×

उपभोक्ता झुक्याउने मेसो

टेस्लाको लोगोसँग मिल्ने चाइनिज गाडी 'डीपल' : वास्तविक मूल्यभन्दा दोब्बर असुल्छन् विष्णु अग्रवाल

काठमाडाैं | जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ ।

कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्री गर्ने गरेको खुलासा भएको हो ।


Advertisment

चांगानको इलेक्ट्रिक ब्रान्ड डीपलले उत्पादन गरेको विद्युतीय कार ‘डीपल-०७’ गत सालको चैत १८ गतेदेखि नेपालमा बिक्री शुरू गरिएको हो । यसको लोगो टेस्लाको लोगोसँग हुबहु मिल्छ ।


Advertisment

नेपालका लागि टेस्लाको आधिकारिक बिक्रेता आरित इन्टरनेसनलले आफ्नो लोगो चोरिएको विषयलाई लिएर कानूनी कारबाहीमा जाने तयारीसमेत गरेको छ ।

'टेस्लाको जस्तै लोगो राखिएकोबारे हामी कानूनी कारबाहीमा जाने तयारी गरिरहेका छौं,' आरित इन्टरनेसनलका एक कर्मचारीले भने ।

मूल्यमा दोब्बरसम्म लूट

यसअघि लोकान्तरले यामाहा बाइकमा अग्रवालले मच्चाएको लूटबारे समाचार प्रकाशित गरेको थियो । त्यही शैलीमा डीपल गाडीमा पनि अग्रवालले ३० लाखसम्म मुनाफा लिएका छन् ।

कारन्यूज चाइना(carnewschina.com)का अनुसार विद्युतीय सेग्मेन्टतर्फ डीपल एस ७ को मूल्य २६ हजार ४ सय डलरदेखि २८ हजार २ सय डलरसम्म पर्छ ।

null

जबकि डीपल एस ०७ को नेपाली बजार मूल्य ७१ लाख ९९ हजार राखिएको छ । कार निर्माता देश चीनमा यसको मूल्य जम्मा २६ हजार ४ सय डलर अर्थात आजको सटही दरमा ३५ लाख, २३ हजार मात्र पर्छ ।

चीनमा जनवरी १, २०२४ देखि डिसेम्बर ३१, २०२५ सम्म किनिएका विद्युतीय सवारीमा कर लाग्दैन ।

नेपालमा भने अहिले ५० देखि १०० किलोवाटसम्मको विद्युतीय सवारीलाई १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क लाग्ने गर्छ ।

३५ लाख २३ हजारमा पाइने गाडीमा १५ प्रतिशत भन्सार जोड्दा ४० लाख ५२ हजार हुन्छ । त्यसमा थप १० प्रतिशत अन्तःशुल्क जोड्दा उक्त गाडीको मूल्य जम्मा ४४ लाख ५७ हजार हुन आउँछ ।

के भन्छ कानून ?

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार सरकारले आफैं मूल्य निर्धारण गरेको बाहेक सरकारले अनुमति दिएको वस्तुको व्यापारमा २० प्रतिशतभन्दा बढी मूल्य लिन पाइन्न ।

तर, अग्रवालले वास्तविक मूल्यमा करिब ३० लाख जोडेर नेपाली उपभोक्तालाई ठगिरहेका छन् ।

ऐनको दफा ३ मा भनिएको छ, 'दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्नेछ ।'

null

ऐनमा जरिवाना र सजायको प्रबन्ध गरिएको भएपनि अग्रवाल भने शक्तिको आडमा जोगिँदै आएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत मात्र नाफा राख्न पाइने बताए ।

उनले भने, 'कुनै-कुनै सामानमा त शतप्रतिशत पनि मुनाफा लिएको पाइएको छ । हामीले उपभोक्ताको ढाड सेक्ने काम नगर्नुस् भन्दा उनीहरूले नाफा नै खान नदिने भए व्यापार किन गर्न दिएको त भन्दै उल्टै प्रतिप्रश्न गर्छन् । हामीले निरन्तर उपभोक्ताको पक्षमा आवाज उठाएका छौं, यसमा सरकार पनि जिम्मेवार हुनुपर्‍यो ।'

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले सरकारले तोकेको भन्सार दरअनुसार नै सामान आयात हुनुपर्ने र नभएमा कारबाही गरिने बताए ।

उत्पादकसँगको मिलेमतोमा फ्याक्ट्री मूल्य नै तलमाथि गरेर देखाइयो भने के हुन्छ भन्ने प्रश्नमा उनले यस्तो हुने गरेको आफूले सुनेको तर नेपालको कानूनले विदेशमा उत्पादन हुने सामानको फ्याक्ट्री मूल्य निर्धारण गर्न नसक्ने बताए ।

'कहिलेकाहीँ वास्तविक मूल्यभन्दा कम वा बढी कायम गरेर भन्सारमा थोरै पैसा तिर्ने खेल हुन सक्छ र भएको पनि छ,' उनले भने, 'यसमा कतिपय अवस्थामा हामीले विभिन्न स्रोतबाट सामानको वास्तविक मूल्य पत्ता लगाएर कारबाहीसमेत गरेका छौं । तर डीपल ब्रान्डबारे उजुरी परेको छैन ।'

ठगीको साम्राज्य

अग्रवालको स्वामित्वमा रहेको एमएडब्ल्यू कम्पनीले डीपल ब्रान्डसँगै निर्माणमा प्रयोग हुने हेभी सामग्री जेसीबी, फोटोन, स्कोडा र जीप गाडी, एचपी नामको इन्जिन आयल, यामाहा, चेक गणतन्त्रमा उत्पादन हुने एलईटी जहाजसमेतको आधिकारिक बिक्रेताको लाइसेन्स लिएको छ ।

यसअघि मोरङ अटो वर्क्स नामको उनको कम्पनीले २ करोड ७० लाख भन्दा बढी नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको खुलेको थियो । टेस्लाको लोगो चोरिएको र उपभोक्ता ठगिएकोबारे प्रश्न गर्न खोज्दा एमएडब्ल्यू ग्रुपका अध्यक्ष अग्रवालसँग सम्पर्क हुन सकेन ।

तर, ग्रुपकै उच्च तहका अर्का एक कर्मचारीले आफूहरूले अप्राकृतिक नाफा नखाएको दाबी गरे । उनले भने, 'हामीले देशको कानून तोडेका छैनौं । कानूनले दिएकै नाफा राखेका हौं ।'

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

जेठ २, २०८१

लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले सञ्चारकर्मीहरूलाई नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ गराएको छ । गत वैशाख २९ गते रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बलिङ प्लान्टमा गर...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x