२६ जेठ २०८३, मंगलबार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बैशाख ५, २०८१
बर्दिया
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बर्दियामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका ४ कैलाशनगर नयाँबस्ती टोलका २२ वर्षीय अर्जुन सुनार छन् ।

उनलाई बुधवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सुनारले ती बालिकालाई गत चैत २१ गते बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्