×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सभामुखको पहलबाट निस्केन निकास, सम्हालिनुपर्ने बाध्यतामा माधव नेपाल

काठमाडाैं | बैशाख २६, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

थानकोट–चापागाउँ–हरिसिद्धि प्रसारण लाइनमा बन्ने सबस्टेसनका लागि जग्गा अधिग्रहण प्रक्रिया नटुंगिँदै १५ प्रतिशत कमिसनको लोभमा नेपाल विद्युत प्राधिकरणले पावर ट्रान्सफर्मर पहिल्यै खरिद गरेको खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तजबिजीमा आजभन्दा ५ वर्ष पहिला नै ६ अर्बभन्दा माथिको पावर ट्रान्सफर्मर लगायतका सामान किनेर भक्तपुरको खरिपाटीमा लुकाएर राखिएको हो ।


Advertisment
Nabil box
Kumari

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न भन्दै वि।सं। २०५५–५६ देखि नै थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बनाउन थालिएको थियो ।

Vianet communication

सबस्टेसन निर्माणका लागि अझैसम्म पनि जग्गा विवाद टुंगिएको छैन । तर, घिसिङले पहिल्यै सामान खरिद गरेर राखेका छन् । ५ वर्षअघि नै खरिद गरेर खरिपाटीमा राखिएका ती विद्युतीय सामानहरू अहिले खिया लागेर चल्न नसक्ने अवस्थामा पुगेका छन् ।
००००
सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल निष्कर्षविहीन बनेको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोर्होयाएको थियो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो । यससँगै वैशाख २८ गतेको प्रतिनिधिसभा बैठक सहज रुपमा चलाउने सभामुखको प्रयास असफल बनेको छ ।
००००
रास्वपाका सभापति रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको दोर्होयाएका छन् ।
यसअघि रास्वपाका अन्य नेताले रविलाई प्रधानमन्त्रीको अफर गरेको बताए पनि स्वयं रविले यसबारे बोलेका थिएनन् ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालमा आएको विभाजनपछि सत्ता संकट तत्काललाई टरेको हो कि सरेको मात्र भन्ने कोणबाट बहस हुन थालेको छ । 
केही दिन अगाडिसम्म वर्तमान सरकार लामो समय जाँदैन, बजेट अगाडि कि पछाडि भन्ने मात्र हो भनेर नेपाली कांग्रेस र नेकपा एमालेकै कतिपय नेताले दाबी गर्दै आएका थिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत संशयमा देखिन्थे ।

तर, कांग्रेसको आडभरोसामा जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धनका लागि वार्ता तथा संवाद अगाडि बढाएपछि परिस्थिति अर्कैतिर मोडिएको छ ।

 यी दुईको रणनीति कार्यान्वयनको चरणमा नपुग्दै जसपामा विभाजन आएपछि संकट तत्काललाई सरेको देखिएको हो ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ जसपाको विभाजनले सत्ता गठबन्धनलाई तत्काल नोक्सान नहुने, र अन्य दललाई पनि राजनीतिक सन्देश जाने बताए ।

‘जसपाको विभाजनले संकट पार्छ भन्ने लाग्दैन, किनकि विभाजनलगत्तै दुवै खेमाले सरकारलाई समर्थन गर्ने भनेका छन् । यसैले सत्ता गठबन्धनलाई नोक्सानी पारिहाल्छ भन्ने केही समयदेखिको भाष्यलाई यो विभाजनले रोकेको छ,’ श्रेष्ठले भने, ‘माधवजीलाई पनि पहिलेजस्तो प्रधानमन्त्रीमा दाबेदारी नगरी सम्हालिनुपर्छ भन्ने सन्देश गएको छ । हल्लाउने र उथलपुथल ल्याउने चेतावनीले जसपाकै स्थिति र नियतिमा पुगिन्छ भन्ने यो घटनाले देखाउँछ ।’
००००
विशेष अदालतले भुक्तानी प्रणाली (पेमेन्ट गेटवे)मा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख रुपैयाँभन्दा बढी जरिवाना सुनाएको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको अदालतका शाखा अधिकृत सागर भण्डारीले जानकारी दिए ।  
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन् । 

त्रिविद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिएकी हुन् । 
त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उनले निर्देशन दिइन् । त्यस्तै, त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताइन् ।
००००
क्रिकेटर सन्दीप लामिछाने आफूमाथि लागेको आरोपमाथि फेरि बोलेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घटना घटेको नभएर घटाइएको बताएका हुन् ।

बलात्कार मुद्दामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको सन्दीपको आरोप छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । 
बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । 
००००
लामो समयपछि सोमवारदेखि शुरू भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ ।
सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउनसक्ने सरोकारवालाहरूले विश्वास व्यक्त गरेका हुन् ।
मौसमविद्हरूले पनि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै राम्रो वर्षाको सम्भावना रहेको बताएका छन् ।
वर्षाकै कारण कृषकलाई समेत राहत भएको छ भने वायुप्रदुषण पनि कम भएको छ । 
००००
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले पदबाट राजीनामा दिएका छन् । 
उनले स्वास्थ्यका कारण देखाएर राजीनामा गरेको कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले पुष्टि गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x