×

NMB BANK
NIC ASIA

यो वर्षको हिउँदको मध्यान्तर कटिसक्दा माघ दोस्रो साता देशभर हल्का वर्षा भयो ।  उच्च पहाडी तथा हिमाली जिल्लामा हिउँ समेत पर्‍यो । माघको दोस्रो साताको बुधबार एकाएक बदलिएको मौसमपछि साँच्चै प्रकृति फूलाउने गरी राजधानी उपत्यका वरिपरी पनि हिउँ पर्‍यो ।

Muktinath Bank

भनिन्छ, ‘आफैसँग भएको वस्तु त्यति प्रिय लाग्दैन, जति टाढाको वस्तुको याद आउँछ ।’ यही भनाइजस्तै यो वर्षको माघमा परेको हिउँ भेट्न हामी पनि काठमाडौं उपत्यका छेउकै लेक फूलचोकी गयौँ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिउँदमा हिउँ पर्दा चिसो मात्रै महशुस हुँदैन, एक तरिकाले प्रकृति फूलेको पनि महशुस गर्छन् मानिसहरु । त्यसैले पनि होला हिउँ पर्दा कठ्यांग्रिदो चिसोमा हिउँसँग लडिबुडी गर्न पनि पछि पर्दैनन् ।


Advertisment
Nabil box
Kumari

एक उत्साहको यात्रा

Vianet communication

बिहीबार बिहानै काठमाडौंको बागबजारबाट हाम्रो यात्रा सुरु भयो । फूलचोकी पुगेर हिउँसँग खेल्दै राजधानी खाल्डोका लागि तस्वीर उपहार बोकी ल्याउने सपनासहित सहकर्मी गगन र म चिसो छिचोल्दै गएका थियौँ ।

उत्साहको यात्रामा कठ्याङ्ग्रिदो चिसोले खासै असर गरेन । उसो त जाउलाखेल नपुग्दै सहकर्मी गगनले मेरा हात कठ्याङ्ग्रिए नभनेको होइन । तर, हिउँ फूलेको फूलचोकी हेर्ने रहरभन्दा त्यो समस्या निकै सानो थियो । हामी करिब साढे ८ बजे गोदावरी पुग्यौँ ।

उत्साहको यात्रामा एक सानो बाधा पनि आयो, गोदावरीमै हामी जाँदै गर्दा बाटोमा दूई कालो रंगका भुस्याया कुकुरले बाटो काट्न थाले, मोटरसाइल चलाइरहेका सहकर्मीले बचाउन खोज्दा एक बल्ड्याङ खानुपर्‍यो । अझ भनौँ कालोपत्रे सडकमा हामी पछारियौँ । जसका कारण खासै चोट नलागे पनि हाम्रो यात्रामा आधा घण्टाको ढिलाई भयो । ९ बजिसक्दा यात्रा फेरि शुरु गर्‍यौं । 

ललितपुरको गोदावरीबाट करिब १४ किलोमिटरको दूरीमा रहेको फूलचोकी समुद्री सतहदेखि २ हजार ७ सय ९१ मिटर उचाइमा छ । हिउँ फूलेको फूलचोकीसँग रमाउने उत्साहसहित हामी जति उकालो लाग्थ्यौँ, त्यति चिसो बढ्नु स्वभाविकै थियो । चिसोसँगै फूलेको प्रकृति साँच्चिकै मनमोहक थियो । 

काठमाडौं बसेको वर्षौं भए पनि हिउँ फूलेको फूलचोकी स्पर्श गर्ने मौका पहिलोचोटी जुरेको थियो । त्यसैले पनि होला सहकर्मीको भन्दा मेरो उत्साह बढी नै थियो ।  सहकर्मीले चलाएको मोटर साइकलपछाडि बसेर बाटोछेउमा राखिएको माइलस्टोन चियाउनमै व्यस्त थिएँ म । चिसो सिरेटोले आफ्नो निधार नै अर्काको हो कि भएको बेला त्यसको बेवास्ता गर्दै म अब ८ किलोमिटर बाँकी, अब ७ किलोमिटर बाँकी भन्नमै व्यस्त रहे । 

