×

NIC ASIA

आगामी वर्ष ७ लाख लेन्स उत्पादन गर्ने तिलगंगा आँखा प्रतिष्ठानको घोषणा

बैशाख २५, २०७५

Prabhu Bank
NTC
तस्वीर : सीमा तामाङको ब्लगबाट
Premier Steels

काठमाडौं, २५ वैशाख–तिलगंगा आँखा प्रतिष्ठानले आगामी वर्ष आँखाको लेन्स उत्पादन दोब्बर बनाउने भएको छ ।

Muktinath Bank

वार्षिक साढे तीन लाख अँखाको लेन्स उत्पादन गर्दै आएको प्रतिष्ठानले आगामी वर्ष दोब्बर लेन्स उत्पादन गर्ने प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले लोकान्तरलाई बताए । प्रतिष्ठानले सरकारको सहयोग पाएपछि आगामी वर्ष उत्पादन दोब्बर बनाउने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालमा उत्पादित लेन्स विश्व बजारमा मोडलको रूपमा विकास भइरहेको छ । अहिले हामीले वार्षिक साढे तीन लाख लेन्स उत्पादन गर्दै आएका छौं,’ डा. रुइतले भने, ‘विश्व बजारको माग हेर्ने हो भने त हामीले वार्षिक १० लाख उत्पादन गर्न सके पनि सबै खपत हुने अवस्था छ । सरकारले हामीलाई प्रोत्साहन गरेको छ, हामी आगामी वर्ष हाम्रो उत्पादनलाई दोब्बर बनाउँछौं ।’


Advertisment
Nabil box
Kumari

निजी लगानीमै आँखाको लेन्स उत्पादन गर्दै आएको तिलगंगा आँखा प्रतिष्ठानलाई सरकारले पहिलोपटक अनुदान  सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले १० करोडको चेक प्रदान गरेका थिए ।

Vianet communication

प्रतिष्ठानलाई अनुदान रकमको चेक प्रदान गर्दै मन्त्री यादवले सरकारको सहयोगले प्रतिष्ठानलाई मोतियाबिन्दुको शल्यक्रियापछि राखिने लेन्स उत्पादन गरी विश्वका विभिन्न मुलुकमा निर्यात गर्दै व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल आँखा कार्यक्रम’ले मोतियाबिन्दुको शल्यक्रियापछि राखिने लेन्स उत्पादन गर्दै आएको छ । डा. रुइतले सरकारले पहिलोपटक लेन्स उत्पादनको लागि सहयोग गरेकोमा खुसी व्यक्ति गरे ।

‘ढिलै भए पनि सरकारले हामीलाई हेर्‍यो, सरकारको दृष्टिकोण सकारात्मक छ भन्ने आशा पलाएको छ,’ डा. रुइतले लोकान्तरसँग भने, ‘सरकारको यो सहयोगले लेन्स उत्पादन बढाउन सघाउ पुर्‍याएको छ । हामीले विदेशी मुलुकमा लेन्स विक्री गर्दै आएको हुँदा हाम्रो  देशको आर्थिक वृद्धिदरमा सहयोग पुर्‍याउन पनि मद्दत गर्ने छ ।’

सरकारको सहयोगले नेपालमा रहेका गरीब जनतालाई सुलभ मूल्यमा लेन्स दिन सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतिष्ठानले उत्पादन गरेको लेन्स मोदियाबिन्दु भएका नेपाली बिरामीले न्यूनतम २ सय रुपैयाँमा पाउने गरेका छन् । सरकारको सहयोगले नेपालमा रहेका गरीब जनतालाई सुलभ मूल्यमा लेन्स उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ ।

‘हामीले मोलियाबिन्दुको उपचारपछि प्रयोग हुने दुई प्रकारको लेन्स उत्पादन गछौँ, पोलडेबल र नन पोलडेबल, पोलडेबलको मुल्य १२ सय र नन पोलडेबलको मूल्य दुई सयमा नेपालीले पाउँछन्,’ डा. रुइतले भने, ‘सरकारको यो सहयोगले नेपालीलाई सस्तोमा लेन्स दिन सक्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x