×

NMB BANK
NIC ASIA

धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन नदिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौँ, १९ कात्तिक - धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन गर्ने व्यवस्था नगर्न स्वधर्म संस्कृति संरक्षण अभियानले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेको छ । 

अभियानले प्रधानमन्त्री देउवालाई शनिबार ज्ञापनपत्र बुझाउँदै सरकारले धर्म परिवर्तन गर्ने, गराउने काममा पूर्ण बन्देजलगायत उचित दण्डको व्यवस्था गरेकामा त्यसलाई हटाउनुपर्छ भनी केही क्षेत्रबाट आवाज उठेकाले त्यो व्यवस्था गरिनु शंकास्पद र विवादास्पद हुने भएकाले ज्ञापनपत्र बुझाइएको संयोजक डा जयराज आचार्यले राससलाई जानकारी दिनुभयो । 

“धर्मनिरपेक्षताको अर्थ सबै धर्मलाई समान र सद्भावयुक्त रुपमा राज्यले हेर्ने भन्ने कुरालाई अपव्याख्या गरी धर्मान्तरणमा सरकारले कुनै अंकुश नलगाएको भनी लोभ, लालच, डर, धम्की वा अन्य कुनै हत्कण्डा अपनाई धर्म परिवर्तन, धार्मिक विकृति, विभेदको बीजारोपण गर्नेतिर केही कुत्सित मनसायका विधर्मी लागिपरेको देखिन्छ, जुन नेपालको राष्ट्रियता र राष्ट्रिय एकताका विरुद्ध केन्द्रित छ”, ज्ञापनपत्रमा भनिएको छ । 

संविधानको धारा २६, उपधारा ३ मा उल्लिखित धर्म परिवर्तन गराउन नपाइने भन्ने व्यवस्था हटाउन यस्ता वर्गले आवाज उठाउनुले नै धर्मान्तरणको षड्यन्त्रयुक्त उद्देश्य रहेको स्पष्ट हुन आउने अभियानले जनाएको छ । 

व्यवस्थापिका संसद्ले भर्खरै बनाएको फौजदारी कानून २०७४ को दफा १५८ का उपदफा १, २, ३ र ४ मा भएको व्यवस्थालाई परिवर्तन गर्न विभिन्न चलखेल भइरहेको संयोजक आचार्यले बताउनुभयो । सोअनुसार लोभ, लालच र डर धम्कीका भरमा धर्म परिवर्तन गराउन बन्देज लगाइएको छ । धर्म परिवर्तन गराए पाँच वर्ष कारागार र रु पचास हजार जरिवाना गर्ने प्रावधान राखिएको छ । 

सो व्यवस्था हटाउन विभिन्न समूहले दबाब दिनु सद्भाव र सहिष्णुतामा आँच आउने काम भएको अभियानको ठहर छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x