मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
विराटनगर | बैशाख १, २०८१
मोरङको बेलबारी नगरपालिका वडा नं. २ लालभित्तीका इन्द्रजीत साह (रीतेश) भर्खर १५ वर्षका भए । उनी सुन्दरहरेँचामा रहेको सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छन् । कक्षा– ९ मा पढ्ने उनै इन्द्रजीतले इलेक्ट्रिक बाइक (विद्युतीय मोटरसाइकल) बनाएका छन् । कवाडी सामग्री भेला गरेर उनले मोटरसाइकल बनाएका हुन् । आफ्ना भाइले साना–साना गाडीका मोटरहरू भेला गरेर ब्याट्रीबाट चल्ने गाडी र ड्रोन बनाउने गरेको दिदी मनीषाले बताइन् ।
त्यसो त इन्द्रजीतले एक वर्षअघि नै इलेक्ट्रिक साइकल बनाएका थिए । त्यही साइकल चढेर उनी पढ्न जान्थे । ८ महिना जति कुदाएपछि ब्याट्रीले काम गर्न छाडेको उनले बताए । त्यो पाइडल मार्ने साइकलभन्दा सजिलो र छिटो कुद्ने गरेको उनको भनाइ छ । ‘पाँच हजार रुपैयाँको ब्याट्री किनेँ । अनि कवाडीमा गएर साइकलका अन्य सामग्री किनेर ल्याएँ । यसपछि साइकल तयार भयो,’ उनले भने ।
बेलबारी जेसिजले गरेको कार्यक्रममा इन्द्रजीतले बनाएको त्यो साइकल प्रदर्शनीमा राखिएको थियो । उक्त कार्यक्रममा उनको साइकलले निकै चर्चा पाएको थियो । त्यहाँ आएका धेरैको आँखामा त्यो साइकल परेको थियो । बेलबारीमै रहेको गुरुकुल इंग्लिस स्कूलका प्रिन्सिपल कुमार खुलाल र जेसितकै पूर्वअध्यक्षसमेत रहेका सोही स्कूलका संस्थापक माधवराज थापाले विशेष चासो दिएका थिए । त्यही साइकललाई विद्यार्थीको सिकाइको माध्यम बनाएर उनीहरूले इन्द्रजीतले बनाएको साइकल विद्यालयमा राख्ने योजना बनाएका थिए । त्यसपछि उनीहरूले त्यो साइकल आफ्नो विद्यालयमा लगेको उनले बताए । उनले साइकल बनाउँदा १५/२० हजार रुपैयाँ खर्च गरेका थिए ।
साइकल लगेबापत गुरुकुल स्कूलले इन्द्रजीतलाई ३५ हजार रुपैयाँ बराबरको ब्याट्री किनेर दियो । ब्याट्री किनेर दिएपछि फाइनल परीक्षा दिएर खाली भएको समयमा मोटरसाइकल बनाएको उनले बताए । करिब ४५ हजार रुपैयाँको लागतमा मोटरसाइकल तयार भएको इन्द्रजीतको भनाइ छ । उनले १० देखि १५ दिनमा सो मोटरसाइकल बनाएका थिए ।
१२ भोल्टको ब्याट्री, ७५० आरपीएमको मोटर, डिजिटल डिस्प्ले स्पीड मिटर, इलेक्ट्रोनिक सर्किट बोर्ड र अन्य सामग्रीको प्रयोग गरेर निर्माण गरेको उनले बताएका छन् । यी सामग्री उनले नयाँ खरिद गरेका हुन भने अन्य सामग्री भने कवाडीबाट किनेपछि धोएर कलर गरेको उनले बताए । कवाडीबाट भने उनले ६ हजार रुपैयाँ बराबरको सामग्री किनेका थिए ।
‘मात्र ५ रुपैयाँ खर्च गर्दा एकपटक ब्याट्री फुल चार्ज हुन्छ,’ उनले भने, ‘ब्याट्री कस्तो प्रयोग गर्नु हुन्छ त्यही अनुसार टिक्ने न टिक्नेमा चाहिँ भर पर्छ,’ उनी भन्छन्, ‘चार दिनमा मैले ५–६ किलोमिटर कुदाइ सकेको थिएँ ।’ एकपटक चार्ज गर्दा ३५ किमीसम्म चल्ने उनको दाबी रहेको छ ।
इन्द्रजीतले विद्युतीय मोटरसाइकल बनाएको थाहा पाएपछि उनी विद्यालयले उनलाई बोलायो । त्यसपछि उनी मोटरसाइकल नै लिएर विद्यालय गए । विद्यालय प्रशासनले इन्द्रजीतले बनाएको मोटरसाइकल अन्य विद्यार्थीलाई पनि देखाएको छ । आफूले गरेका कामलाई धेरैले प्रशंसा गरेको इन्द्रजीतले बताए । ‘बेलबारी– २ का वडा सदस्य दीपक लिम्बूले घरमै आएर हामी तिमीलाई सहयोग गर्छाैँ भन्नुभएको छ,’ उनले भने, ‘मैले पढ्ने विद्यालयले पनि सहयोग गर्ने भनेको छ ।’
आमा बबिता र बुबा सुनिलको हौसलाका कारण पनि विद्युतीय सामाग्री बनाउन सहज भएको इन्द्रजीत बताउँछन् । आमा बबिता स्थानीय ठाउँमै चटपटे बेच्छिन् भने बुवा सुनिल वैदेशिक रोजगारीबाट भर्खर मात्रै घरमा आएका छन् ।
इन्द्रजीतले ड्रोन, रिमोट कन्ट्रोल कारहरूबारे घरमै सिकेर मोटरसाइकल बनाएका हुन् । अहिलेसम्म कुनै औपचारिक तालिम नलिएको उनी दाबी गर्छन् । ‘मोटरसाइकल बनाउन भनेर अहिलेसम्म कुनै तालिम लिएको छैन,’ उनी भन्छन्, ‘नागरिकता बनाएपछि व्यावसायिक रूपमा नै लाग्ने योजना बनाएको थिए । त्यही गरेको हुँ ।’
बजेट र तालिमको व्यवस्थापन सरकारले गर्दिए गाडीसम्म बनाउन सक्छु भन्ने आफूमा आत्मविश्वास रहेको इन्द्रजीत बताउँछन् । आफ्नो पहिलो परियोजना भएकाले अहिले बनाएको विद्युतीय मोटरसाइकल आफूले नबेच्ने उनले बताए ।
समय पविर्तनशील रहेकाले भविश्यमा अझ उद्यमको जमाना आउने इन्द्रजीत ठोकुवा गर्छन् । यसर्थ सबै नेपाली केही नकेही उद्यममा लाग्नु पर्नेमा उनको जोड छ । ‘विश्वमा नयाँ–नयाँ प्रविधिको विकास भइरहेको छ । हामी पनि प्रविधिसँग जोडिनु पर्छ,’ उनको तर्क छ । विद्यालय स्तरबाटै यस्ता विषयमा पठन–पाठन गरिनु पर्ने उनले बताए । इलेक्ट्रिक उद्यममा लाग्दा इन्द्रजीतको औपचारिक पढाइमा भने केही असर पुगेको छ । तर यसमा उनी त्यति दुःखी देखिएनन् । इन्द्रजीत पढाइ र उद्यमपछि बचेको समय फूटबल खेल्न मन पराउँछन् ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...
गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...
आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो । य...