×

NIC ASIA

विवादमा विश्वासको मत

सर्वोच्चको फैसलापछि गण्डकीमा बढ्यो किचलो, सदनमा कांग्रेसको कालो रिबन

कास्की | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

सर्वोच्च अदालतको फैसलामा टेकेर गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा भएको छ । ३० सांसदको समर्थन पाएका अधिकारीलाई सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

 संविधान विपरीत प्रदेश सभामा विश्वासको मत पाएको घोषणा भएको जिकिर गर्दै नेपाली कांग्रेसले सदनमै कालो रिबन देखाएको छ । सभामुखले सदनमा आफ्नो मत सुरक्षित भएको बोलिनसक्दै कांग्रेसका सांसद उठेर विरोध गर्न थाले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालको संविधान बमोजिम आवश्यक अवस्थामा मतदान गर्ने अधिकार मसँग सुरक्षित रहेको जानकारी गराउँछु,’सभामुखले सदनमा बोले । त्यत्तिकैमा कांग्रेसका सबै सांसद उठेर सदनमा नाराबाजी गरे । सभामुखलाई कांग्रेसले सदनमा नै कालो रिबन देखायो । सभामुख बोल्दै गए । संविधानको धारा १८६ अनुसार प्रदेश सभामा अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर, मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने अधिकार हुन्छ ।  


Advertisment
Rupse Holidays
Nabil box

‘सर्वोच्चको १७ गते भएको आदेशको मर्म र भावना अनुरूप समेत माननीय खगराज अधिकारीले राख्नुभएको विश्वासको मत प्रस्ताव प्रदेश सभाबाट बहुमतले पारित भएको घोषण गर्छु,’ सभामुखले भने । 

Vianet communication

संविधानत: ६० सदस्यीय गण्डकीमा विश्वासको मतका लागि ३१ सांसद आवश्यक पर्छ । १७ गते न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुबेदीको इजलासले गण्डकीमा ३० सांसदको सङ्ख्याले बहुमत पुग्ने फैसला गरेको थियो । यसपछि गण्डकीमा विश्वासको लागि ३० सांसद पुग्ने सत्तापक्षले तर्क दिँदै आएको थियो । आइतबार अधिकारी ३० सांसदको समर्थनमा मुख्यमन्त्री पद थामिरहेका छन् । 

आइतबारको प्रदेशसभाको पहिलो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत मागे । दलका नेताले आ-आफ्नो धारणा राखे ।  त्यसपछि सभामुखले संसद् स्थगित गरे । सदनको दोस्रो बैठकमा पक्ष विपक्षमा मत विभाजन भएसँगै सभामुखले निर्णय सुनाए । त्यसपछि सभामुखबाट असंवैधानिक कदम भएको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।  मत विभाजनमा मुख्यमन्त्री अधिकारीलाई एमालेको २२ माओवादी केन्द्रको ७ सभामुख बाहेक र स्वतन्त्र सांसद दीपक मनाङेको गरी ३० मत मिल्यो । उनको विपक्षीमा कांग्रेसका २७ सांसदले मत हाले भने राप्रपाका दुई सांसद तटस्थ बसे । 

कांग्रेस र राप्रपाको असन्तुष्टि 

मुख्यमन्त्री खगराज अधिकारीले गठबन्धनमा राप्रपालाई ल्याउने भरपुर कोसिस गरेका थिए । राप्रपाले खगराजलाई साथ दिएको खण्डमा सहज बहुमत मिल्थ्यो पनि । तर, राप्रपा सुरुवातदेखि नै आफ्नो अडानमा कायम रह्यो । खगराज सरकारलाई समर्थन नगर्ने निर्णय गर्‍यो । सभामुखको निर्णयलाई संविधानको खिल्ली उडाएको विचार राख्छन्, राप्रपाका सांसद पन्चराम गुरुङ । 

‘सभामुखले दुई पक्ष बराबर भएमा निर्णय दिन पाउने भन्ने अधिकार छ । एकातिर २७ मत छ अर्कातिर ३० मत छ भने कसरी बराबर हुनसक्छ ? वास्तवमा भन्ने हो भने प्रदेश र संविधानलाई खिल्ली उडाएको देखियो,’ उनले भने । 

सभामुखको निर्णय सबैभन्दा रुष्ट कांग्रेस छ । सदनमा नै नाराबाजी गरेको कांग्रेसले बैठक स्थगितपछि पत्रकार सम्मेलन राख्यो । पत्रकार सम्मेलनमा राख्दै गण्डकीका पूर्वमुख्यमन्त्री तथा संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले संविधानलाई सिद्ध्याउने षड्यन्त्र भएको बताए । ‘यो संविधानलाई सिद्ध्याउने षड्यन्त्र भएको छ,’ उनले भने । 

