×

NIC ASIA

परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार छौं : महासचिव पोखरेल

काठमाडाैं | बैशाख ७, २०८१

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनलाई संस्थागत गर्ने सवालमा कांग्रेससँग मिल्न तयार रहेको बताएका छन् ।

Muktinath Bank

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्‌को बैठकको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले परिवर्तनलाई संस्थागत गर्नका लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गणतन्त्र र लोकतन्त्रलाई सुदृढ र यसको संस्थागत विकासको लागि सत्तापक्ष र प्रतिपक्षसँग मिलेर काम गर्न तयार छौं', पोखरेलले भने, ‘तर सत्ताको लागि लालायित छैनौं । सत्ता प्राथमिकता हाम्रो विषय होइन । मुलुकलाई सही बाटो हिँडाउने प्राथमिकता दिएर हामी अगाडि बढेका छौं ।’


Advertisment
Nabil box
Kumari

सत्तालाई प्राथमिकता नदिएकैले फेरिएको समीकरणमा महत्त्वपूर्ण मन्त्रालयमा दाबी नगरेको उनले बताए । 

Vianet communication

‘नयाँ सत्ता समीकरणमा महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर दाबी गरेनौं । आलोपालोमा पनि दाबी रहेन', उनले भने, ‘राम्रो काम गर्दा सरकारलाई निरन्तरता दिन तयार छौं ।’

लोकतन्त्रमा संकट आउँदा कांग्रेससँग जहिले पनि मिल्दै आएकोसमेत उनले बताए । 

‘लोकतन्त्रमाथि संकट आएमा त्यतिबेला कांग्रेससँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका छौं’, उनले भने । 

गोदावरीमा शनिवारदेखि सोमवारसम्म चल्ने प्रतिनिधि परिषद्को बैठकले पार्टी नयाँ शिराबाट अगाडि बढ्ने संकल्पसाथ टुंगिने उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x