×

NMB BANK
NIC ASIA

काठमाडौं, ३ पुस- राज्यका तीनवटै तह (संघ, प्रदेश र स्थानीय तह) को चुनावको अन्तिम परिणामपछि अब सरकार  गठन र ती निकाय सञ्चालनका लागि लाग्ने बजेटबारे बहस सुरु भएको छ । संविधानअनुसार अब सात ओटै प्रदेशमा तत्काल संसद र सरकार गठन हुँदा आधारभुत पुर्वाधार निर्माण गर्नुपर्नेछ । तर, सरकारी आयस्रोतको अवस्था हेर्दा स्रोत जुटाउन असहज रहेको सरकारी अधिकारीहरु बताउँछन् ।   

Muktinath Bank

अर्थमन्त्राल उच्च स्रोतकाअनुसार मंसिर महिनासम्मको सरकारी आयस्रोतको अवस्था निकै कमजोर अवस्थामा रहेको छ । खर्च र आयस्रोतबीच निकै असन्तुलत रहेको अर्थको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिलेको सरकारी स्रोत निकै कमजोर अवस्थामा पुगेको छ, मंसिर अन्तिमको बजेट घाटा नै ९६ अर्ब नाघिसकेको छ’ मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘तरपनि अर्थमन्त्रालयले स्रोतको खोजी गर्दै प्रदेशको आर्थिक खाका कोरिरहेको छ ।’


Advertisment
Nabil box
Kumari

सरकारले प्रदेशसभाका लागि बजेट छुट्याउदा प्रयाप्त गृहकार्य नभएको अर्थमन्त्रालयका अधिकारीहरुको गुनासो छ । यसअघि सरकारले सात प्रदेशका लागि ७ अर्ब रुपैयाँ बजेट छुट्याए पनि भए पनि प्रदेशको सांसद र संसद सचिवालयको प्रशासनिक खर्चमा ठूलो रकम लाग्ने देखिएको छ ।  

Vianet communication

सातवटै प्रदेशसभाको अस्थायी पूर्वाधार निर्माणमा करिब ६३ करोड, भवन निर्माणमा २ अर्ब ४५ करोड खर्च हुने सरकारी प्रक्षेपण छ । यसैगरी सुरुवाती कर्मचारी व्यवस्थापनका लागि १ अर्ब ४७ करोड खर्च हुने प्रक्षेपण गरिएको छ ।  
तत्कालका लागि प्रदेश सरकार गठनको आधारभूत खर्च कूल ४ अर्ब ५५ करोड लाग्ने सरकारी अनुमान छ । 

सातवटा प्रदेशसभामा रहने ५ सय ५० सांसदको लागि तलव, भत्ता लगायत सुविधाका लागि ठूलो धन राशी खर्च हुनेछ । यसका लागि मासिक २ अर्ब ५५ करोड खर्च हुने संसद सचिवायलको प्रक्षेपण गरिएको छ ।
यद्यपि संसद सचिवालयले खर्चको प्रक्षेपण गरे पनि  पनि सेवासुुविधालाई प्रादेशिक संसदले पदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार तोकिनेछ ।

यसैगरी प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्रीहरुको तलब भत्ता रहनेछ । 

संसद सचिवालयले हरेक प्रदेशका संसद खर्च २३ करोड ११ लाख रुपैयाँ र सचिवालय खर्च १३ करोड १३ लाख रुपैयाँका दरले प्रस्ताव गरेको थियो । सबै तहका संसदको खर्च भने ४ अर्ब २५ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । 

अन्तरिम संविधानपछि गठन भएको संबिधानसभा÷ व्यबस्थापिका संसदमा ६ सय १ सांसद रहेकोमा तलब भत्ता र संसद सञ्चालनको लागि १ अर्ब ४० करोड रुपैयाँमात्र खर्च हुँदै आएको थियो भने, अब संघ र प्रदेशमा गरेर कूल ८ सय ८४ सांसद रहनेछन् । 

बामपन्थी अर्थशास्त्री हरि रोका प्रादेशिक संरचनामा जादा खर्च बढेपनि राजश्व र आयका स्रोतहरु पनि बढ्ने विश्वास गर्छन । ‘सबै तहले आफ्नो लागि स्रोत जुटाउने पहल थाल्नु पर्दछ, केन्द्र सरकारले दिन्छ भन्नु भन्दापनि आत्मनिर्भर बन्ने तर्फ लाग्नु पर्छ’ रोकाले लोकान्तरसँग भने । 

यो पनि पढ्नुहोस्

संघीयता कार्यान्वयनः आर्थिक भार ह्वात्तै बढ्ने


 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x