×

NMB BANK
NIC ASIA

दर्शकका आँखा रसाउने त्यो गीत, जसले सत्यकलालाई चिनायो

कात्तिक २०, २०७४

NTC
Premier Steels
तिमीलाई हङकङ पुर्‍यायो... हङकङ आइडी काडैले

कुनै बेलामा नेपाली संगीत पारखीको मुखमा झुण्डिएको गीत हो यो । यही गीतले सत्यकला राई सांगीतिक भ–याङ चढेर अग्लो मञ्चमा पुगिन् । सानैबाट गीत गाएर ‘गायिका’ का रूपमा चिनिने उनको रहर शुरुमै सफल भयो ।
बेलाबेलामा उनलाई आमाले भन्ने गर्नुहुन्छ, ‘तिमी बोल्ने भएदेखि नै गीत गुनगुनाउँथ्यौ ।’

खोटाङमा उनको बाल्यकाल त्यति असहज रहेन । घर परिवारमा समस्या के हो भन्ने कुराको महसूस समेत भएन । पञ्चायतकालमा बुवा गाउँका प्रधानपञ्च थिए । घरमा जिल्लाका नेतासमेत आइरहन्थे । बेलाबेलामा गीत गाउने महफिल बन्थ्यो । ‘मेरो बुवाले असाध्यै मीठो गाउनुहुन्थ्यो । म त बुबाको गायकीबाट पनि प्रभावित भएँ कि भन्ने लाग्छ,’ उनले लोकान्तरसँग आफ्नो बाल्यकाल स्मरण गर्दै सुनाइन्, ‘मैले बुझ्ने भएदेखि गीत नै कापीमा गीत लेखेर गाउने गर्थें ।’

सानोमै उनका अनेकौं सपनाहरू थिए । गायिका बन्ने आकांक्षाले उनलाई बेलाबेलामा जिस्काइरहन्थ्यो । एसएलसीपछि उनी काठमाडौं आइन् किनकि उनलाई काठमाडौंमा आफ्नो भविष्य खोज्नुथियो ।

सुखसयलमा हुर्केको आफ्नो गाउँ र घरलाई देउरालीले छेक्यो । उनलाई त्यसबेला नै लागेको थियो, एकदिन पूरै खोटाङले मेरो नामलाई याद गर्नेछ ।

काठमाडौं आएपछि गुरुकुलमा गुरुदेव कामतसँग संगीतको कक्षा लिँदै थिइन् उनी । अर्कोतिर आफ्नो औपचारिक पढाइलाई पनि निरन्तरता दिइन् ।

पढाइ चलिरहेको थियो । संगीत पनि सिकिरहेकी थिइन् । रहरै रहरमा २०५७ सालमा ‘भमरालाई त के छ र...’ बोलको पहिलो गीत रेकर्ड गराइन् । गीतले केही संगीतकर्मीसँग चिनाउने मौका दिलायो । तर गीत त्यति चर्चित भएन । गीती यात्राकै क्रममा उनले गणेश रसिकसँग पनि गीत गाउने मौका पाइन् ।

संगीतकर्मीको चिनजान बाक्लो हुँदै थियो । झापाका एक साथीले उनलाई बुद्धवीर लामासँग भेट गराइदिए । लामाले उनका लागि एउटा गीत लेखिदिए । गीत थियो – ‘तिमीलाई हङकङ पुर्‍यायो, आइडी कार्डैले ।’

गीतमा संगीत भर्नका लागि लामाले त्यो गीत एक संगीतकारलाई दिए । तर संगीतकारले गीतलाई न्याय नगरेका हुन् कि भन्ने लाग्न थाल्यो । फेरि उनी अर्को संगीतकारसँग पुगे संगीतका लागि । उनको टोन पनि त्यति रुचेन लामालाई । अन्ततः शान्तिराम राईले यो गीतमा संगीत भरे । गीत सुन्दर सुनियो । सुपरहिट पनि भयो ।

बेलाबेलामा खोटाङे कलाकारहरूको भेटघाट भइरहन्थ्यो । खोटाङको सिङदेल गाविसमा पहिरोले क्षति पुर्‍याएको थियो । नवल खड्काको समूहले राहत संकलन गरिरहेको थियो । शान्तिराम राईले उनलाई त्यो कार्यक्रममा जानका लागि आग्रह गरे ।

सहयोग संकलन तथा भेलाका लागि उनी पनि गइन् । त्यही बेलामा नायक तथा निर्माता नवल खड्कासँग भेट भयो उनको । ‘एउटै जिल्लाको भएकाले हामीलाई कुरा गर्न पनि गाह्रो भएन । पछि हामीले प्रेमविवाह ग–यौं,’ उनी आफ्नो केही वर्षअघिको समयलाई स्मरण गर्दै सुनाउँछिन् ।

आफ्ना केही गीत चर्चित भएपछि उनलाई देश तथा विदेशबाट कार्यक्रम गर्ने अवसर आयो । गीत यतिसम्म हिट भएको थियो कि धेरैलाई यो गीत सत्यकलाको आफ्नै घटना हो समेत भन्न भ्याएका रहेछन् ।

एकपटक उनी केही सांगीतिक समूहसँग हङकङमा कार्यक्रम गर्न गइन् । कार्यक्रम सकिएपछि खाना खाएको होटलकी सञ्चालिका मीरा राईले सत्यकलालाई सुटुक्क बोलाइन् । उनी गइन् । उनले भनिछन्, ‘बैनी, यो गीत त तपाईंको आफ्नै घटना है ?’

