिमी तटमा पहिरोका कारण एउटा सडक अवरुद्ध भएको छ भने पहाडबाट ठूला ठूला ढुङ्गा खसेका छन् र यातायात अवरुद्ध भएको छ ।

null

ताइवानभरि नै शक्तिशाली धक्का महशुस

ताइपेईस्थित मौसम प्रशासन तथा भुकम्प मापन केन्द्रका निर्देशक वू चिएन–फूका अनुसार भूकम्पको धक्का ताइवानभरि नै महशुस गरिएको थियो । भूकम्पको महशुस मुख्यभूमि चीन, जापान, फिलिपिन्स र अन्य छिमेकी मुलुकमा समेत गरिएको थियो भने ती मुलुक र स्थानहरूमा सुनामी आउनसक्ने प्रारम्भिक चेतावनी ती मुलुकका मौसम पूर्वानुमान निकायले गरेका थिए ।

‘सन् १९९९ भूकम्पपछिको यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो,’ चिएन–फूले भने । अधिकारीहरूले आगामी तीन दिनमा भूकम्पको धक्का आउने सम्भावना रहेको बताएका छन् । 

सन् १९९९ मा मध्य ताइवानमा गएको भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

ताइवानको रक्षा मन्त्रालयले दर्जनौँ उद्धारकर्तासहित कार्गो विमानहरू हुलियानमा पठाएको बताएको छ, जहाँ मानिसहरू पहाडमा कोरिएका मार्गहरूमा फसेका छन् ।

थप जोखिम र सतर्कता

भूकम्पको दृष्टिकोणले हेर्दा यो टापु दुई टेक्टोनिक प्लेट (दुई विवर्तनिक चट्टानको) सङ्गमनजिक अवस्थित छ र यहाँ सधैँ भूकम्पको जोखिम महशुस गरिन्छ ।

ताइवानको राजधानी ताइपेईमा ठूला ठूला भवनहरू बनाइएका भएपनि शक्तिशाली भूकम्प सहन सक्ने गरी बनाइएका छन् । तरपनि मानिसहरू १० तल्लाभन्दा कम अग्ला संरचनाहरूमा बस्न रुचाउँछन् ।

न्यू ताइपेई शहरका नगरप्रमुख होउ यु–इहले उद्धारकर्मीसँग प्रिन्टिङ प्रेस भत्किएको स्थलको सर्वेक्षण गर्नुका साथै भवनमा रहेका सबै ५७ जना बाहिर निस्केको र एक जना मात्र घाइते भएको सञ्चारमाध्यमसँगको संक्षिप्त कुराकानीमा बताए । 

भत्किएको ठूलो भवननजिकै बस्ने चाङले सन् १९९९ को भूकम्प आफूले भोगेको सबैभन्दा खराब भूकम्प भएको बताए । 

उनले बुधवारको भूकम्पको धक्काबारे भने, ‘भूकम्प जाँदा अधिकांश मानिस सुतेका थिए तर म निदाएको थिइनँ, त्यसैले मैले यसलाई शुरूदेखि नै स्पष्ट रूपमा महसुस गरेँं । यो धेरै शक्तिशाली थियो ।’

तर हुआलियनकी एक महिलाले आफूले धेरै भूकम्प ब्यहोरेको बुधवारको भूकम्प लामो समयसम्म चलेकाले आफू ‘साँच्चै अत्तालिएको’ बताइन् । 

उनले फेसबुकमा लेखेकी छिन्, ‘मलाई भूकम्पको बानी परिसकेको छ तर पहिलो पटक म यति डराएकी थिएँ कि मेरो हात थररर् काँपिरह्यो ।
 

salt training

कमेन्ट गर्नुहोस्