×

NMB BANK
NIC ASIA

मुम्बई इन्डियन्सविरुद्ध राजस्थान रोयल्सको सानदार जीत

काठमाडाैं | बैशाख ११, २०८१

NTC
Premier Steels

इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटको सानदार जीत हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा यशस्वी जैसवालको शानदार शतकसहित राज्स्थानले मुम्बईलाई हराएको हो ।

Muktinath Bank

१ सय ८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

बटलर ३५ रन बनाएर आउट भएपछि यशस्वी र सन्जु सामसनले टोलीलाई जीत दिलाएका थिए । ६० बल खेलेका यशस्वी ९ चौका र ७ छक्कासहित १ सय ४ रनमा नटआउट रहे । २८ बल खेलेका सन्जुले २ छक्का र २ चौकासहित नटआउट ३८ रन बनाए । मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिएका थिए ।

Vianet communication

त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । २० रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाएको मुम्बईका लागि मध्यक्रमले सम्हालेको थियो । 

८ खेलमा ७ जीत र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अंक छ । समान १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ । सातौं स्थानको मुम्बईको ६ अंक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x