यात्रामा अनेक समस्या झेल्नु नै पर्ने रहेछ, हाम्रो छोटो दूरीको यात्राले पनि यो कुरा प्रष्ट पारिसकेको थियो ।  फूलचोकी ७ किलोमिटर बाँकी लेखेको माइलस्टोन पार गरेको एक घुम्ती माथि पुग्दा मोटरसाइकलमा समस्या देखियो । अझ भनौँ मोटरसाइकलले त्यो माथि चढ्न असहमति जनायो । 

तर, हिउँ फूलेको फूलचोकी पुगेर उपत्यावासीसँगै आम नेपालीका लागि तस्वीर बोकी ल्याउने हाम्रो योजनामा कुनै बाधा आएन । मोटरसइकल  त्यहीँ बाटो छेउमा राख्दै हामीले पैदलयात्रा सुरु गर्‍यौँ । त्यसपछिको हाम्रो यात्रामा कयौं साथी भेटिए । 

हिउँले नै कयौं आफन्त खाइदिएको सकसपूर्ण जीन्दगी चलाउन बाध्य हिमाली जिल्लाका बासिन्दाका लागि जहरजस्तै बन्ने हिउँ सुविधासम्पन्न ठाउँका लागि रहर नै हुन्छ । त्यसैले होला, फूलचोकी ७ किलोमिटर माथि लेखिएको माइलस्टोन गरेपछि हाम्रो पैदलयात्रामा कयौं साथी भेटिए । उनीहरु काठमाडौं उपत्यकाबाट हामीभन्दा पहिल्यै हिउँ फूलेको फूलचोकीसँग खेल्ने रहरले निस्किसकेका रहेछन् । 

सदाबहार फूलचोकी

काठमाडौं खाल्डोभित्र गर्मीले हैरान बनाएका बेला वा जाडोले कठ्याङ्ग्रिएका बेला नजिकका हरियाली डाँडाहरू सबैका प्रिय बन्न पुग्छन् । हिउँदमा हिउँ खेल्न अनि गर्मीमा चिसोमा रमाउन काठमाडौं आसपासका अग्ला डाँडाहरू राजधानीवासीका लागि फुर्सद बिसाउने अब्बल गन्तव्य हुन् । 

केही वर्ष पहिला पिकनिक स्पटका रूपमा चिनिने गोदावरी माथिको फूलचोकी डाँडा हाइकिङका लागि जून समय पनि प्रिय छ । 

आधुनिकीकरणको स्वादमा दिक्क हुँदा मौलिक स्वाद चाखेर पुनर्ताजकी ल्याउन जाने डाँडा पनि हो फूलचोकी । त्यसैले पनि होला फूलचोकी उपत्यका वरिपरिका सबै डाँडाभन्दा अग्लो स्थानमा पर्ने, गर्मीमा चिसो स्वाद चाख्न र हिउँदमा सेताम्य हिउँ खेल्न पाइने भएकाले उपत्यकावासीको रोजाइमा पर्नेगर्छ । त्यसैले त फूलचोकी उपत्यकावासीका लागि एक सदाबहार गन्तव्य बनिरहेको छ ।

प्रशस्त हिउँ नै पर्दैन आजभोलि

हिउँ पर्ने भएकाले नै यो मौसमलाई नेपालीमा हिउँद भनिएको हो । तर, फूलचोकीको यात्रा छोटिँदै गर्दा यो वर्ष हिउँ प्रशस्त नपरेको स्पष्ट भयो । केही वर्ष पहिलासम्म गोदावरीसम्मै हिउँ ल्याइदिने फूलचोकीमा यो वर्ष डाँडाँमै प्रसस्त हिउँ थिएन । उत्साहले भरिएको मन जति माथि पुग्यो त्यति खिन्न हुँदै गयो ।

सहकर्मी गगनले जंगलमा झाडीमा पुगेर हिउँ खोजीखोजी केही तस्वीर लिए । उनलाई भनेर कार्यालयको क्यामेरामा मैले पनि १/२ वटा तस्वीर लिन भ्याएँ । 

वास्तवमा पछिल्ला वर्षहरुमा फूलचोकीले हिउँदमा प्रशस्त हिउँ फूलाउन छाडेको रहेछ । जानकारहरुका अनुसार केही वर्ष पहिलासम्म पनि फूलचोकीमा ५/६ फिटसम्म हिउँ पर्ने गर्थ्यो । पछिल्ला वर्षहरुमा नमुनाका लागि मात्रै थोरै हिउँ पर्ने गर्छ ।