सर्वोच्चको फैसलापछि नै गण्डकीमा संविधानको आफू अनुकूल व्याख्या हुन थालेको थियो । ३० वा ३१ सांसद भन्ने पक्षमा दुई कित्ता उभिएका थिए । कांग्रेस आज संसदमा हुने कदममा जानकार थियो । त्यसैले पनि सदनमा विरोध गर्दा  कांग्रेसका सबै सांसदको हातमा कालो रिबन देखियो । 

सदनमै आक्रोशित बनेका कांग्रेसले नाराबाजी गर्नु अघि सदनमा सुरेन्द्रराज पाण्डे कड्किएका थिए । विश्वासको मत सम्बन्धी छलफलमा बोल्दै उनले भने, ‘असंवैधानिक क्रियाकलाप गरेर राजनीतिक स्थायित्व हुन्छ ? आफैले बसाएको नजिरलाई काट्न जुन गलत परम्परा बसाइएको छ, सर्वोच्चले कुनै दिन सच्चाउन पर्छ ।’ 

सर्वोच्चले फैसला गरेको एउटा शब्दलाई गलत व्याख्या गरिएको उनले बताए । उनले सभामुखलाई सदनबाट नै सचेत समेत गराएका थिए । ‘सभामुखले आफ्नो निर्णय र घोषणा गर्दा पनि संविधानमा लेखिएको कुरा त्यसलाई ख्याल गर्नुपर्छ । तटस्थ बस्नुपर्छ । दलीय पक्षधरता नलिनुहोला’, उनले सभामुखलाई सचेत गराउँदै भने, ‘समयमै भनिरहँदा त्यसलाई अटेर गरेर अगाडि बढ्ने हो भने त्यो दिनपनि आउन सक्छ । स्वयं सभामुखले यो रोष्ट्रमको कठघरामा उभिएर जवाफ दिनपर्ने स्थिति आउन सक्छ ।’ 

छलफलका क्रममा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सभामुखको निर्णायक भूमिका व्याख्या हुँदै जाने विचार सदनमा राखेका थिए । 

‘निर्णायक भूमिका भनेको के हो अझै व्याख्या हुन बाँकी छ । जोड सङ्ख्या भएको प्रदेशमा सभामुखलाई झिक्ने बित्तिकै विजोड हुन्छ । दुईतिर बराबर कहिले हुन्छ । यस्ता कुराहरू व्याख्या हुँदै जालान् । छलफल हुनुपर्छ । कतिपय विषय अदालत पनि जाला,’ उनले भने ।

प्रस्तावको छलफलपछि जवाफ दिँदै मुख्यमन्त्री खगराज अधिकारीले एकले अर्कालाई आरोप लगाएर नहुने सुनाए । ‘अदालतमा कोही पुग्नु उसको अधिकारको कुरा हो । अदालतका विषयहरूमा म धेरै बोल्न चाहन्नँ । मनमोहन अधिकारीले सिफारिस गर्दा नहुने अरूले कसैले गर्दा हुने त देखेरै आएका छौँ नि । त्यसकारण ती कारण पनि नहुनका लागि संविधानमा के व्यवस्था गर्ने होला,’ मुख्यमन्त्रीले भने । 

कांग्रेस अदालत जाने

सभामुखको निर्णयपछि असन्तुष्ट रहेको कांग्रेस अदालत जाने भएको छ । कांग्रेस संसदीय दलले विज्ञप्ति निकाल्दै कानुनी उपचारमा जाने बताएको हो । 

‘गण्डकी प्रदेश सभामा तत्काल कायम रहेका ६० सदस्यीय मध्ये विश्वासको मतका निम्ति ३१ सदस्यको समर्थनमा विश्वासको मत प्राप्त गर्नुपर्नेमा सो नभई बहुमत सदस्यको विश्वासको मत प्राप्त नगरेको अवस्थामा मा. मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको भनी गरिएको असंवैधानिक घोषणा/निर्णय प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति छ । यो असंवैधानिक निर्णयलाई नेपाली कांग्रेस संसदीय दल पूर्ण रूपमा अस्वीकार गर्दै कानुनी उपचारको प्रक्रियामा जाने जानकारी गराउँछौँ,’विज्ञप्तिमा भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x