×

NIC ASIA

चरम आर्थिक संकटमा कान्ति बाल अस्पताल, कर्मचारीलाई तलब खुवाउनै समस्या

पुस ६, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, ६ पुस– नेपालको केन्द्रीय बाल अस्पतालको रुपमा रहेको कान्ति बाल अस्पताल चरम आर्थिक संकटमा परेको छ । काठमाडौंको महाराजगञ्जमा रहेको अस्पतालले अहिले मासिक ८ घाटा व्यर्होदै आएको छ । 

Muktinath Bank

कर्मचारीलाई मासिक तलब खुवाउन मात्रै ९० लाख देखि १ करोड लाग्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको अन्य खर्च पनि पनि उत्तिकै हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालको मासिक आम्दानी भने गर्मीको मौसममा करिव १ करोड रहेको छ । यस्तै जाडो मौसममा विरामीहरु कम हुने हुँदा कात्तिकदेखि माघ महिनासम्म अस्पतालमा विरामीको चाप आधा कम हुन्छ । विरामीको संख्या घटेपछि अस्पतालको आम्दानी पनि आधा कम हुने र जाडोका महिनाहरुमा अस्पतालमा कर्मचारीलाई तलब दिन पनि समस्या पर्ने गरेको छ । 


Advertisment
Nabil box
Kumari

अस्पतालको आम्दानी घटे पनि अस्पतालमा रहेका कर्मचारीलाई तलब भने नियमित दिनुपर्ने हुन्छ । अस्पताललको आम्दानी नै नभए पनि कर्मचारीलाई जाडोको महिनाहरुमा तलब दिन समस्या परेको हो । ‘अहिले कर्मचारीलाई कसरी तलव खुवाउने भन्ने समस्या परेको छ,’ अस्पताल स्रोतले भन्यो । 

Vianet communication

अस्पतालमा डाक्टर, नर्स र अन्य गरी करिव ६ सय कर्मचारी रहेका छन् । जसमध्ये चार सय कर्मचारीलाई कान्ति अस्पतालको विकास समितिले नियुक्त गरेको हो भने साढे दुई सय कर्मचारी स्वास्थ्य मन्त्रालयले स्थायी नियुक्तिमा आएका हुन् । 

विकास समितिको नियुक्तिबाट आएका कर्मचारीले अस्पतालको आम्दानीबाट तलब पाउने गर्छन् । स्वास्थ्य मन्त्रालयबाट नियुक्ती पाएका कर्मचारीलाई मन्त्रालयले नै तलब पठाउँने गरेको छ ।  

नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्य मन्त्री रहँदा अस्पतालमा पठाइएका ६५ जना चिकित्सक सहितका कर्मचारी पठाइएको थियो । मन्त्रालयले आर्थिक वर्ष २०७३÷७४ का लागि वार्षिक एक करोड रकम समेत पठाएको थियो । 

अस्पताल र स्वास्थ्य मन्त्रालयबीच आर्थिक वर्ष २०७४/७५ का लागि तीन करोड दिने सहमती भएको थियो । तर स्वास्थ्य मन्त्रालयले निकासा गर्ने भनेको रकम अहिलेसम्म अस्पताललाई प्राप्त भएको छैन ।

मन्त्रालयले रकम निकासा नगरेपछि ती ६५ जना कर्मचारीको असार देखिको मासिक तलब पनि अस्पतालले नै ब्यहोर्दै आएको छ । ती कर्मचारीका लागि अस्पतालको मासिक ३० लाख खर्च हुने गरेको छ । त्यसले पनि अस्पताललाई आर्थिक भार परेको छ ।

अस्पताल प्रशासनले मन्त्रालयमा रकम निकासाको विषयमा पहल गरेपनि स्वास्थ्य मन्त्रालयले रकम पठाउने विषयमा चासो दिएको छैन । अस्पतालको राम्रो आम्दानी नहुँदा अस्पतालको सेवा समेत प्रभावित भएको छ ।

‘अस्पतालले कर्मचारीको तलब व्यवस्थापन गर्न नसक्ने अवस्थामा छ । आर्थिक संकटको कारण कान्ति अस्पताल कामचलाउ मात्रै बनेको छ,’ अस्पताल प्रशासनका एक अधिकारीले लोकान्तरसँग भने । 

अस्पतालमा करारमा कार्यरत नर्सहरुले जागिर छाड्ने क्रम पनि उत्तिकै बढेको छ । अस्पतालले छ महिनासम्म काम गरेका कर्मचारीलाई जागिर छोड्दा विदा बापतको रकम भुक्तान गर्नुपर्ने हुन्छ । स्टाफ नर्सहरुको राजीनामाले अस्पताललाई आर्थिक भार बढ्नुका साथै अस्पतालको सेवा प्रवाहमा समेत समस्या परेको छ । 

लामो समयदेखि अस्पतालमा कति र कस्ता कर्मचारी आवश्यक छ भनेर अध्ययन नै भएको छैन । पहिला जति छन् त्यतिबाटै काम चलाउने गरिएको छ । आवश्यक पर्ने दक्ष चिकित्सक र नर्सहरुको अभावमा अप्रेसन गर्नुपर्ने विरामीहरुले उपचारका लागि एक वर्षसम्म पालो कुर्नुपर्ने अवस्था छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x