जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
प्रतिनिधि/प्रदेशसभाको दोस्रो चरणको निर्वाचन भोलि बिहीवार हुँदैछ । मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुनेछ ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ । भोलि हुने निर्वाचन नयाँ संविधान कार्यान्वयनको सबभन्दा महत्त्वपूर्ण चरण हो ।
देशका विभिन्न भागमा भइरहेका विस्फोटका घटनाका बाबजुद मतदाताहरू भोट हाल्नका लागि आतुर देखिएका छन् । मतदाताहरूमा देखिएको अभूतपूर्व उत्साह लोकतन्त्रको स्थायित्वको लागि सुन्दर पक्ष पनि हो ।
एक दशक लामो संक्रमणकाल अन्त्य गरेर राजनीतिक स्थिरता र मुलुकको आर्थिक समृद्धिको प्रवेशद्वारका रूपमा लिइएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा मुलुक छ । एक करोड २२ लाख ३९ हजार ९ सय ९३ मतदाताले बिहीवार प्रयोग गर्ने विवेकले नेपालको भविष्यको मार्गचित्र कोर्नेछ ।
मतदाताले गर्ने विवेक प्रयोगले नेपाल समृद्धिको मार्गमा लैजानेछ, देशलाई सुशासन र विकासको मार्गमा डोहो–याउनेछ । यसर्थ सचेत नागरिकले मतदानमा सहभागी हुनैपर्छ । यो निर्वाचनलाई अपार सफल पार्नुपर्छ ।
संविधानसभाले बनाएको नयाँ संविधानअनुसार पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुन लागेको हो । प्रदेशसभाको चुनाव नेपालमा पहिलोपटक हुँदैछ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेशसभाको चुनावले संघीयताको कार्यान्वयनलाई मूर्त रूप दिनेछ ।
राजनीतिक दलहरूले चुनाव प्रचारका क्रममा एउटै विषयलाई जोड दिएका थिए – राजनीतिक स्थायित्व र आर्थिक समृद्धि । आम मतदाताको अपेक्षा पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धि होस् भन्ने नै छ । यसर्थ निर्वाचनको नतिजा जुन दलको पक्षमा आएपनि लोकतन्त्रको विजय हुनेछ । भोलि हुने नयाँ निर्वाचनले देशलाई संक्रमणको युगबाट स्थायित्वको युगमा लैजानेछ । समृद्धिको युगमा प्रवेश गराउनेछ ।
युग परिवर्तन गराउने यो महासंग्राममा सक्रियतापूर्वक सहभागी हुनु सचेत नागरिकको दायित्व हो । मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउनु राजनीतिक दलको कर्तव्य र जिम्मेवारी हो ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...