×

NIC ASIA

नयाँ सत्ता समीकरण बनेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको सम्बन्ध कति समयसम्म कायम रहला भन्ने आमजिज्ञासा व्यक्त हुन थालेको छ ।

Muktinath Bank

कम्तीमा मार्क्सवादी विचारधारा मान्ने भएकाले कम्युनिस्ट पार्टीहरूबीच रसायन मिल्छ भन्ने अड्कलबाजी पनि छ । तर, बनिसकेको नेकपा विघटन तथा २०७९ को चुनावी परिणामपछिको समीकरण समेत भत्काएर माओवादी कांग्रेससँगको समीकरणमा गएको विगतका कारण धेरैले यो समीकरण लामो जाँदैन भन्ने अनुमान गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै हुँदा कुरा मिलेकै देखिन्छ । जब छुट्टिन्छन्, उनीहरूबीचको आरोप–प्रत्यारोप उत्कर्षमै पुग्छ । ओली–प्रचण्डबीचको टकराव यति टाढासम्म पुग्छ कि कम्युनिस्टहरू तीन पुस्तासम्म मिल्न सक्दैनन् । तर, मिल्दा सहजै र सरल तरिकाबाट अब वामपन्थी एक हुन्छन् भन्ने खालको व्यवहार देखाउने गर्छन् ।


Advertisment
Nabil box
Kumari

पछिल्लोपटक इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले राष्ट्रिय राजनीति गर्माएको छ, जहाँ नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र ‘पहिचानवादी’को चौपक्षीय चर्चा छ ।

Vianet communication

अघिल्लोपटक थोरै मतान्तरले पराजित नेपाली कांग्रेसको चर्चा उत्तिकै छ । संविधान सभाका सभामुख सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनको माहोलमा केही पात्रहरूबारे चर्चा भए पनि राष्ट्रिय राजनीतिक अर्थ लाग्ने समीकरण भएका छन् । 

केन्द्रीय सत्ता समीकरणसँगै नेकपा (माओवादी केन्द्र)ले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेको छ । २०७९ को चुनावमा माओवादीले गठबन्धनका तर्फबाट कांग्रेसका डम्बरबहादुर खड्कालाई समर्थन गरेको थियो । 

थोरै मतले पराजित खड्का अहिले पनि कांग्रेसबाट चुनावी मैदानमा छन् । अहिले माओवादीको समर्थन केन्द्रीय सत्ता समीकरण अनुसार एमालेलाई छ । अझै अर्को रोचक पक्ष यसअघि चुनावमा भाग नलिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत नेम्वाङलाई समर्थन गरेको छ । 

पुरानो गठबन्धन भत्किएपछि नयाँ समीकरणलाई ‘वामपन्थी एकता’को संज्ञा दिइयो । तर, वैचारिकी दृष्टिकोणबाट रास्वपालगायत अन्य दलहरूको समेत सहभागिता रहेकाले वामपन्थी एकता भन्न सकिन्न । पुरानो गठबन्धन भत्किएपछि एमाले र माओवादीका दोस्रो तहका नेताहरूले कालन्तरमा पार्टी एकतासम्म जानेगरी सत्ता फेरबदल भएको बताउँदै आएका छन् । 

कम्तीमा वाम तालमेललाई जनताले २०७४ जसरी अनुमोदन गरेका थिए, सोही मत एमाले–माओवादीसँग छ/छैन भन्ने मापन इलाम– २ को उपचुनावले गर्नेछ । 

इलामको उपचुनावले २०८४ को चुनावमा पनि वाम तालमेल हुन्छ भन्ने संकेत गरेको छ । माओवादीले एमालेका उम्मेदवारलाई सहजै समर्थन जनाउनु त्यसको उदाहरण बन्न सक्छ । उता सत्ता समीकरणको तेस्रो शक्ति रास्वपाले मित्रवत प्रतिस्पर्धाका लागि एकल उम्मेदवार अघि सार्नुलाई पनि २०८४ को पूर्वानुमानका रूपमा हेर्न सकिन्छ । 

