×

NMB BANK
NIC ASIA

एकै दिनमा उठ्यो १६ अर्ब राजस्व, असारमा मात्रै एक खर्बभन्दा बढी बजेट सकियो !

साउन १, २०७५

NTC
Premier Steels

काठमाडौं – आर्थिक वर्ष २०७४/०७५ मा अन्तिम एक दिनमा सरकारले झण्डै १६ अर्ब राजस्व संकलन गर्न सफल भएको छ ।

Muktinath Bank

असार ३१ गतेको अन्तिम तथ्यांकअनुसार लक्ष्य पूरा गर्न सोमबार एकैदिनमा १५ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ कर संकलन गर्नुपर्ने दबाब थियो । आर्थिक वर्ष २०७४/०७५ मा ७ खर्ब ३० अर्ब रुपैयाँ कमाउने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म सरकारले कर संकलन तथा भन्सारबाट ७ खर्ब १४ अर्ब ३१ करोड ७९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्रालयका अनुसार क्लोजिङको दिन सोमबार भन्सार तथा कर कार्यलयका कर्मचारीको भरपूर प्रयासपश्चात मध्यरातिमा राजस्व संकलनले लक्ष्य नाघेको थियो ।


Advertisment
Nabil box
Kumari

असार अन्तिम दिन ३२ गते कर कार्यालयका प्रमुख तथा भन्सार कार्यालयको अथक प्रयासका कारण राजस्वको लक्ष्य छुन सफल भएको अर्थमन्त्रालयका अधिकारीहरू बताउँछन् ।  

Vianet communication

अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आर्चाकाअनुसार राजस्वको लक्ष्य भेट्टाउन सोमबार अन्तिम प्रयासस्वरूप राजस्व नतिरेका ठूला करदातालाई फोन गर्ने लगायत काम गर्दै सबै कर कार्यालय भन्सारका प्रमुखहरूले अथक प्रयास गरेकै कारण एकै दिनमा ठूलो अंकमा राजस्व संकलन भएको हो ।  

‘राजस्वको पूर्ण लक्ष्य भेट्टाउन सोमबार सम्बन्धित अधिकारीहरूले ठूलो मेहनत गरे । त्यही मेहनतका कारण एकै १६ अर्ब राजस्व संकलन गर्न सफल भयौं ।’

खर्च स्रोतका लागि आन्तरिक आम्दानी करीब साढे ७ खर्ब र करीब ५ खर्ब रुपैयाँ अनुदान र ऋणबाट जुटाउने लक्ष्य प्रस्तुत गरेको थियो ।

खर्च १० खर्बभन्दा बढी

आर्थिक वर्ष २०७४/०७५ मा बजेट खर्चको लक्ष्यनजिक पुगेको छ । सो आर्थिक वर्षमा जम्मा १२ खर्ब ७९ अर्ब ७६ करोड बजेट खर्च गर्ने लक्ष्य राखेकोमा १० खर्ब ७३ अर्ब १६ करोड ३९ लाख रुपैयाँ खर्च गर्न सफल भएको हो । यो ८३ दशमलव ८६ प्रतिशत हो । 

यसमध्ये पूँजिगत तथा विकास खर्चका लागि सरकारले ३ खर्ब ३५ अर्ब रुपैयाँ विनियोजन गरेकोमा असार मसान्तसम्ममा २ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गरेको छ । यो कूल विनियोजित रकमको ७९ दशमलव ७४ प्रतिशत हो । 

यस्तै सरकारले वित्तीय व्यवस्थापनका लागि विनियोजन गरेको १ खर्ब ४१ अर्ब रुपैयाँमध्ये १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै चालू खर्च भने ८६ दशमलव ६५ प्रतिशत (६ खर्ब ९६ अर्ब) रकम खर्च भएको छ । चालू अर्थिक वर्षमा पनि विकास खर्च निकै कम थियो । कर्मचारीको तलब सुविधा तथा हरेक वर्ष बजेट विनियोजन गर्नुपर्ने क्षेत्रको खर्च छिटो हुने गरेको देखिएको हो ।

महालेखाको तथ्यांकअनुसार सरकारले चालू खर्चका लागि ८ खर्ब ३ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । 

असारको विकास खर्च १ खर्बभन्दा बढी

आर्थिक वर्ष २०७४/०७५ मा मात्रै एक खर्ब रुपैयाँभन्दा बढी रकम पूँजीगत खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको कूल पूँजीगत बजेट ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार थियो । यसमध्ये असार मसान्तसम्ममा ७९ दशमलव ४७ प्रतिशत बजेट निकासा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

जेठ मसान्तसम्मको तथ्यांकमा भने ४८ दशमलव ३२ प्रतिशत खर्च भएको थियो ।  असारमा मात्रै कूल पूँजीगत बजेटकोे ३१ दशमलव १५ प्रतिशत रकम निकासा भएको देखिन्छ । यसरी असारमा मात्रै कूल पूँजीगत बजेटको १ खर्ब ४ अर्ब ४० करोड ७३ लाख १४ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x