×

NMB BANK
NIC ASIA

कांग्रेसमा 'सात भाइ'को सक्रियता : नेतृत्वमा पुग्ने 'वार्मअप' कि पार्टीलाई पुनर्जीवन दिने प्रयास ?

बैशाख १७, २०७५

NTC
Premier Steels

काठमाडौं, १७ वैशाख– १४ दिनसम्म लम्बिएको कांग्रेस केन्द्रीय समिति बैठक चुनावी पराजयको समीक्षा र अन्य केही निर्णय गर्दै आइतबार सम्पन्न भयो ।

Muktinath Bank

वाम गठबन्धन र मधेसी दलहरूको गठबन्धन तथा केही आन्तरिक कमजोरीका कारण चुनावमा अपेक्षित परिणाम ल्याउन नसकिएको निष्कर्ष निकालेको कांग्रेसले आगामी भदौमा महासमिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई साता चलेको कांग्रेस बैठकमा नेताहरूले विभिन्न प्रस्ताव पेश गरे । त्यसमध्ये गगन थापासहित ७ युवा नेताले पेश गरेको ५१ पृष्ठ लामो प्रस्ताव विशेष चर्चामा रह्यो ।


Advertisment
Nabil box
Kumari

गगनसहित, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, जीवन परियार र रामकृष्ण यादवले पेश गरेको प्रस्तावमा तत्काल महासमिति बैठक बोलाउन माग गरिएको थियो । साथै उनीहरूले महाधिवेशनको प्रक्रिया पनि यथाशीघ्र शुरु गर्न माग गरेका थिए ।

Vianet communication

बैठकले आगामी भदौमा महासमिति बैठक बोलाउने निर्णय गरेको छ । त्यसअघि जेठमा जिल्ला सभापतिहरूको भेला आयोजना हुनेछ ।

बैठकमा पेश भएका दर्जनौं प्रस्तावमध्ये सात भाइले पेश गरेको प्रस्तावले निर्णयमा तुलनात्मकरूपमा राम्रै प्रभाव राख्न सफल भयो । युवा नेताहरूको सेलिब्रेटी छवीका कारण मिडिया तथा सामाजिक सञ्जालमा पनि राम्रै चर्चा भयो ।

अब के गर्छन् ‘सात भाइ’ ?

‘अब हाम्रो (सात भाइ)को बैठक बस्छ, त्यहाँ हाम्रो माग र केन्द्रीय समितिले गरेका निर्णयमा कत्तिको तालमेल मिल्यो भन्ने समीक्षा हुन्छ,’ युवा नेता गुरुराज घिमिरेले लोकान्तरसँग भने, ‘हाम्रो प्रस्तावमा भएका कतिपय कमजोरी र भाषागत त्रुटीहरूलाई हटाएर यसलाई अझै समृद्ध बनाउँछौं र हरेक नगर, गाउँ तथा वडा–वडामा पुर्‍याउँछौं ।

‘यो प्रस्ताव आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्न प्रयोग गरिएको कार्ड त होइन ?’ नेता घिमिरे सो कुरा मान्न तयार छैनन् । यसलाई आफूहरूले कार्डको रूपमा प्रयोग नगरेको उनको जिकिर छ । ‘यसलाई हामीले नेतृत्वमा पुग्ने कार्डको रूपमा प्रयोग गरेका होइनौँ,’ घिमिरेले भने, ‘हामीले त पार्टीलाई पुनर्जीवन दिन, कार्यकर्तामा नयाँ उत्साहको सञ्चार गराउन खोजेका हौं ।’

आफूहरू अहिले पनि नेतृत्वमै रहेको भन्दै घिमिरेले भावी दिनमा प्राप्त हुने नयाँ जिम्मेवारी बहन गर्न भने तयार रहेको बताए ।

यस्तै अर्का नेता चन्द्र भण्डारी महासमिति बैठक बोलाउने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेकाले अब आफूहरू त्यसैतर्फ केन्द्रित हुने बताउँछन् । ‘हामीले महासमिति बैठक र शीघ्र महाधिवेशनको कुरा गरेका हौं, महासमिति बैठक बोलाउने निर्णय भएको छ, त्यसपछि पार्टी स्वतः महाधिवेशनको प्रक्रियामा जान्छ, तल्लो तहदेखि नै अधिवेशन हुँदै महाधिवशेन हुन डेढवर्ष जति समय त लाग्छ नै,’ भण्डारीले भने, ‘अब हामी त्यसैमा केन्द्रित हुन्छौं ।’

आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा नै पुग्ने विषयमा छलफल नै त नभए पनि समय परिस्थितिअनुसार अघि बढ्ने उनको भनाइ छ । ‘हामीले त्यस विषयमा छलफल नै त गरेका छैनौँ,’ भण्डारीले भने, ‘समय परिस्थितिले माग गरे प्रतिस्पर्धाका लागि नयाँ दृष्टिकोण बनाउँदै जानेछौं ।’

देउवाको कार्डले फेरिए दुई भाइ !

चुनावमा अनपेक्षित पराजय भोगेपछि पार्टीको पुनर्संरचना र नेतृत्व परिवर्तनलगायतका माग राखेर कांग्रेसका ७ युवा नेता संगठित भएका थिए । त्यतिबेला गगन, धनराज, चन्द्र, गुरु र प्रदीपका अलावा विश्वप्रकाश शर्मा र बद्री पाण्डे मिलेर ‘सात भाइ’को समूह बनेको थियो ।

कांग्रेसका प्रभावशाली युवा नेताहरू संगठित भएपछि पार्टी नेतृत्वलाई चुनौती त थपिने नै भयो । त्यसबाट सशंकित भएका पार्टी सभापति शेरबहादुर देउवाले यो समूहलाई फुटाउन नयाँ कार्ड प्रयोग गरे, विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाएर । प्रवक्ताको जिम्मेवारी पाएपछि विश्वप्रकाश नेतृत्वविरुद्ध बोल्न छाडेका छन् । युवा नेताहरूको समूहमा अहिले उनको उपस्थिति छैन ।

देउवा त्यतिमै रोकिएनन्, उनले बद्री पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाए । राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएपछि पाण्डे पनि समूहबाट अलग भइसकेका छन् । 

७ मध्ये २ जनाले छाडेपछि युवा नेताहरूको समूह ५ जनामा सिमित बनेको थियो । तर केन्द्रीय समिति बैठकसम्म आइपुग्दा २ नयाँ सदस्य थपिएका छन्, फेरि बनेको छ, सात भाइको समूह । समूहका नयाँ २ सदस्य रामकृष्ण यादव र जीवन परियार हुन् ।

यस्तो छ सात भाइको प्रस्ताव :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x