×

NMB BANK
NIC ASIA

लघुवित्तमाथि कडाइ गर्दै राष्ट्रबैंक, गभर्नर नेपालले दिए निर्देशन

चैत १२, २०७४

NTC
Premier Steels

काठमाडौं, १२ चैत-नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले लघुवित्त कम्पनीहरूले गरेको लगानी र प्रतिफलको तथ्यांक संकलन गर्न सम्बन्धित महाशाखाहरूलाई निर्देशन दिएका छन् ।

Muktinath Bank

लघुवित्त (माइक्रोफाइन्स) उद्योगमा देखिएका जोखिम तथा व्यवस्थापनका विषयमा काठमाडौंमा शुरु भएको २ दिने कार्यशाला गोष्ठीको उद्घाटन शत्रमा बोल्दै गर्भनर नेपालले लघुवित्त कम्पनीहरूले आफ्नो उद्देश्यभन्दा बाहिर काम गर्ने गरेको पाइएकाले कडाइका साथ नियमन गर्दै नीति बनाउन सम्बन्धित महाशाखाहरूलाई निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्रामीण क्षेत्रमा व्यवसायको अवधारणा सिकाउँदै लगानी गरी निम्न विपन्न वर्गलाई माथि उठाउने उद्देश्य भए पनि लघुवित्त कम्पनीहरूले जथाभावी लगानी गर्ने गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा बोल्दै उनले भने, ‘माइक्रोफाइनान्सहरूले बाटोमा भेटेको मानिसलाई लैजा न लैजा भनेर दिने गर्ने गरेको सुनिन थालेको छ, त्यो मानिसले पैसा कहाँ खर्च गर्छ भन्नेसमेत टुङ्गो हुँदैन । त्यसैले यसको प्रतिफल के हो कति यसबाट लाभान्वित छन्, भन्ने कुराको तथ्यांक संकलन गर्नुस् ।’

Vianet communication

यसैगरी कार्यशालामा आएका गुनासो तथा तथ्यांकका आधारमा गर्भनर नेपालले लघुवित्त कम्पनीहरूले कहाँ कति कहिलेसम्म लगानी गरे त्यसको प्रतिफल के भयो भन्ने तथ्यांक संकलन गर्न लघुवित्त विभागका प्रमुख जनकबहादुर अधिकारीलाई निर्देशन दिए ।

उनले एकजना व्यक्तिले २ भन्दा बढी लघुवित्तबाट कर्जा नलिने नीति बनाइने भन्दै त्यसका लागि अनिवार्य कर्जा सूचना केन्द्रमा सूचना दिने व्यवस्था गर्नसमेत राष्ट्र बैंकका सम्बन्धित विभागलाई निर्देशन दिए । 

लघुवित्त संस्थाहरूले व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्ने भए पनि प्रभावकारी काम गर्न नसकेको र आवश्यक ठाउँमा लगानी गर्न नसक्दा लगानीको दुरुपयोग हुँदै पैसा डुब्ने काम भइरहेको बताए ।  

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल ६ सय अर्बको लगानीमा ६५ वटा लघुवित्त संस्था सञ्चालनमा रहेका छन् ।

लघुवित्त संस्थाले अनुमति पाएपछि राष्ट्र बैंकले ४० अर्बसम्म निव्र्याजी ऋण लगानी गर्ने प्रावधान छ ।

लघुवित्त संस्थाहरुमा करीब २५ लाख ७५ हजार मानिसको आबद्धता रहेको छ भने ती संस्थाहरूले १ खर्ब १५ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x