×

एकल महिला समूहले स्थापना गर्‍यो ‘शान्ति ग्यालरी’

काठमाडाैं | असार १७, २०८१

मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७ स्थित छहारी भवनमा सशस्त्र द्वन्द्वपछिको शान्ति प्रक्रियासँग सम्बन्धित ‘शान्ति ग्यालरी’ स्थापना गरेको छ ।

आज कलात्मक सजावटसहितको ग्यालरी उद्‌घाटन गर्नुका साथै सोही स्थलमा ‘आराध्याती’ शालिकको अनावरण गरिएको छ ।


Advertisment

शान्ति ग्यालरीमा नेपालमा भएको सशस्त्र युद्ध र त्यसबाट नेपाली समाजमा परेको प्रभाव, एकल महिला भएर बालबच्चासहित समाजमा बाँच्नका लागि गर्नुपरेका सङ्घर्ष, शान्ति प्रक्रियाका लागि बनेका ऐन, कानून, आयोगका गतिविधिका तस्वीर राखिएका छन् । 


Advertisment

उद्‌घाटन कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपाली समाजमा महिलालाई महत्त्व नदिने प्रवृत्तिका कारण हरेक पाइलामा हुने हिंसा र एकल भएपछि भोग्नुपर्ने पीडालाई ग्यालरीले उजागर गरेको बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवं एकल महिला समूहकी संस्थापक अध्यक्ष लीली थापाले द्वन्द्व वा अन्य समयमा श्रीमान्‌को मृत्युपछि समाज र परिवारमा शान्ति कायम राखेर अगाडि बढ्नसक्ने महिलाको योगदानलाई अभिलेखिकरण गरिएको बताइन् ।

समूहकी अध्यक्ष कविता पाँडेले आफूहरू कम्बोडियाको भ्रमणमा जाँदा त्यहाँ शान्ति ग्यालरीको अवलोकन गरेपछि नेपालमा पनि यस्तो बनाउनुपर्छ भन्ने सोच आएको बताइन् ।

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x