×

NIC ASIA

सरसर्ती २४ घण्टा

नियमित प्रक्रियाबाटै बजेट, बढ्यो बेरुजु

काठमाडाैं | जेठ १४, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु ११ खर्ब ८३ अर्ब २६ करोड पुगेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७९/८० मा मात्रै अद्यावधिक बेरुजु रु ९५ अर्ब ६० करोड २१ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्नेलगायत रकम रु एक खर्ब ४० अर्ब ९५ करोड ३० लाख बराबर पुगेको छ ।
००००
आर्थिक वर्ष २०७९–८० मा ७ स्थानीय तहले कानुनमा व्यवस्था नभएको चाडपर्व खर्च भनेर १२ लाख ६६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । 
महालेखाको वार्षिक प्रतिवेदनमा १७ स्थानीय तहले पोसाक सुविधामा ११ लाख ५ हजार र ऐनमा उल्लेख भएभन्दा फरक हुने गरी १९ स्थानीय तहले ३ करोड ४२ लाख २९ हजार रुपैयाँ यातायातमा खर्च गरेको उल्लेख छ ।
००००
यस्तै सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ ।
००००
नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कक भएको अर्थ मन्त्रालयले जनाएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय ८३ दन्त चिकित्सक र १० हजार पाँच सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४ दशमलव एक र महिला ३५ दशमलव नौ प्रतिशत छन् ।
००००
अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने बताएका छन् । 

Vianet communication

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पुनले २०८०–८१ को आर्थिक सर्वेक्षण पेश गर्दै यो आर्थिक वर्षको अन्त्यमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव  ९ प्रतिशत हुने र प्रतिव्यक्ति आय साढे १४ सय अमेरिकी डलर हुने बताएका हुन् ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै संसद्बाटै बजेट आउने सम्भावना बढेर गएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनस् दुवैले संसद्बाटै बजेट ल्याउने बताएका छन् । प्रतिनिधिसभा बैठकपछि आइतबार संसद् भवनबाट बाहिरिने क्रममा अर्थमन्त्री वर्षमान पुनले अध्यादेशबाट बजेट ल्याउने कुरा नसोचेको बताए ।
००००
काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
००००
काठमाडौं जिल्ला अदालतले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय गरेको छ ।
अदालतको अवहेलना गरेको भन्दै मेयर अधिकारीसहित उक्त नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नम्बर १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १–१ महिना कैद सजाय गरेको हो ।
००००
सहकारी ठगी प्रकरणमा विवादित बनेका गृहमन्त्री रवि लामिछानेलाई बचाउन भूमिका खेल्ने सरकारी रवैयाविरुद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक देखिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति भने उसको केही आग्रह वा अपेक्षा झल्किन्छ ।

सहकारी प्रकरणमा संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि सदनमा आवाज उठाए पनि बेवास्ता गरिएपछि कांग्रेस सडकमा ओर्लिएको हो । सरकारको समग्र रवैयाप्रति आक्रामकता देखाए पनि कांग्रेस प्रधानमन्त्री प्रचण्डप्रति भने विनम्र देखिएको छ ।
००००
एक किलो एक सय एक ग्राम कोकिनसहित कंगोली महिला पक्राउ परेकी छिन् ।
अपुला एकुत्सु एम्बोंगो नाम गरेकी उनलाई लागुऔषध नियन्त्रण ब्यूरोले ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x