यति मात्रै होइन, पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण समयमा पानी नपर्ने, बेमौसमी पानी पर्ने क्रम बढेको छ । यसका कारण हिउँ फूलाउने फूलचोकी जस्ता डाँडाँहरुले पनि घाटा व्यहोर्नुपरेको छ ।

प्रमुख गन्तव्य बन्न सक्छ

हाम्रो पैदल यात्रामा ३/४ वटा खुद्रा पसले भेटिए । ‘चाउचाउको कति हो दाइ ?’ एक घुम्तीमै राखिएको पसलमा गएर मैले सोधेँ ।

उनले उत्तर दिए, ‘३० रुप्याँ’  

‘किन यस्तो महङ्गो, भो नखाने’ मैले एकैचोटीमा सकाएर फर्किएँ ।

मेरो उत्तर नसकिँदै उनको उत्तर थियो, ‘२० रुप्याँमा खान त तलै झर्नुस् न !’ 

घुम्तीबाटै पारी देखिने हिमालजत्तिकै अग्लो हुने प्रतिस्पर्धामा तस्वीर लिइरहेका ४/५ जना किशोरहरु गलल्ल हाँसे । 

पसल नै नभएको त्यो घनघोर जंगलमा बोकेर लगिएको सामानको मूल्य उनको भाषामा ठिकै थियो, मैले खास गुनासो गरिन् । बरु फूलचोकीले २/४ जना मिहेनतिलाई व्यापार गर्ने अवसर जुटाइदिएकोमा मनमनै धन्यवाद दिए । फूलचोकी वर्षौंदेखि आन्तरिक पर्यटकको गन्तव्य बनिरहे पनि डाँडाकै वरपर होटल तथा लजहरू भने छैनन् । 

माथि भनिएको दोहोर्‍याउँदा फूलचोकी वर्षौंदेखि आन्तरिक पर्यटकको मनमोहक गन्तव्य बनिरहेको छ । फाट्टफुट्ट विदेशीहरु पनि पुग्ने गरेको पाइन्छ । काठमाडौंबाट गोदावरी पुग्न १४ किलोमिटर सडक यात्रा गर्नुपर्छ भने, ललितपुरको सातदोबाटोबाट डाँडासम्मको दूरी २१ किलोमिटर मात्र छ ।

२ हजार ७ सय ५० मिटर उचाइमा रहेको फूलचोकीमा चराचुरुङ्गी दृश्यावलोकनका लागि स्वदेशी तथा विदेशी विद्यार्थीहरू पुग्छन् । त्यतिमात्रै होइन आकाश खुला भएका बेला फूलचोकीबाट गौरीशंकर हिमाल तथा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।

सरकारले नयाँ ट्रेकिङ ट्रेलका रूपमा फूलचोकी (चम्पागिरी) दहचोकको रुट विस्तारको तयारी समेत गरिरहेको छ । यो ट्रेकिङ रुट सञ्चालनमा आएपछि भने फूलचोकीको यात्रा साँच्चै रमणीय हुनेछ ।

तर, काठमाडौं नजिकैको एक प्राकृतिक गन्तव्य रुपमा विकास गर्नेतर्फ लागेको भने देखिँदैन । रातको बास गोदावरीमा आएर बस्नुपर्ने अवस्था छ, सुविधा सम्पन्न रिसोर्ट तथा होटलहरू छैनन् । 

अन्त्यमा फूलचोकी उपत्यका नजिकैको एक मनमोहक प्राकृतिक पर्यटकीय गन्तव्य हो भन्ने कुरामा दुई मत छैन । नेपालमा पनि पर्यटकीय अवधारणको विकास उकालो लागिरहेका बेला हामीले यस्ता सजिला गन्तव्यलाई पनि आर्थिक आयआर्जनको एक महत्वपूर्ण आधार बनाउन सक्छौँ । 

माथि भनिएझैँ जलवायु परिवर्तनले समेत वातावरणमा गम्भीर असर पारिरहेका बेला यसको मौलिक, प्राकृतिक पहिचान जोगाउनतिर समेत ध्यान जानुपर्छ । जसका कारण धुलाम्मे काठमाडौंवासीले आफूसँगै बाह्य पर्यटकहरुलाई समेत नजिकैको गन्तव्यको यात्रा गर्दै पुनर्ताजकीको अनुभूति दिलाउन सक्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x