२४ जेठ २०८३, आइतबार

जर्मनीका समकक्षीसँग राष्ट्रपति पौडेलको भेटवार्ता

असार ३, २०८१
काठमाडौं
जर्मनीका समकक्षीसँग राष्ट्रपति पौडेलको भेटवार्ता

 राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनअवस्थित राष्ट्रपति भावनमा सोमबार भेटवार्ता भएको छ । 

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनी आएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आज भेटवार्ता भएको हो । 

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन् । 
सो भेटवार्तका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्दै सोसीयलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसीभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताएका थिए । 

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास  गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । 

राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र,  मानव अधिकार, मौलिक अधिकार,  लैंगिक समानता, जलवायु परिवर्तन जस्ता धेरै सामाजिक–आर्थिक मुद्दाहरुमा दुई देशबीच अन्तरराष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताएका थिए । 


उनले वर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीको रुपमा जर्मनको भ्रमण गरेको स्मरण गरेका थिए  । उनले युक्रेनमा झुक्याएर पुर्याइएका नेपालीहरुलाई छुटाउन पहलको लागि पनि आग्रह गरेका थिए । 

उनले नेपाली एयरलाइन्सलाई यूरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको दह्रो सहयोगको आशा व्यक्त  गरेको पनि राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

जर्मनका राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठयारा बुझेको र त्यसमा आफ्नो सहानुभूति रहेको बताएका थिए । साथै उनले  नेपाली हवाई एयरलाइन्सलाई यूरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताएका थिए । 
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्