×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

२ वटा प्रदेशमा नयाँ सरकार गठनको आह्वान, २ प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

काठमाडाैं | चैत २२, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टका मुख्यमख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै बुधबार नै सम्बन्धित प्रदेश प्रमुखले बहुमतको सरकार गठन गर्न ७ दिनको समय दिएर आह्वान गरेका छन् । यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । 

Muktinath Bank

केन्द्रमा एमालेसहितको नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि त्यसको असर परेको हो । कर्णालीका मुख्यमन्त्री शर्माबाहेक तीन वटा मुख्यमन्त्री कांग्रेसका हुन् भने शर्माले चाहिँ एमालेको भागमा कर्णाली परेपछि राजीनामा दिएका हुन् । नयाँ समीकरणअनुसार कांग्रेस नेतृत्वको सरकार जोगाउन चुनौती छ । 
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप) जारी गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहले यही बिहीबार प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् ।  अध्यक्षको पत्र सार्वजनिक भएलगत्तै सुदूरपश्चिम प्रदेशसभा, नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराथारुले पनि मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेशसभाका सदस्य अर्को ह्वीप जारी गरेका छन् । 
००००
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि सी डिभिजन सुरु गर्न लागेको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतियोगिता हुन लागेको हो भने खेलहरू आवश्यकताअनुसार च्यासलस्थित रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने एन्फाले जनाएको छ ।
००००
चर्चित गायक राजेश पायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 
गएराति काठमाडौँको थापागाउँबाट उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
मदिरा पिएर होहल्ला गरिरहेका उनीहरुले सम्झाउँदा पनि नमानेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । सबैलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
००००
नेपाल वायु सेवा निगमले ग्राउण्डेड जहाज ९एन(एकेएक्सको मर्मत सम्भारगरी चाँडै उडान शुरू गर्ने भएको छ । १५ अप्रिलसम्म बिग्रिएको इन्जिन तयार गरी ग्राउण्डेड जहाज २२ अप्रिलभित्र उडानमा ल्याउने निगमको तयारी छ । विमान सञ्चालनमा आएपछि एउटा भाडाको इन्जिन विमानमा नै रहने र उडानसमेत नियमित हुने निगमको भनाइ छ ।
००००
सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व  गरेका बद्री केसी र विनोद कुँवरसहितका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।     
न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले विभिन्न व्यक्ति नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम– २ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा–१ का लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् । 
आफ्नै निवास बूढानीलकण्ठमा आयोजित संसदीय बोर्डको बैठकमा देउवाले खड्का र सिंहको नाम प्रस्ताव गरेको जानकारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले दिइन् । बिहीबारकोा बैठकबाट उम्मेदवारको टुंगो लाग्नेछ । 
००००
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने भएको छ ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुधवारको बैठकमा निर्वाचनको मिति घोषणा गरेका हुन् ।
चैत १५ गते उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि यो पद रिक्त छ ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझीलगायतका प्रतिवादीले सर्वोच्च अदालतमा दिएको निवेदन स्थगित भएको छ ।
थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने काठमाडौं जिल्ला अदालत, र उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझीसहितका प्रतिवादीहरू सर्वोच्च पुगेका हुन् ।


Advertisment
Nabil box
Kumari


      

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x