×

NMB BANK
NIC ASIA

तराईका खेत र पहाडका जंगल आगोको चपेटामा

आगलागीको भयावह : बसाइँसराइले बस्ती र वन जोडिँदा घरसम्मै पुग्न थाल्यो डढेलो

काठमाडाैं | बैशाख १८, २०८१

NTC
Premier Steels

गुल्मीका विभिन्न ठाउँमा गत सातादेखि फैलिएको डढेलो अझै नियन्त्रणमा आएको छैन । गतसाता जिल्लाको इस्मा गाउँपालिका– ४ मा डढेलोले ठूलो मात्रामा धन र पशुचौपाया नोक्सान भयो । गएको वर्षातमा पहिरोको विपत्ति भोगेको इस्मामा अहिलेको ‘माटो बल्ने’ खडेरी छ । ३ स्थानका वनमा फैलिएको आगलागीमा परेर ४० घर, ४६ गोठ र ७५ पशुचौपाया जलेर मरेका छन् । 

Muktinath Bank

इस्मा–४ का वडाध्यक्ष राजु बस्नेतले दोहलीको हुल, मड्किना र कोटकोटेरीमा आगलागीले धेरै क्षति गरेको बताउँछ । ‘आगलागीले खानेपानीमा पाइपसमेत जलेपछि गाउँमा पानीको संकट देखिएको छ,’ अध्यक्ष बस्नेत भन्छन्, ‘वर्षातमा पहिलोले इस्माबासीलाई संकटमा पार्‍यो । अहिले फेरि डढेलोले समस्या भोग्न बाध्य भए । आगलागीबाट घरबारविहीन बनेका परिवारलाई गाउँपालिकाबाट राहत वितरण गरेका छौं । घर निर्माणमा पनि सहयोग गर्छौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

एक दशकअघि पनि इस्माकै हस्तीचौरमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा पाँचजना स्थानीयले ज्यान गुमाएका थिए । डिभिजन वन कार्यालय, गुल्मीका अनुसार जिल्लाको इस्मा, रेसुंगा, मुसिकोट, गुल्मीदरबार, छत्रकोट, रुरू र मदानेलगायतका स्थानीय तहको विभिन्न ठाउँमा लागेको आगोले जिल्लामा झण्डै १ हजार ५००  हेक्टर जंगल र दर्जनौं घर/गोठ सखाप भएका छन् । 

Vianet communication

कार्यालयका सूचना अधिकारी राजन कुँवरका अनुसार घाँस राम्रो पलाउने र वन्यजन्तु भगाउने नाममा लगाइएको आगोले गुल्मीमा ठूलो क्षति गरेको छ । ‘वन कार्यालय र पालिकाहरूले डढेलो रोक्न गरेका जनचेतनाका प्रयास सफल हुन सकेका छैनन्,’ कुँवर भन्छन्, ‘मानिसले जानीजानी आगो लगाएको पाइए पनि कारबाहीका लागि समुदाय गुपचुप बस्दा रोकथाम र नियन्त्रण निप्रभावी बनेका छन् ।’  

null

गएको साता नै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ मा आगलागी भयो । धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घर जले ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलका अनुसार आइतबारसम्म जिल्लाका विभिन्न वनमा लागेको आगलागीले ४३ घर/गोठ जलेर नष्ट भएको सूचना प्रहरीले संकलन गरेको छ । रावलले जंगलमा लगाएको आगो बतासले बस्तीसम्म ल्याउने गरेको अनुसन्धानबाट देखिएको बताउँछन् ।

अर्घाखाँचीका अग्निपीडितको अहिले बिचल्ली भएको छ । 

null

गहुँ स्याहारेपछि खेतमा लगाएको आगोले रूपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न वडामा ९८ घर आगलागीमा परे, जसमध्ये ५० घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । त्यस्तै, गहुँ खेतमा लागेको आगोले पश्चिमी तातो हावाले फैलिँदा कपिलवस्तुको यशोधरा गाउँपालिकामा ४० घर जल्नुका साथै भर्खरै स्याहारेको गहुँसहित ठूलो परिमाणमा अन्न जलेर नष्ट भयो । 

त्यस्तै, आइतबार दाङको राजपुर– ७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । वैशाख लागेसँगै शुरू भएको डढेले गुल्मी, अर्घाखाँची हुँदै प्यूठान, रुपन्देही कपिलवस्तु हुँदै दाङसहित प्रदेशका सबैजसो जिल्लाका वन र निजी जग्गामा आगो लागेको छ ।

null

तराई गर्मी र पहाड डढेलोले आक्रान्त बनेका छन् । केही वर्षयता पहाडमा खडेरी र गाउँबाट बसाइँसराइले गर्दा मध्यपहाडका  जिल्लाका ग्रामीण भेगमा आगलागी बढेको छ । तीव्र बसाइँसराइले खेतबारी बाँझो हुँदा जंगल गाउँघरसम्म ढाकेको छ । डढेलोविद सुन्दर शर्माले बसाइसराइँले जंगल र बस्ती जोडिँदा आगलागीले पहाडका गाउँबस्ती आक्रान्त बन्न पुगेको बताए ।  

