×

NMB BANK
NIC ASIA

विश्वका उत्कृष्ट सय टूर गाइडभित्र १२ नेपाली, पाए अन्तर्राष्ट्रिय अवार्ड

चैत ७, २०७४

NTC
तस्वीर : अवार्ड पाउने १२ नेपालीमध्ये १० जना
Premier Steels

काठमाडौं, ७ चैत- १२ जना नेपाली पर्यटक पथ प्रदर्शक (टूर गाइड)ले ग्लोबल टूर गाइड अवार्ड पाएका छन् ।

Muktinath Bank

विभिन्न देशबाट नेपाल घुम्न आउने पर्यटकहरूले नेपालमा रहँदा गाइडसँगको समीक्षात्मक अनुभूतिका आधार टूरएचक्यू नामक एक सञ्जालले गरेको उक्त मुल्याङ्कनमा १२ जना नेपाली टूर गाइड अटाउन सफल भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटकहरूले विभिन्न देशमा जाँदा आफूले घुमेको गन्तव्य तथा गाइडहरूको व्यवहार, क्षमता तथा जानकारीलाई आधार मानेर लेखिएका प्रतिक्रियाको आधारमा टूरएचक्यूले संसारभरबाट छानेका १ सय जना टूर गाइडहरूलाई अवार्ड प्रदान गरेको हो । नेपालबाट अवार्ड पाएका १२ जना मध्ये पोखराका हेमराज बास्तोला पहिलो नम्बरमा परेका छन् । उनी सूचीमा १३औं नम्बरमा छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी नेपालबाट दोस्रो नम्बरमा परेका सुशान मानन्धर १७औं नम्बरमा नेपालबाट तेस्रो हुन सफल पारसमणि अंगाईं ३४औं नम्बर छन् ।

Vianet communication

यसैगरी उत्कृष्ट एक सयको सूचीमा राजेन्द्र धमला ४५औं, शिव सेढाईं ५१औं, जयनारायण भण्डारी ५७औं, अनिल मानन्धर ५८औं, दीपक अर्याल ६९औं, अशोक सिलवाल ७०आंै, विकास श्रेष्ठ ७६औं, सुरज गुरुङ ८१औं, पूर्ण कार्की ९०औं स्थानमा पर्न सफल भएका छन् ।

कुल २६ हजार ५१ जना गाइडहरू सहभागी रहेको टूर एचक्यूमा १३ हजार १ सय ४० वटा टूर को ४ हजार ६ सय ८८ गन्तव्यको समीक्षा गरिएको थियो ।

यसवर्ष ग्लोबल अर्वाडमा अमेरिकाको रेण्डी बिब पहिलो, ताञ्जानिया माउन्ट किलिमञ्जरोका डेनिस सायो दोस्रो र श्रीलंकाका दमिथ दिलसान (दम) तेस्रो भएका छन् ।

‘टूर गाइड पेशा व्यवस्थित भएन’

नेपालबाट उत्कृष्ट एकसयभित्र पर्न सफल गाइडहरूले आफूले गरेको कामको मूल्यांकन भएकोमा खुशी व्यक्त गरेका छन् । तर नेपालमा आफ्नो उचित मूल्याङ्कन हुन नसकेको बताएका छन् ।

नेपालीमध्ये सबैभन्दा अघि रहेका टूर गाइड पोखराका हेमराज बास्तोलाले आफूले गरेको इमान्दारी मूल्याङ्कन भएकोमा खुशी भए पनि नेपालमा यस्ता किसिमका निष्पक्ष कार्यक्रम हुन नसक्नु दुःखद् भएको बताए । उनले गाइड पेशालाई व्यवस्थित बनाउन सके नेपाली पर्यटन उद्योगले फट्को मार्न बेर नलाग्ने बताए ।

उनले भने, ‘हामीले नेपालबारे विदेशी पर्यटकहरूलाई जानकारी गराउँछौं, यसले नेपालबारे प्रचारप्रसार हुन्छ, हामीले गरेको व्यवहारका आधारमा पर्यटकहरूले रिभ्यु लेख्छन् । त्यही आधारमा मूल्यांकन गरिन्छ । यो खुशीको कुरा हो । तर नेपालमा पनि हामीलाई यो पेशाप्रति अपनत्व महसुस हुने गरी सही मूल्यांकन गर्न सकेको छैन, गाइडलाई अघोषित राजदूत भनिन्छ, तर हामीले दिने जानकारीबारे राज्य नै अनभिज्ञजस्तै देखिन्छ ।’

नेपालबाट तेस्रो नम्बरमा पर्न सफल गाइड पारसमणि अंगाईं भने नेपाली टूर गाइडलाई राज्यले उचित मुल्यांकन गर्न नसकेको बताउँछन् । टूर गाइडहरूले समय सान्दर्भिक पारिश्रमिक पाउन नसकेको बताउँदै नेपालमा यो पेत्रमा कार्यरत संघ संस्थाहरूले यो पेशालाई मर्यादित बनाउन नसकेको गुनासो गर्छन् ।

उनले भने, ‘पछिल्लो समय उचित पारिश्रमिकसमेत नपाउँदा विदेशी पर्यटकमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक सूचना सम्प्रेषण गर्ने टुरिष्ट गाइडहरू पलायन हुन थालेका छन् । नेपाल घुम्न आउने विदेशीहरूलाई नेपालका विभिन्न क्षेत्रको जानकारी दिने जिम्मा लिएका दक्ष गाइडहरू पलायन हुँदा नेपालबारे गलत सूचना जाने खतरा बढेको छ ।’

उनले टूर गाइड पेशालाई व्यवस्थित बनाउन राज्यले चाहे पर्यटन उद्योग व्यवस्थित हुने उनको भनाइ छ । उत्कृष्ट सयभित्र पर्न सफल अशोक सिलवालले विश्वभरीका २६ हजारभन्दा बढी गाइडभित्रबाट छानिएका एकसय जनामा नेपालका १२ जना पर्नुले नेपाल आउने पर्यटकहरू खुशी भएर बुझिए पनि यो पेशालाई मर्यादित र व्यस्थित बनाउन राज्यले ध्यान दिनुपर्ने छ ।

उनले भने, ‘टूर एचक्यूको मूल्याङ्कनले अन्तर्राष्ट्रिय बजारमा नेपालबारे राम्रै सन्देश जान्छ । तर, कुनै पनि देशको बारेमा अन्तर्राष्ट्रिय बजारमा सही सूचना सम्प्रेषण गर्ने हुँदा टूर गाइडलाई देशको राजदूत समेत भन्ने गरिन्छ, तर हामी हाम्रा सम्पदाबारे धेरै जानकार नै छैनौं कि भन्ने भान हुन्छ ।

यसर्थ नेपालको पर्यटन तथा यहाँ सम्पदाबारे एकैखाले सही जानकारी सबै गाइडलाई हुन जरुरी छ । यसमा राज्यका जिम्मेवार निकायले भूमिका खेल्नुपर्छ ।’

टुर गाइडले वर्षभरिमा गरेको काम बाहेकका सबैदिन अध्ययनमा खर्च गरी आफूलाई ज्ञानको धनी बनाउन सके पर्यटन क्षेत्र नै व्यवस्थित मर्यादित हुने सिलवालको धारणा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x