×

NMB BANK
NIC ASIA

नेपालमा शुरु भयो विश्वकै फरक एभिएसन संग्रहालय

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौँ, १८ कात्तिक- एक व्यक्तिको रु सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा विश्वकै फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ खुलेको छ ।

इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद उप्रेतीले सञ्चालनमा ल्याएको उक्त म्युजियम विश्वकै फरक र अनौठो मानिएको छ ।

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । करिब रु २५ अर्ब ६४ करोड पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौँमा अवतरण गर्ने क्रममा विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको थियो । सो विमानलाई उप्रेती ट्रष्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गरेर संग्रहालय बनाएको हो ।

जम्मा आठ महिना उडेको उक्त विमान अत्याधुनिक र एकदमै महँगो एयरबस हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन संग्रहालयमा राखिएको छैन । विश्वकै ठूलो एभिएसन संग्रहालय संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा रहेकोे छ, तर यति महँगो एयरबस– ३३० अहिलेसम्म कतै राखिएको छैन, जुन नेपालका एक व्यक्तिको पहलले सफल भएको छ ।

“चारसय ४० जना यात्रु क्षमताको यो वाइडबडी विमान विश्वकै आधुनिक हो । पच्चीस अर्ब रुपैयाँभन्दा बढी महँगो विमान अमेरिकाले पनि राख्न सकेको थिएन, कसैले खरिद गर्ने हिम्मत पनि गर्न सक्दैन”– उप्रेतीले भने ।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमानचालक उप्रेतीले स्थापना गरेको संग्रहालयले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन संग्रहालय शुरु गरिएको क्याप्टेन उप्रेतीको भनाइ छ ।

प्रत्येक बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने सो संग्रहालय अवलोकनका लागि नेपालीलाई रु ३०० र विदेशीलाई रु ६०० शुल्क तोकिएको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई निःशुल्क र विद्यार्थी परिचयपत्र हुने अन्यलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने ट्रष्टले जनाएको छ । हाल एक महिनासम्म विद्यार्थीलाई रु १२५ मा प्रवेश दिइनेछ ।

विद्यार्थीका लागि मात्र उद्घाटन भनिएको म्युजियमको चाँडै औपचारिक उद्घाटन गरिने ट्रष्टले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले युवा पुस्तालाई आकर्षण गरी एभिएसन क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्यानले म्युजियममा सहकार्य गरेको बताए ।

क्यानको सिनामंगलस्थित आठ हजार वर्ग फिट जग्गामा उक्त म्युजियम बनाइएको हो । दशवर्षे साझेदारी रहेको म्युजियमले मासिक प्रतिवर्गमिटर रु ६०० तिर्नुपर्नेछ ।

एभिएसन म्युजियममा के छ ?

एभिएसन म्युजियमभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका ३५० भन्दाबढी ‘मिनिएचर’ मोडेल एयरक्राफ्ट राखिएको छ । एयरबस–३३० को ग्लास ‘ककपिट’, आधुनिक युद्धक विमान, सयौँ व्यापारिक एयरलाइन्सका विमान, नेपालको हवाई सेवा र नेपाली आकाशमा उडेका जहाज, इक्वीरेल हेलिकोप्टर आदिबारे कैयौँ ज्ञानवद्र्धक जानकारी उपलब्ध छ ।
musim
त्यसैगरी, एभिएसनको इतिहास, नेपालका महत्वपूर्ण प्राकृतिक सम्पदा, धार्मिकस्थलका तस्वीर समेटिएको एरियल फोटोग्राफी ९आकाशबाट खिचेका तस्वीर० प्रदर्शनी गरिएको छ । आगामी रणनीतिसम्बन्धी वृत्तचित्र हेर्न पाइने र नेपालको फिस्टेल एयरको हेलिकप्टर पनि संग्रहालयमा छ, जहाँबाट सेल्फी फोटो खिच्न सकिनेछ ।

यसले काठमाडौँमा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । यसअघि उप्रेतीले धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गर्नुभएको थियो ।

यसरी बनाइयो म्युजियम

त्रिविअविमा ग्राउण्डेड विमानलाई धावनमार्गबाट २०० मिटर परसम्म लैजान चार दिन लागेको थियो, जसले गर्दा विमानस्थल चार दिन बन्द भएको थियो ।

विशाल विमानलाई विमानस्थलको पूर्वी भागबाट संग्रहालय बनाइएको स्थानसम्म लैजान र जोड्न दर्जनौँ स्वदेशी तथा विदेशी प्राविधिकले लगातार चार महिनासम्म काम गरेका थिए । जम्मा नौ महिनामा म्युजियम तयार गरिएको हो । विमान खोल्न र जोड्नमात्रै एक लाख अमेरिकी डलर लागेको ट्रष्टका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताए ।

यो एयरबसको लम्बाइ २०८ फिट, पखेटाको लम्वाई १९७ फिट र उचाइ ५६ फिट छ । एक सर्वेक्षणअनुसार संसारभर अर्को एक दशकभित्र चार लाख ५० हजार नयाँ विमान प्राविधिक र तीन लाख ५० हजार पाइलट आवश्यक पर्नेछन् ।

नेपाललगायत कैयौँ देशमा अहिले नै दक्ष पाइलट अभाव रहेको स्थितिमा अन्तर्राष्ट्रिय उड्डयन संगठन ९आइकाओ० ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रमअन्तर्गत संग्रहालय सञ्चालन गरी युवा पुस्तालाई यो क्षेत्रमा आकर्षण गर्ने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।

उप्रेतीले दुई वर्षअघिदेखि कैलालीको धनगढीमा रु डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x