×

NMB BANK
NIC ASIA

धनुषामा निधिलाई बिरासत जोगाउन हम्मे, पाहुना बनेका महतोको अग्निपरीक्षा

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम १९ कात्तिक– मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । धनुषामा प्रतिनिधिसभाका लागि हुने ४ र प्रदेश सभाका लागि हुने ८ क्षेत्रमा मुख्य गरेर नेपाली कांग्रेस, राजपा र फोरम नेपाल गठबन्धन तथा माओवादी र एमाले गठबन्धन बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

धनुषामा राष्ट्रिय स्तरमा पहिचान बनाई स्थापित भईसकेका कतिपय नेताहरुको राजनीतिक भविष्य समेत यसपटक दाउमा लागेको देखिन्छ । प्रतिष्ठाको सवाल बनाएका सबै राजनीतिक दलका उम्मेदवारहरुले आफू नै जित्ने दावी गरिरहेका छन् ।

क्षेत्र नं. १ मा आनन्द ढुङ्गाना र मात्रिका यादव भिड्दै

धनुषाको संसदीय निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुङ्गाना र नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता मात्रिका प्रसाद यादव प्रतिस्पर्धा गर्दैछन् । ढुङ्गाना विगतमा ३ पटक प्रतिनिधि सभामा प्रत्यक्ष तर्फबाट निर्वाचित भईसकेका छन् भने पछिल्लो संविधानसभामा समानुपातिक कोटाबाट सांसद भएका थिए । पटक पटक मन्त्री भईसकेका ढुङ्गाना भन्छन, ‘देशमा लोकतन्त्र खतरामा छ । वृहत बाम एकताले लोकतन्त्र खतरामा परेको हो । देशको लोकतन्त्रको रक्ष ागर्नका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएको हो ।’

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता समेत रहेका मात्रिका यादव भने प्रत्यक्ष निर्वाचनमा पहिलो पटक मैदानमा ओर्लिएका छन् । माओवादीको सशस्त्र जनयुद्धमा संस्थापक नेता भई भारतको जेलमा समेत पक्राउ परेका यादव शान्ति बार्ता पश्चात अन्तरिम संसद गठन हुँदा सांसद बनाइएका थिए । त्यही बेला उनी मन्त्री समेत भएका थिए । संसदमा मैथिली भाषामा सपथ लिएर लोकप्रिय भएका मात्रिका पछि बन मन्त्रीबाट बर्खास्त गरिएका थिए ।

त्यसपछि माओवादी पार्टी परित्याग गर्दै छुट्टै नेकपा माओवादी पार्टी चलाएका यादव पछिल्लो बर्ष माओवादी केन्द्रमा प्रवेश गरेका थिए । ‘देश र जनताको समृद्धिका लागि माओवादी केन्द्रबाट उम्मेदवारी दिएको हो ।
जनताहरु पीडामा छन् । त्यो पीडाबाट मुक्ति दिलाउन उम्मेदवारी दिएको हो’ यादवले लोकान्तरसंग भने । त्यसैगरी उक्त क्षेत्रबाट संघीय समाजवादी फोरम नेपालबाट दिपक कार्कीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

प्रदेश तर्फ क्षेत्र नं. १ को (क) मा नेपाली कांग्रेसबाट प्रेम किशोर साह, फोरमबाट श्याम नारायण यादव र एमालेबाट किशोरी महतोले प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । कांग्रेसका साह निवर्तमान सांसद हुन । दोस्रो संविधान सभाको निर्वाचनमा साह धनुषाको ६ नम्बर क्षेत्र बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

त्यसैगरी क्षेत्र नं. १ को (ख) मा नेपाली कांग्रेसबाट रामउदय यादव, राजपाबाट रिता यादव र माओवादी केन्द्रबाट रामचन्द्र मण्डलले प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । मण्डल विगतमा माओवादीबाट दुवै पटक संविधान सभामा धनुषाको क्षेत्र नं. २ बाट निर्वाचनका लागि उम्मेदवार बनेपनि पराजित भएका थिए ।

