×

जितका बाबजुद लखनउ प्लेअफ दौडबाट बाहिरियो, पुछारमा सीमित मुम्बई

काठमाडाैं | जेठ ५, २०८१

इन्डिउन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउले मुम्बईलाई १८ रनले हराएको हो । 

लखनउले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा मात्र १ सय ९६ रन बनाउन सक्यो । टोलीका लागि पूर्वकप्तान रोहित शर्माले सर्वाधिक ६८ रनको योगदान दिए । 


Advertisment

खेलको अन्त्यतिर नमन धिरले २८ बलमा ६२ रन बनाए पनि टोलीलाई जितसम्म डोर्‍याउन सकेनन् । त्यस्तै, डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ तथा ईशान किसनले १४ रन बनाए ।


Advertisment

लखनउका लागि नविन उल हक र रवि विश्नाईले २–२ विकेट लिए भने क्रुनाल पाण्ड्या र मोहसिन खानले १–१ विकेट लिए ।

यसअघि निकोलश पुरन र कप्तान केएल राहुलको अर्धशतकको मद्दतले लखनउले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो । पुरनले मात्र २९ बलमा ७५ रनको विस्फोटक इनिङ्स खेले । 

केएल राहुलले ४१ बलमा ५५ रन बनाए । मुम्बईका लागि नुवान थुसारा र पियुष चावलाले ३–३ विकेट लिए ।

पराजयपछि मुम्बई यो सिजन अङ्क तालिकामा पुछारमा सीमित बनेको छ । १४ खेलबाट टोलीको मात्रै ४ अंक छ । लखनउ १४ खेलबाट १४ अङ्कसहित तालिकामा छैटौँ स्थानमा छ ।

यो जितपछि पनि लखनउ प्लेअफको दौडबाट बाहिरिएको छ । सीएसके र दिल्ली क्यापिटलसँग पनि समान अंकहरू छन् । चेन्नईको एक खेल बाँकी छ भने दिल्लीले सबै खेल खेलेको छ ।

अहिलेसम्म लखनउको नेट रन रेट (-०.६६७) चेन्नई (०.५२८) र दिल्ली (-०.३७७) भन्दा खराब छ । यस्तो अवस्थामा चेन्नईले खेल ठूलो अन्तरले हारे पनि लखनउभन्दा अगाडि रहनेछ । यदि खेल जिते वा रद्द भयो भने चेन्नई प्लेअफमा प्रवेश गर्ने चौथो टोली बन्नेछ ।

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x