×

NMB BANK
NIC ASIA

युद्धको सँघारमा पश्चिम एसिया

अमेरिकाको 'रेड सिग्नल'पछि मध्यपूर्वको संकट टर्‍यो कि सर्‍यो ?

काठमाडाैं | बैशाख ३, २०८१

NTC
तस्वीर: एएफपी
Premier Steels

इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वमा फैलन खोजेको सम्भावित ठूलो युद्ध तत्कालका लागि टरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दबाब दिएपछि इजरायल पछि हटेको हो । इजरायल पछि हटेसँगै तत्काल ठूलो युद्धको सम्भावना टरेको हो । तर, अमेरिकाको रेड सिग्नलपछि युद्ध टरेको नभई सरेको हुनसक्ने विश्लेषणसमेत भइरहेको छ । 

Muktinath Bank

इजरायलले इरानी आक्रमणको उपयुक्त समयमा जवाफ दिने निर्णय गरेको छ । दुवै देश एकआपसमा भिडेमा अमेरिका, बेलायत, फ्रान्सलगयात देश पनि इजरायलको सुरक्षामा तत्कालै सहभागी हुने र मध्यपूर्वका अरु देशहरू इरानको पक्षमा रहँदा ठूलो युद्धको सम्भावना थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, इरानले तत्काल थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दबाब दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कूटनीतिक निर्णय गर्नुले तत्काललाई युद्ध टरेको बीबीसीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

इजरायल–हमास युद्ध चलिरहेकै बेला शनिबार इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको थियो । शनिवार राति इरानले प्रहार गरेका तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतभन्दा धेरैलाई प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको थियो । ड्रोन तथा क्षेप्यास्त्र नष्ट गर्न इजरायललाई अमेरिका, बेलायत र फ्रान्सलगायत देशले पनि सहयोग गरेका थिए । इरानले गरेको अत्याधुनिक रकेट प्रहारलाई विफल बनाएको कारण अहिले विश्वभर नै इजरायली प्रतिरक्षा प्रणालीको चर्चा भइरहेको छ । 

Vianet communication

अमेरिकाले संकट बढेको हेर्न नचाहेको बताएको छ । इजराइलले इरानको ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमणलाई विफल बनाएपछि अमेरिकाले मध्यपूर्वमा संकट बढेको हेर्न नचाहेको ह्वाइट हाउसका एक शीर्ष अधिकारीले बताएका छन् ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबीसीको ‘मिट द प्रेस’ मा भने, 'हामी यो सङ्कट बढ्दै गएको हेर्न चाहन्नौँ, हामीले इरानसँग व्यापक युद्धको अपेक्षा गरेका छैनौँ ।'

समाचार आउटलेट एक्सियोसका अनुसार राष्ट्रपति बाइडेनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग इरानविरुद्ध इजराइलको जवाफी आक्रमणको विरोध गर्ने बताएका थिए । अमेरिकी सैनिकहरूका लागि कुनै पनि इरानी खतराप्रति अमेरिका ‘सतर्क’ रहेको किर्बीले अन्तरवार्तामा बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सबैभन्दा ठूलो सहयोगी अमेरिकाको सुझाव सुन्लान् त ? इजरायली रक्षामन्त्री योभ गालान्टले इजरायलको सुरक्षा क्षेत्रका लागि वरिष्ठ अधिकारीहरूसँग सम्पूर्ण अवस्थाको मूल्याङ्कन गरिएको बताएका छन् । इजरायली रक्षामन्त्रीले इरानसँगको मुद्दा अझै नसकिएको बताएका छन् । उनले इरानलाई छिट्टै कडा जवाफ दिने चेतावनी उनले दिएका छन् । उनको यो चेतावनीले इजरायलले अमेरिकी सुझाव नमान्ने र तनाव झन् बढाउने देखिन्छ । 

मध्यपूर्वमा अब के हुन्छ ? भन्ने प्रश्नको जवाफ इजरायलले चाल्ने कदममा भर पर्ने छ । इजरायल आफ्ना छिमेकीहरूको कुरा सुनेर 'रणनीतिक संयम'सँग अगाडि बढ्छ वा प्रतिआक्रमणमा उत्रिन्छ हेर्ने बाँकी छ । यद्यपि इजरायलले तत्काललाई संयमता अपनाएको देखिन्छ ।  इजरायलले इरानको आक्रमणको जवाफ दिनुको सट्टा इरानका प्रोक्सी सहयोगीहरू (इरान समर्थित सशस्त्र समूहहरू) लेबनानमा हिजबुल्लाह वा सिरियामा यसको आपूर्ति आधारहरूजस्ता क्षेत्रमा आक्रमण गर्न जारी राख्न सक्छ, जुन वर्षौंदेखि गर्दै आएको छ।

यो पनि सम्भव छ कि इजरायलले लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेर धेरै समान योजनाबद्ध आक्रमणहरू गर्न सक्छ जसमा उसले इरानका स्थानहरूलाई लक्षित गर्नेछ  । 

बीबीसीका अनुसार इरानले भने यसलाई द्वन्द्वको वृद्धिको रूपमा हेर्नेछ । किनकि यो पहिलो पटक हुनेछ कि इजरायलले इरानमा आफ्ना लक्ष्यहरूलाई प्रत्यक्ष रूपमा निशाना बनाउनेछ।

यो विकल्पले इरानलाई बदला लिन उक्साउने जोखिम बोकेको छ । यसमा अमेरिकाको भूमिका अझ महत्वपूर्ण हुनेछ । खाडीका सबै छवटा अरब देशहरू साथै सिरिया, इराक र जोर्डनमा अमेरिकाका सैन्य अड्डाहरू छन्।

यी सबै आधारहरू इरानको ब्यालिस्टिक र अन्य मिसाइलहरूको हतियारको लक्ष्य बन्न सक्छन्, जुन इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको बावजुद वर्षौंदेखि निर्माण गरिरहेको छ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x