क्षेत्र नं. २ मा कृषि मन्त्री यादव र पूर्वमन्त्री झा बीच प्रतिस्पर्धा

धनुषाको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट रामकृष्ण यादवले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । यादव अहिले नेपाल सरकारको कृषि मन्त्री हुन । उनी पहिलो र दोस्रो संविधान सभामा धनुषा क्षेत्र नं. २ बाट लगातार सभासद् भएका थिए । दुवै पटक निरन्तर जित्न सफल भएका यादव तेस्रो पटक समेत ह्याट्रिक लगाउने उद्देश्यले चुनावी मैदानमा ओर्लिएका छन् । कृषि मन्त्री यादव भन्छन, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कार्यान्वयन गराउन उम्मेदवारी दिएको हो ।’

उता यादवलाई चुनौति दिन नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता रामचन्द्र झाले समेत उम्मेदवारी दिएका छन् । विगतमा पटक पटक प्रत्यक्षबाट सांसद भईसकेका झा भने दोस्रो संविधान सभामा माओवादी केन्द्रबाट धनुषाको क्षेत्र नं.१ बाट पराजय भोगेका थिए । पहिलो संविधान सभामा एमालेबाट जितेका झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत भएका थिए । पछि एमाले छाडेर माओवादी गएका झा माओवादी समेत परित्याग गरी नयाँ शक्तिमा गएका झा स्थानीय तहको चुनाव अघि पुनः माओवादीमा फर्किएका थिए ।

संघीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रमा प्रतिनिधि सभाका लागि उमाशंकर अरगरियाले उम्मेदवारी दर्ता गराएका छन् । फोरम लोकतान्त्रिकको दुई नं. प्रदेशका संयोजक समेत रहेका अरगरियाले चुनावको मुखैमा फोरममा प्रवेश गरेका हुन । विजयकुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेपछि अरगरिया सहित धनुषाको अधिकांश फोरम लोकतान्त्रिकका नेताहरु फोरममा प्रवेश गरेका थिए । दोस्रो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. १ बाट फोरम लोकतान्त्रिको टिकट लिएर प्रत्यक्ष निर्वाचनमा लडेपनि अरगरिया पराजित भएका थिए ।

त्यसैगरी क्षेत्र नं. २ को (क) मा प्रदेश सभाका लागि नेपाली कांग्रेसबाट राजा गोईत, संघीय समाजवादी फोरम नेपालबाट शैलेन्द्र यादव र माओवादी केन्द्रबाट नबल साहले उम्मेदवारी दिएका छन् । त्यसैगरी २ को (ख) मा नेपाली कांग्रेसबाट भुपनारायण यादव, फोरम राजपाबाट रामअशिष यादव र नेकपा एमालेबाट रामचन्द्र मण्डलले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. ३ मा निधी र महतो बीच रोचक प्रतिस्पर्धा

धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । निधि देशको पुर्वउपप्रधान तथा गृहमन्त्री हुन । उनी धनुषाको निर्वाचन क्षेत्रबाट दुवै पटकको संविधानसभाको निर्वाचनमा लगातार जित हात पारेका थिए । कांग्रेसका पुर्व महामन्त्री समेत रहेका निधिलाई कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पटक कार्यबाहक सभापतिको जिम्मेवारी समेत दिईसकेका छन् ।

यता निधिलाई चुनौति दिन राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन् । महतो सर्लाहीको आफ्नो संसदीय निर्वाचन क्षेत्र छोडेर धनुषा आएका हुन । राजपा नेपालले स्थानीय तहमा जनकपुर उपमहानगरपालिकामा जितेका कारण पनि महतो धनुषा आएको बताइन्छ ।

महतो पनि विगतमा पटक पटक मन्त्री भईसकेका छन् । उता माओवादी केन्द्रबाट अहिलेको विना विभागिय राज्य मन्त्री रामसिंह यादवले प्रतिनिधि सभामा सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । उनी स्वास्थ्य राज्य मन्त्री थिए । अहिले उनलाई विना विभागिय राज्य मन्त्री बनाइएको छ । दोस्रो संविधानसभाको चुनावमा माओवादी केन्द्रले यादवलाई समानुपातिक कोटाबाट सभाषद बनाएका थिए ।