२०७९ को स्थानीय, प्रदेश र संघीय चुनावमा एकाध ठाउँबाहेक एक्लै चुनावमा उत्रेको एमालेले समानुपातिकमा लोकप्रिय मत पायो । चुनाव सकिएसँगै पुरानो गठबन्धन भत्काउन सफल एमाले डेढ महिनापछि फेरि एक्लियो । त्यसबीचमा एमालेले आफ्नो सम्पूर्ण शक्तिलाई गाउँ केन्द्रित गर्न ‘मिसन ग्रासरूट’ अभियान सञ्चालन गर्‍यो । गत मंसिरमा ‘समृद्धिका लागि संकल्प यात्रा’ पूरा गर्‍यो । त्यसक्रममा एमालेले एउटै नारा दिइरह्यो, ‘राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन मिसन– २०८४’ ।

सतहीरूपमा बुझ्दा ‘मिसन– २०८४’ चुनावमा बहुमत लिने मात्रै हो भन्ने बुझाइ आमरूपमा देखिन्छ । राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनु भनेको प्रगतिशील शक्तिलाई निर्णायक तहमा विकास गरेर जाने भन्ने बुझाइ कमैमा छ । त्यसको मापन कहाँबाट हुन्छ भन्ने विषय मात्रै चुनावी परिणामले देखाउने हो । मिसन– २०८४ भनेको चुनाव मात्र होइन भन्ने बुझ्नुपर्छ ।

यतिखेर एमाले र माओवादीबीच इलाममा भएको तालमेलले दुईवटा अर्थ राख्छ । एउटा केन्द्रमा सत्ता समीकरण गरिसकेपछि माओवादीले नैतिकता र इमान्दारिता देखाउने अवसर । दोस्रो, २०८४ मा राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउने एमालेको लक्ष्यको पहिलो परीक्षण । कम्तीमा वाम तालमेललाई जनताले २०७४ जसरी अनुमोदन गरेका थिए, सोही मत एमाले–माओवादीसँग छ/छैन भन्ने मापन इलाम– २ को उपचुनावले गर्नेछ । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन एमालेले मिसन– २०८४ मा राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन अभियान जारी राखेको छ । यसका लागि राष्ट्रिय शक्ति मजबुत बनाउन जरुरी छ । सत्ता समीकरणमा एमालेले आफ्ना धेरै मागलाई अघि सारेको छैन । एमालेको यो शैलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्नका लागि शक्ति सञ्चयको एक साधनका रूपमा काम गरेको देखिन्छ ।

गत वर्ष माओवादी, कांग्रेसहितको गठबन्धनमा फर्किएपछि एक वर्ष एमाले राष्ट्रिय शक्ति हुँदाहुँदै पनि लगभग रित्तो हात लिएर बसेको थियो । नेकपा विभाजन, गठबन्धनबाट एक्लिएको अनुभवबाट पाठ सिकेर पछिल्लो समीकरणलाई टिकाई राख्ने जिम्मेवारी एमालेको हो । मिसन– २०८४ सफल पार्न पनि कम्तीमा समीकरणभित्र रहेका वामपन्थी शक्तिलाई गोलबद्ध गरी अभिभावकीय भूमिका निभाउनु जरुरी छ ।

माओवादीदेखि विप्लवको नेकपाले समेत इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्न मोर्चा कस्नुले राजनीतिक अर्थ राख्छ । यो सहकार्यलाई अझ सबल बनाउन जरुरी छ । वामपन्थीहरूको कम्तीमा रसायन मिल्ने भएकाले मत ‘ट्रान्सफर’ हुन्छ भन्ने व्यवहारमा देखाउन इलाम– २ पहिलो परीक्षण केन्द्र हो । एमाले उम्मेदवारले इलाम– २ मा प्राप्त गर्ने मतले वामपन्थीहरूको भविष्य र ध्रुवीकरणको सम्भावनाको प्रस्ट रेखा कोरिदिने छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x