‘पहिले बस्ती र खेतबारी हुन्थे । अहिले गाउँबस्तीबाट मानिसहरू पलायन भएपछि खेतबारी झाडी र बुट्यान बने, जसले गर्दा घर र जंगल जोडिन पुगे । वनमा आगलागी हुनेबित्तिकै आगो घरगोठसम्म पुग्यो,’ शर्माले लोकान्तरसँग भने ।

उनले थपे, ‘हामी अहिले पिक फायर सिजनमा छौं । शतर्कता धेरै अपनाउनुपर्छ । लामो समयसम्म पनि पानी नपर्दा तापक्रम बढेसँगै आगलागीका घटना बढ्न सक्छन् ।’

सामान्यतया हरेक वर्ष फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा डढेलोको प्रकोप लुम्बिनी प्रदेभभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ ।

डढेलोले जंगल मात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ । वैशाख शुरू भएसँगै लुम्बिनी प्रदेशको पहाडमा डढेलो र तराईका जिल्लामा प्रत्येक दिन ४० डिग्रीभन्दा माथिको तापक्रमले ‘हिट वेभ’ ले अत्यधिक गर्मी छ । 

null

गर्मी, तातो हावा र सुख्खा खडेरीले हावाहुरीका कारण अहिले वनजंगलमा आगलागी तीव्र रूपमा फैलिँदो छ । पहाडी जिल्लाका पालिकामा आगलागी नियन्त्रण गर्न दमकल समेत छैनन् । तराईका जिल्लामा समेत पर्याप्त वारुणयन्त्र नहुँदा समस्या छ ।

विपद् नियन्त्रण गर्ने काम स्थानीय तहको भए पनि त्यसतर्फ पालिकाको ध्यान जान सकेको छैन । 

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खेमबहादुर थापाले डढेलो नियन्त्रण योजना बनाउने तयारीमा महासंघ रहेको बताउँछन् ।

‘गाउँमा जनता पाउन मुस्किल हुन थाल्यो,’ महासचिव थापाले लोकान्तरसँग भने, ‘निजी जमिन समेत जंगल बन्यो । आगलागी भयो भने पनि मानिसहरू स्वयंसेवकको रूपमा निभाउँदैनन् । प्रहरी सेनाकै भर पर्छन् । पालिकाले दमकल पाल्न सक्ने अवस्था छैन । दमकल पनि गाउँका घर–घरमा पुगेर आगो निभाउन सम्भव छैन । हामी हरेक गाउँमा पानी संकलन गर्ने ट्याङ्ककी बनाउने गरी काम गर्दैछौं ।’ मानिसमा डढेलोप्रति चेतना विकास गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको थापाको भनाइ छ । 

null

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा यो सिजनमा डढेलोका घटना भएका छन् । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी डिलाराम पौडेलले डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरूलाई प्रत्येक वर्ष बजेट पठाउँदै आएको बताए । 

नयाँ वर्ष वि.स. २०८१ शुरूआतसँगै लुम्बिनी प्रदेशका वनजंगलमा डढेलो सल्किन पनि शुरू भएको थियो । राम्रो घाँस पलाउने आशमा कतिले जानेरै आगो लगाउने गरेका छन् । वनमा आगो लगाउनु हुँदैन भन्ने जानकारी भएकै मानिसहरूले डढेलो लगाउने गरेको वातावरण क्षेत्रका जानकार युवराज कंडेलले बताए । 

हावाहुरीको समयमा सानो आगोको झिल्काले वनमा डढेलो सल्कन सक्छ । चैत र वैशाखमा हावाहुरी चल्दा, हिउँदे वर्षा ढिला हुँदा, भिरालो भूबनोटका कारण वनमा लागेको आगो नियन्त्रण गर्न सजिलो नहुने कंडेल बताउँछन् । 

वनमा आगलागी हुने कार्य गरेमा वन ऐन, २०७६ को दफा ५० को उपदफा (४) मा सजायको व्यवस्था गरिएको छ । जसमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । 

तर, वन डढेलोका घटनामा कारबाही हुने गरेको पाइँदैन । यस वर्ष त हिउँद सुख्खाग्रस्त बन्यो भने वनजंगलमा पातपतिंगर पनि धेरै भएकाले डढेलोको जोखिम रहेको वनपालेहरू बताउँछन् ।

हेर्नुहोस्, थप तस्वीर :

null

null

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x