×

NMB BANK
NIC ASIA

सूर्य नेपाल काठमाडौँ ओपन भोलिदेखि

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

 सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौँ ओपन भोलिदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ।

Muktinath Bank

७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ। उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फहरूले दाबेदारी प्रस्तुत गर्नेछन्। सहभागी गल्फहरू मध्ये सुवास तामाङको लागि भने यो प्रतियोगिता विशेष रहनेछ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यो टुर धेरै पटक खेलेका छन्। प्रोहरूलाई माथ दिएर उपाधि पनि जितेका छन्। तर प्रोफेसनल खेलाडी भएपछि नेपालमा उनले खेल्न लागेको यो पहिलो पटक हो।


Advertisment
Nabil box
Kumari

भारतीय गल्फ टुरमा प्रोफेसनल प्रतियोगिताहरू भने उनले खेलिसकेका छन्। यो पटक उनी प्रमुख दाबेदारको रूपमा रहनेछन्। नेपालका उनी सर्वाधिक सफल एमेच्योर गल्फर हुन र उनको घरेलु टुरमा प्रोफेसनल करियरको सुरूवात  भोलिदेखि सुरु हुँदै छ। उनलाई एमेच्योर गल्फर सद्भाव आचार्यले कडा चुनौती दिने सम्भावना रहेको छ। सद्भावले यो सिजन दुई उपाधि जितिसकेका छन्।

Vianet communication

प्रो भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठ लगायतका प्रोहरू बलिया दाबेदारको रूपमा रहेका छन्। नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले चोटको कारण यो प्रतियोगिता पनि गुमाएका छन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन्। यसै गरी चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्। टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनको लागि कोर्सलाई रोमाञ्चक बनाइएको छ। कोर्ससँग अभ्यस्त हुन गल्फहरूले तयारी गरिरहेको छन्।

पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धात्मक हुने विश्वास रहेको बताए। पछिल्लो समय गल्फको स्तर बढेको र निरन्तर प्रायोजन गरेकोमा उनले प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x