धनुषाको निर्वाचन क्षेत्र नं. ३ को (क) मा नेपाल कांग्रेसबाट रामसरोज यादवले प्रदेश सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यादव अहिले धनुषा कांग्रेसका सभापति समेत हुन । पहिलो संविधानसभाको चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक कोटामा उनी सभाषद भएका थिए । दोस्रो संविधानसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट सभाषदका लागि प्रत्यक्ष उम्मेदवारी दिएपनि यादव पराजित भएका थिए । यादव जिल्ला विकास समिति धनुषाका सभापति समेत भईसकेका छन् ।

त्यसैगरी ३ को (क)मा राजपा नेपालबाट कबिन्द्र ठाकुरले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर राजपा नेपालको केन्द्रिय कोषाध्यक्ष समेत हुन । पहिलो संविधान सभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीले ठाकुरलाई समानुपातिक कोटाबाट सभाषद बनाएको थियो । त्यसैगरी एमाले माओवादी गठबन्धनबाट नेकपा एमालेका दिपु यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषाको निर्वाचन क्षेत्र नं. ३ को (ख) मा नेपाली कांग्रेसबाट श्याम साहले प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । साह जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष पनि हुन । त्यसैगरी राजपा नेपालबाट परमेश्वर साहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य समेत रहेका साह विगतमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट धनुषा क्षेत्र नं. २ मा दुवै पटक संविधान सभामा पराजित भएका थिए । त्यसैगरी बाम गठबन्धनबाट कामेश्वर महतोले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

धनुषाको ४ मा मन्त्री यादव र पुर्व मन्त्री महासेठ भिड्दै

धनुषाको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट महेन्द्र यादवले प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यादव अहिले नेपाल सरकारको खानेपानी तथा सरसफाई मन्त्री हुन । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रिय अध्यक्ष समेत भईसकेका यादव विगतको दुवै पटकको संविधानसभाको चुनावमा समानुपातिक कोटाबाट सभाषद बनेका थिए । यादव पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्दैछन् ।

त्यसैगरी बाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रिय नेता रघुविर महासेठले प्रतिनिधि सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पहिलो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. ४ मा महासेठ पराजित भएपनि धनुषाको निर्वाचन क्षेत्र नं. ५ मा भएको उपनिर्वाचनमा उनी सभाषदमा निर्वाचित भएका थिए । त्यसपछि उनी सिंचाई मन्त्री पनि भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नं. ५ बाट महासेठ पराजित भएका थिए । उक्त क्षेत्रमा संघीय समाजवादी फोरम नेपालका महाजन यादवले पनि प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नं. ४ को (क) मा नेपाली कांग्रेसबाट डा.चन्द्रमोहन यादवले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । यादव पूर्वराष्ट्रपति डा.रामबरण यादवका छोरा हुन । दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्र नं. ५ बाट उनी निर्वाचित भएका थिए ।

त्यसैगरी ४ को (क) मा संघीय समाजवादी फोरम नेपालबाट ज्ञानेन्द्र यादवले उम्मेदवारी दिएका छन् । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जनकपुरको राराब क्याम्पसमा उनी सभापति समेत भईसकेका हुन । त्यसैगरी बाम गठबन्धनबाट बाबु साहेव यादवले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ४ को (ख) मा नेपाली कांग्रेसबाट बासलाल महतोले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नं. ७ बाट उनी पराजित भएका थिए । नेकपा एमालेका तर्फबाट वैकल्पिक पोलिटव्यूरो सदस्य समेत रहेका शत्रुधन महतोले उम्मेदवारी दर्ता गराएका छन् ।

पहिलो र दोस्रो संविधान सभामा धनुषा निर्वाचन क्षेत्र नं. ७ बाट लगातार दुई पटक प्रत्यक्ष निर्वाचनमा जितेर उनी सभाषद भएका थिए । पहिलो निर्वाचनमा निर्वाचित भएपछि महतो प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास राज्य मन्त्री समेत भएका थिए । त्यसैगरी राजपा फोरम गठबन्धनबाट राजकिशोर महतोले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय स्तरका प्रभावशाली नेताहरुको उपस्थितीले जनकपुरमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरुले प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने बिषयलाई मुख्य चुनावी एजेण्डा बनाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x