×

NMB BANK
NIC ASIA

यो विश्वकपमा कोलम्बिया सबभन्दा अनुशासनहीन टीम, पायो सबभन्दा धेरै कार्ड

असार २५, २०७५

NTC
Premier Steels

काठमाडौं – फूटबल विश्वकपमा भाग लिएका ३२ टीममध्ये कोलम्बिया सबभन्दा अनुशासनहीन देखिएको छ । उसका एक खेलाडीले रातो कार्ड र नौ खेलाडीले पहेंलो कार्ड पाएका छन् । 

स्विट्जरल्यान्डका खेलाडीहरूले पनि यति नै संख्यामा रातो र पहेंलो कार्ड पाएका भएपनि उनीहरू कम फाउल भएका कारण कोलम्बिया नै सबभन्दा कलंकित ठहरियो । 

फाउल गर्नमा रुस सबभन्दा अगाडि देखियो । उसका खेलाडीहरूले ९५ फाउल गरे । तीमध्ये एक फाउल पेनाल्टीमा समेत परिणत भयो । क्वार्टरफाइनलमा क्रोएसियासँग हारेको रुसका ६ खेलाडीले पहेंलो कार्ड पाए । मिडफील्डर युरी ग्याजिनस्काईलाई दुईवटा पहेंलो कार्ड देखाइयो । 

यस विश्वकपमा क्रोएसियाका १२ खेलाडीले पहेंलो कार्ड पाएका छन् । तर उसका कुनै पनि खेलाडीले दुईचोटि पहेंलो कार्ड पाएका छैनन् । क्रोएसियाली खेलाडीले कुल ७८ फाएल गरे । एउटा फाउल पेनाल्टीमा परिणत भयो । 

यस विश्वकपमा अर्जेन्टिना र पनामाका ११–११ र दक्षिण कोरियाका १० खेलाडीले पहेंलो कार्ड पाए । यी तीनै टोलीका दुई दुई खेलाडीले दुई दुईचोटि पहेंलो कार्ड पनि पाए । 

विश्वकपमा भाग लिने टोलीमा साउदी अरबले सबभन्दा कम पहेंलो कार्ड पायो । उसका मिडफील्डर तासीर अल–जासिमले मात्र पहेंलो कार्ड पाए । कम फाउल गर्ने दोस्रो टोली पनि उही भयो । उसले तीन खेलमा ३० फाउल ग–यो भने
उसविरुद्धका टीमका खेलाडीले ४५ फाउल गरे । 

तीन म्याचमा दुई पहेंलो कार्ड पाउने जर्मनीले सबभन्दा कम २९ फाउल ग–यो । तर एउटै म्याचमा दुई पहेंलो कार्ड पाएर रेड कार्डमा परिणत भएपछि डिफेन्डर जेरोम बोआटेङले मैदान छोड्नुप–यो ।

स्पेनका दुई खेलाडीले मात्र पहेंलो कार्ड पाए र उसका खेलाडीहरूले कुल ३४ फाउल गरे । 

इजिप्टविरुद्ध सबभन्दा कम फाउल भयो । उसले खेलेको तीन म्याचमा प्रतिद्वन्द्वीहरू टोलीले २१ फाउल गरे ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x