मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
बुटवल | चैत २३, २०८०
राष्ट्रिय राजनीतिको समीकरणमा आएको फेरबदलले नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महराको मुख्यमन्त्री बन्ने संकल्प पूरा भएको छ । विद्यार्थी राजनीतिबाट उदाएका महरालाई लुम्बिनीको नेतृत्व गर्ने चाहनामा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदहरूको साथ मिलेको हो । मुख्यगरी माओवादी केन्द्रले राष्ट्रिय राजनीतिको समीकरण बदल्दा महराले लुम्बिनीको पाँचौँ मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा समीकरण बदलेर एमालेको साथ खोजेपछि प्रदेशसभाहरूको समीकरण पनि बदलिएको थियो । यदि नेपाली कांग्रेस नेतृत्वकै गठबन्धनमा माओवादी केन्द्र हुन्थ्यो भने महरालाई लुम्बिनीको मुख्यमन्त्री बन्न सजिलो थिएन । लुम्बिनी प्रदेशसभामा २९ सिट जितेर एमाले पहिलो दल बनेपनि सरकार बनाउन आवश्यक संख्या (४४ सिट) जुटाउन कठिन परेको थियो ।
जसपा, नेकपा एस र स्वतन्त्र सांसद ‘मिलिजुली’ गठबन्धनमा आएपछि महराले मुख्यमन्त्री लुम्बिनीको ‘बागडोर’ सम्हाल्ने अवसर मिलेको हो ।
महराले आम निर्वाचन–२०७९ पछि पहिलो चरणमै मुख्यमन्त्री बन्ने चाहना राखेका थिए । तर, त्यसबेला एमालेमा लीला गिरी गठबन्धनबाट मुख्यमन्त्री बने । गिरी नेतृत्वको सरकारमा उनी आर्थिक मामिला तथा योजनाबन्त्री बने । महरा ९० दिन उक्त पदमा रहे । गिरीपछि कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भए । चौधरी मुख्यमन्त्री भएपछि महरा मन्त्री बनेनन् । पार्टीबाट अरू नेतालाई नै मन्त्री बनाए । २२ फागुनमा फेरिएको राजनीतिक समीकरणअनुसार प्रदेशसभाहरूको भागबण्डा मिलाउँदा कर्णाली एमालेले पाएपछि लुम्बिनी माओवादी नेतृत्व गर्ने अवसर जरेको हो ।
माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल नवननियुक्त मुख्यमन्त्री महरा स्वच्छ छवि, संघर्षशील र जनताको पीडा बुझेका नेताको रूपमा चिनिने गरेको बताउँछन् । रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित महरा विद्यार्थी राजनीति हुँदै अहिले पार्टीको स्थायी कमिटी सदस्य हुन् । महरा १९ हजार ४२५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका कमलबहादुर बुढाथोकीले ५ हजार ४०५ मतमात्र पाएका छन् । महरा र बुढाथोकीबीचको मतान्तर १४ हजार २० रहेको थियो । उनी पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद थिए । त्यसपछि उनीले पार्टीबाट टिकट पाएनन् ।
‘सबैलाई मिलाएर लैजान सक्ने खुबी महरामा छ । प्रदेशबासीमा चुस्त सेवा प्रवाह गर्दै राजीतिक स्थिरता यो गठबन्धनले दिनुपर्छ,’ अध्यक्ष बरालले लोकान्तरसँग भने । पार्टीभित्र औषत् क्षमताका नेताका रूपमा हेरिने महरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव भएर लामो समय काम गरेका छन् । विसं २०२० मा साविक रोल्पाको गजुल गाविसमा जन्मिएका नवनियुक्त मुख्यमन्त्री महरा २०३६ मा तत्कालीन विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा होमिएका थिए । उनी जिल्ला तहहुँदै विद्यार्थी राजनीतिको केन्द्रीय सदस्य बने । २०५० देखि माओवादीको पूर्णकालीन कार्यकता बनेका महरा विभिन्न तहमा रहेर काम गर्दै पार्टीको स्थायी कमिटी बनेका थिए । उनले १३ वर्ष प्राविहुँदै माविसम्ममा शिक्षण पेशा पनि अंगालेका थिए ।
माओवादी केन्द्रका प्रभावशाली नेता तथा लुम्बिनीका पूर्वमुख्यमन्त्री कूलप्रसाद केसीले महरा राजनीतिमा इमानदार र पार्टीमा प्रतिबद्ध नेताको रूपमा चिनिने बताउँछन् । ‘महरा पञ्चायतकाल, विद्यार्थी आन्दोलन शिक्षक आन्दोलन र जनयुद्धमा काम गरेका नेता हुन्,’ केसीले लोकान्तरसँग भने, ‘उहाँले जनयुद्धमा रोल्पा, बाँके, बर्दिया र प्रवासमा पनि काम गर्नुभयो । जनयुद्धका घाइते पनि हो उहाँ । उहाँमा सबैलाई समन्वय गरी सन्तुलित रूपमा लैजान सक्ने खुबी छ ।’
लुम्बिनीको सन्तुलित विकास गर्दै ५३ लाख प्रदेशबासी जनताले आभाष हुने गरी उनले काम गर्नुपर्ने छ । अघिल्लो सरकारको भन्दा गुणात्मक रूपमा परिवर्तन हुने गरी काम गर्नुपर्ने महरालाई चुनौतीसँग अवसर पनि रहेको नेता केसीले औल्याउँछन् । एमाले र माओवादी केन्द्रकै संयुक्त सरकार बन्नु महराका निम्ति अर्को सहजता भएको एमाले सांसद तुलसी चौधरी बताउँछन् ।
‘दुई ठूला कम्युनिस्ट पार्टीसहितको अहिलेको गठबन्धन हो,’ चौधरी भन्छन्, ‘साना दलसहित अहिले बनेको गठबन्धन हुँदा उहाँलाई सरकार सञ्चालनमा सहज हुनेछ ।’ लुम्बिनीमा माओवादी प्रदेशको नेतृत्व गर्दा रोल्पाबाटै मुख्यमन्त्री अवसर जुरेको हो । यसअघि (२०७८ मा) माओवादीबाटै लुम्बिनीको मुख्यमन्त्री बनेका कूलप्रसाद केसी पनि रोल्पाका नै हुन् । सत्तारुढ दलले महरालाई मुख्यमन्त्री बनाउन शुक्रवार बिहान प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रवार नै मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आइतवार हुने बताइएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...