×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

एमालेको खातामा १२ करोड मौज्दात, पार्टी लयमा फर्किएको ओलीको दाबी

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठक ललितपुरको गोदावरीमा शुरू भएको छ । गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले परिषद्को बैठकको उद्घाटन गरेका छन् । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ। 

Muktinath Bank

बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवेदनमा ओलीले निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अघि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण व्यवहारिक र लाभदायी नहुने निष्कर्ष निकालेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै ओलीले तत्कालीन नेकपा विभाजनपछि उत्पन्न कठिन परिस्थिति पार गरेर पार्टी फेरि लयमा फर्किएको दाबी गरेका छन् । 

Vianet communication


‘नेकपाको विभाजनको निर्णायक विन्दुका रुपमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध अभियोगपत्र दर्ता भएपछिका घटनाक्रमहरु केलाउँदा नेकपा एमालेले कसरी कठिन यात्रा पार गरेर आफूलाई आजको अवस्थामा ल्याइर्पुयाएको भनिएको  छ ।
००००
एमालेको बैंक खातामा १२ करोड ६९ लाख रुपैयाँभन्दा बढी मौज्दात देखिएको छ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार बैंक खातामा र नगद गरी १२ करोडभन्दा बढी रकम मौज्दात देखिएको हो ।
००००
चिकित्सा शिक्षा सुधारका लागि भन्दै आन्दोलन गरिरहेका डा गोविन्द केसीले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । 

शनिवार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजना गर्दै डा केसीले स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकाय र शिक्षण संस्थानमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न गठित समितिको उक्त प्रतिवेदन कार्यान्वयनको माग राखेका हुन् ।
००००
अमेरिका भ्रमणबाट शनिबार स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको बताएका छन् ।

वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर फर्किएका अर्थमन्त्री पुनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो भ्रमण सफल भएको बताए । 
अमेरिकाको सरकार, निजी क्षेत्र तथा विकास साझेदारहरूले नेपालसँग थप सहकार्य तथा विकास परियोजनामा लगानी गर्न चाहिरहेको उनको भनाइ छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो(कोहीलाई कडा कारबाही गरिने बताएका हुन् ।
००००
एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
ओमानमा जारी प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।
००००
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र दीपक मनाङेलाई शनिवार जिम्मेवारी तोकेका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
००००
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई अवमूल्यन गरे अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।
रौतहटको गौर नगरपालिका– २ को लालबकैया नदीमा शनिवार झोलुंगे पुलको उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । आफूले पटकपटक राजा महाराजादेखि हस्ती नेताको सामना गरेको भन्दै कमजोर नसम्झन पनि चेतावनी दिए ।
००००
सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य विषयमा प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै वामपन्थी एकता वा ध्रुवीकरण उचित नभएको बताएका छन् । 

शनिवार ललितपुरको गोदावरीमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले गम्भीर समस्या समाधानमा सबै दलबीच संवाद आवश्यक भएकोले यस्ता एकता र ध्रुवीकरण तत्काल आवश्यक नहुने बताएका हुन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सहितका दलको गठबन्धन सरकार आउँदो माघ नकट्ने दाबी गरेका छन् । इलाम– २ को चुनावी सभालाई शनिवार सम्बोधन गर्दै थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यसै वर्षको माघ नकाट्ने दाबी गरेका हुन् ।
००००
काठमाडौंको चोभारस्थित जङ्गलमा आगलागी भएको छ । आगोलागी नियन्त्रणका लागि पुगेको दमकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापन रेशम चौधरीले केही स्वार्थी मान्छे आफ्नो र रन्जिताको सम्बन्ध र पार्टीलाई सिद्ध्याउने खेलमा लागेको बताएका छन् । रन्जिता नाउपा अध्यक्ष तथा रेशमकी श्रीमतीसमेत हुन् । 

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै रेशमले रन्जिता सोझी र अन्जान रहेको भन्दै स्वार्थी मान्छेले त्यसको फाइदा उठाएको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x