बैशाख ४, २०८१
नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...
प्रकाशशरण महतको हवाला दिँदै बीबीसी नेपाली सेवामा आएको जानकारी साँचो हो भने सिंहदरबार हाँकेर बसेकाहरूलाई यतिखेर राजदूत नियुक्तिको विषय प्राथमिकतामा पार्न मन लागेछ।
नेपालसित कूटनीतिक सम्बन्ध भएका देशहरूमध्ये १३ वटा हाल नियोग-प्रमुख नभएको अवस्थामा छन् भन्ने कुरालाई आधार बनाई आफन्त र आफ्नो दललाई चन्दा,सहायता दिनेलाई राजदूतको पगरी गुथाउने तारतम्य हुन लागेको बुझिन्छ। “संयुक्त सरकार भएकोले मिलाउनुपर्ने बाध्यता हुन्छ नै“ भन्ने परराष्ट्रमन्त्रीको कथनले नियुक्तिको आधार दलगत भागबण्डा हुने प्रष्टै छ। अर्थात् विदेशमा यस देशका प्रतिनिधि भै जाने व्यक्तिहरूको योग्यता र कार्यकुशलताबारे ढुक्क हुने स्थिति छैन।
पटक-पटक प्रश्न उठाइएको विषय हो, अहिले नेपालमा बहाल रहेको सरकारको वैधानिकता छैन। रकमी ढङ्गले कागजी वैधता देखाउनु एक कुरो हो, तर यसको राजनीतिक वैधानिकता कायम छैन। संविधान तर्जुमा गर्ने प्रयोजनका लागि निर्वाचित संविधानसभाको काम ३ असोज २०७२ मै सकियो। त्यो सभा तत्काल विघटन गरी नयाँ निर्वाचनपछि गठन हुने संसद् मात्र वैधानिक संसद् हुने हो।
जनताको मत सीमित कार्यको लागि लिइएको हुँदा त्यसबाट असीमित कार्यहरू गराउन मिल्दैन। अहिलेको कालखण्डलाई अहिलेकै सत्ताधारीहरूले समेत संक्रमणकाल भन्दै आएका छन्।
स्पष्टै छ, यस्तो अवस्थाको ‘रूपान्तरित’ संसद् र त्यसको टेकोमा टिकाइएको सरकारले मुलुकमा दूरगामी असर पर्ने र दायित्व सिर्जना हुने नीति अख्तियार गर्न वा निर्णयहरु गर्न मिल्दैन। त्यसैले नेपालको परराष्ट्र सम्बन्धलाई दीर्घकालीन असर पार्नेगरी राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन खोज्नु ज्यादती हुनेछ।
अमेरिकामा नयाँ राष्ट्रपतिको आगमनपछि चीन र रूस समेतका शक्तिशाली राष्ट्रहरूबीच खिचातानी चर्केका बखत रूस, अष्ट्रेलिया, डेनमार्क र इजरायलजस्ता मुलुकमा जस्तो पायो त्यस्तो मानिसलाई राजदूतको जिम्मेवारी दिइपठाउनु अरिपक्व कार्य हुन जान्छ।
माथि नै भनियो, अहिलेको सरकारसित वैधानिकता वा हैसियत छैन। निर्वाचित सरकार आएपछि त्यसले आवश्यक परिवर्तनका उपाय अवलम्बन गर्न सक्छ। नियुक्ति र हेरफेरका प्रसङ्ग त्यतिबेला आउलान् नै । परन्तु त्यस स्थितिमा पनि नेपालजस्तो मुलुकले कतिवटा र कस्ता-कस्ता देशमा कूटनीतिक नियोग खोल्नु अथवा कायम राख्नु उचित हुन्छ त्यसको समग्र समीक्षा गरेर मात्र निर्णय लिनुपर्ने हुन्छ।
खाडीक्षेत्रका ओमान, बहराइन जस्ता साना देशमा दूतावास खोल्नुको औचित्य देखिँदैन। व्यक्ति विशेषलाई लाभको पद दिने वा बिक्री गर्ने हालैका वर्षको परिपाटी समाप्त नगरिकन हुँदैन।
कताकति तर्क सुनिन्छ, नेपाली श्रमिकहरू भएका देशमा दूतावास आवश्यक हुन्छ। तर यथार्थ के होभने नेपाली श्रमिकहरूको सुरक्षा नेपालको दूतावासले गर्ने नै होइन; नेपालको अनुरोधमा आतिथेयी देशले गरिदिने हो। नेपालका प्रहरी, सुरक्षाकर्मीहरूले अर्काको भूमिमा गएर नेपाली कामदारलाई सुरक्षा दिने प्रश्न नै आउँदैन।
त्यसैगरी, ब्राजिल, इजिप्ट, क्यानाडा जस्ता देशमा दूतावास राख्नु अति खर्चिलो कार्य हो; तसर्थ यस्ता कुरामा पुनर्विचार हुनैपर्छ। बरु छिमेकी सार्क-सदस्य भूटानमा नेपालको दूतावास खोल्न तत्परता देखाए पारस्परिकता दर्शाउन थिम्पूलाई पनि प्रोत्साहन हुनेछ। सोझो, दोहोरो सम्पर्क हुँदा शरणार्थी समेतका मामिला सुल्झाउन मद्दत पुग्ने कुरामा सन्देह छैन।
नेपालको राजनीतिक भूगोलले सिमाना जोडिएका दुई छिमेकी भारत र चीनसितको सम्बन्ध मजबूत अपरिहार्य तुल्याएको छ; त्यसका अतिरिक्त संयुक्त राष्ट्रसंघीय निकायहरूसितको सम्पर्क बाक्लो राख्नु हाम्रो लागि हितकारी हुन्छ। सुरक्षा परिषद्का पाँच स्थायी सदस्य-राष्ट्रको अन्तर्राष्ट्रिय घटनालाई प्रभावित गर्ने शक्ति भएको हुनाले अमेरिका, बेलायत, फ्रान्स, रूस र चीन निरन्तर सम्पर्कमा रहनुवाञ्छनीय हुने कुरा निर्विवाद छ।
युरोपमा रहेको जर्मनीको र एसियाको जापानको अन्तर्राष्ट्रिय भूमिकाको व्याख्या आवश्यक नै पर्दैन। अतएव, नेपालको हित र समुन्नतिको लागि उपयोगी हुने देश र संस्था भएका स्थानमा मात्र दूतावास कायम राख्ने दूरदर्शी नीति अपनाउनु बुध्दिमानी हुने देखिन्छ। हतारको पहल प्रत्युत्पादक हुने खतरा रहन्छ।
नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...