×

वीरगञ्जमा भेटिए कालाजार र डेङ्गीका बिरामी

विरगञ्ज | असार १२, २०८१

वीरगञ्ज महानगर क्षेत्रमा एकजना कालाजार र सातजना डेङ्गीका बिरामी भेटिएका छन् । 

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साहले वीरगञ्ज महानगर–९  रानीघाटमा बसोबास गर्दै आउनुभएकी एकजना महिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा परीक्षणका क्रममा कालाजारको लक्षण देखिएको बताए । “कालाजार देखिएको बिरामीको टेकुमा उपचार भइसकेको छ”, उनले भने, “कालागारको लक्षण देखिएको महिला वीरगञ्जमा बसोबास गरेकाले पनि सो क्षेत्रमा कालाजारको बिरामी हुनसक्ने भन्दै स्वास्थ्य स्वयंसेविकालाई सचेत गराउन अनुरोध गरेका छौँ ।” उहाँले लामो समयसम्म ज्वरो आइरहेका शङ्कास्पद बिरामीलाई परीक्षणका लागि अनुरोधसमेत गरे ।


Advertisment

यसैगरी पर्सामा पछिल्लो तीन महिनामा यहाँका नौजनामा डेङ्गी भेटिएको बताए । पछिल्लो तीन महिनामा सात जना डेङ्गीका बिरामी महानगरभित्रै र अन्य दुई बिरामी ठोरी गाउँपालिका र विन्ध्वासिनी गाउँपालिकामा भेटिएका हुन् ।


Advertisment

डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको साहले बताए।  कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । भुसुनाले रोगी मानिसलाई टोकेर स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । यो रोग झापादेखि बारासम्म १२ जिल्लामा पाइए पनि अन्य तराईका जिल्लामा फाट्टफुट्टरुपमा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । 

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x