‘हैन । यो गीत त मैले गाएको मात्रै हो । गीत बुद्धवीर लामाले लेख्नुभएको हो,’ उनले मुस्कुराउँदै सुनाइन् ।
‘ल ! हामी त सत्यकलालाई यस्तो परेछ भनेर जम्मा हुँदै रुन्थ्यौं,’ उनको यो कुरा सुनेर सत्यकला अलमल नै परिछन् एकछिन त । हुन पनि गीतको शब्दमा नै ‘धुरुधुरु रुवायो आइडी काडैले’ परेको छ ।

‘कलाकारले कुनै स्टेज कार्यक्रम गरिरहेको बेला कसैले कार्यक्रम स्थल छोड्यो भने दर्शकलाई मेरो गीत मन परेन कि भन्ने डर हुन्छ’, उनी आफ्नै पसलमा राखेको ग्रीन टीका प्याकेटतिर हेर्दै सुनाउँछिन् ।

धरानमा एकपटक स्टेजमा उनी गीत गाइरहेकी थिइन् । शुरुमा साकेला गीत गाउँदा सबैले साथ दिइरहेका थिए । नाचिरहेका थिए । मान्छे खचाखच थिए ।

जब उनले तिमीलाई हङकङ पुर्‍यायो... गाइन्, केही दर्शक त्यहाँबाट बाहिरिए । उनलाई लाग्यो – ‘दर्शकले मेरो गीत मन पराइदिनुभएन ।’

कार्यक्रम सकिएपछि पो थाहा भयो – यो गीत गाउँदा दर्शकहरू रुनुभएको रहेछ । त्यही भएर गेटतिर जानुभएको रहेछ । ‘आफ्नो भावनासँग मिल्ने गीतले त साँच्चै रुवाउन सक्ने रहेछ,’ उनी लामो हाँसो हाँस्दै सुनाउँछिन् ।




अंग्रेजीमा स्नातकोत्तर गरेकी सत्यकलाले संगीतमा पनि स्नातक गरिन् । केही समय शिक्षण पेशामा लागेपनि आफूले शिक्षण गर्दा समय मिलाउन नसकेको लागेर पढाउन छोडिन् । आफ्ना साना छोराछोरी हुर्काउन पनि उनलाई समय मिलाउनुपर्ने थियो ।

संगीतबाट आफूले राम्रै आर्थिक लाभ गरेपनि अहिले उनलाई संगीतको बजार पहिलेको जस्तो नभएको लाग्छ । काठमाडौंको सिनामंगलमा ग्रीन टीको आफनै व्यवसाय छ । नेपालको ग्रीन टीलाई विश्व बजारमा पुर्‍याउने उनको लक्ष्य छ ।

‘कुनै न कुनै माध्यमबाट नेपाललाई चिनाउनु पनि हाम्रो उद्देश्य हो । हामीले नेपालको उत्पादन ‘सेलिब्रिटी ग्रीन टी’लाई पूरै विश्वमा चिनाउन चाहन्छौं । अहिले प्रतिक्रिया पनि राम्रो आइरहेको छ,’ उनी बताउँछिन् ।

संगीतलाई साथसाथै लगेर गीत गाउनका लागि भने त्यति सहज छैन उनलाई । बिहान केही समय रियाज गरेपछि छोराछोरीलाई स्कुल पुर्‍याउँछिन् । ‘बच्चाका लागि आमाको माया अमूल्य छ । हामीले सक्दो समय दिनुपर्छ,’ राई भन्छिन् ।

जीवनसाथी नवल खड्काको साथले उनलाई धेरै सहज भएको छ । कार्यक्रमका लागि कतै जानुप–यो भने श्रीमानले नै सबै कुराको ख्याल गर्छन् । दुवै एकअर्काको परिपूरक बनेका छन् ।

व्यवसाय सँगसँगै आफ्नो गीती यात्रालाई पनि अगाडि बढाइरहेकी सत्यकला राईको लामो समयपछि नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।

‘म संगीत क्षेत्रबाट टाढा भएकी होइन । चलचित्रका गीतहरू गाएकी नै छु । गीतका रूपमा भने अहिले –याइँ –याइँ बज्यो सारङ्गी’ बजारमा ल्याएकी छु । यसमा पनि मौलिकतालाई समेट्ने प्रयास छ’, उनी बताउँछिन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x