माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडाैं | चैत २२, २०८०
भोजपुर–फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । षडानन्द–७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।
पुल निर्माणले वर्षौँदेखि भोग्दै आएको समस्याको अन्त्य भएको वडा नं ७ का स्थानीय दीपबहादुर मगरले बताए । बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेकामा अब समस्या अन्त्य भएको उनको भनाइ छ ।
पुल निर्माण भएर उद्घाटन भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको मगरले बताए । ‘यो खोलामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै आएका थियौँ,’ उनले भने, ‘पुल निर्माण भएपछि अहिले सहज भएको छ ।’ नगरपालिकाको पहलमा पुल निर्माण भएको उनको भनाइ छ ।
यसअघि वर्षाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय खेतमा नै बास बस्नुपर्ने अवस्था समेत आएको स्थानीय चतुरमाया मगरले बताए । पुल निर्माणसँगै खोला खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ ।
‘खोलापारि खेत छ,’ चतुरमायाले भने, ‘दैनिकजसो खेतीमा आउनुपर्छ । खोलापरि जान काठको फट्के थियो । त्यो फट्के पनि ठूलो खोला आउँदा बगाउथ्यो । पुल बनेपछि हामीलाई सहज भएको छ ।’
रु ४८ लाख १२ हजार आठ सय २५ लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले जानकारी दिए । पुल निर्माणमा नगरपालिकाको रु छ लाख २५ हजार छ सय ६७, सङ्घीय सरकारको रु १९ लाख ५१ हजार दुई सय ९१ र बाँकी रकम स्थानीयको जनश्रमदान र सेतो गुराँस संस्थाले लगानी गरेको उनले बताए ।
स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवा खोलामा झोलुङगे पुल निर्माण गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । उनका अनुसार योसँगै हालसम्म नगरपालिकाको पहल तथा लगानीमा सातवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।
प्रमुख उदासले नगरपालिका क्षेत्रमा आवश्यक पर्ने झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको अघि बढाइएको बताए । आगमी आर्थिक वर्षमा थप चारवटा पुल निर्माण हुने उनको भनाइ छ ।
‘हामीले स्थानीयको आवश्यकताका आधारमा विकासका गतिविधिलाई अघि बढाएका छौँ,’ प्रमुख उदासले भो, ‘नगरको पहलमा सातवटा पुल निर्माण भएका छन् । एउटा अन्तिम चरणमा छ । आगामी वर्ष थप चार झोलुङ्गे पुल निर्माण गर्छौँ । हामीले नागरिकलाई स्थानीय सरकार छ भन्ने आभास हुनेगरी गतिविधि बढाएका छौँ ।’
पुल निर्माणले आफ्ना वडाका तीन सय बढी नागरिकलाई राहत मिलेको वडा नं ७ का वडाध्यक्ष दिपेश विष्टले बताए । पुल निर्माणका लागि सेतो गुराँस बाल तथा सामुदायिक विकास भोजपुरले प्राविधिक तथा सामाजिक सहयोग गरेको उनको भनाइ छ ।
विसं २०८० जेठ ९ मा सम्झौता भएको थियो । नवनिर्मित पुलको एक कार्यक्रमका बीच हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले उद्घाटन गरे । –रासस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...