×

NIC ASIA

बीसवर्ष पुराना सवारी हटाउँदैमा काठमाडौंको प्रदूषण कम होला ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
बीसवर्ष चलनमा आइसकेका सार्वजनिक सवारी साधनलाई सडकमा गुड्न रोक लगाएपछि काठमाडौं उपत्यकाका सडक पेटीहरूमा आवागमन सहज हुने र प्रदूषण पनि कम हुने सरकारी कर्मचारीहरूको अपेक्षा रहेछ। तर हाल करिव पाँच हजारको संख्यामा रहेको मानिएका भाडाका मोटर वाहनलाई ‘पत्रु’ को कित्तामा पारिदिने बित्तिकै एकाएक समस्याको हल निस्कने होइन। हचुवा शैलीको काम(गराइबाट दीर्घकालीन समाधान भेटिन्छ भन्ठान्नु मूर्खता हो ।

जस्तो, पत्रु ठहर्‍याइका फलामे वस्तु कसरी र कता-कता थान्को लगाउँदै जाने त्यसको चाँजो नमिलाइकन पत्रु उत्पादनलाई प्रोत्साहन दिने कार्यको नतीजा राम्रो हुन सक्दैन ।

सरोकारवाला निकायहरू बीच समन्वय नगरिकन गरिएका कामले कस्तो परिणाम निकाल्छ त्यो मेलम्चीको पानी वितरणको सिलसिलामा राजधानी शहर धूलो-धूवाँले छोपेको दृश्य यस प्रसङ्गको प्रमाण हो।

निर्वाहमुखी र सानो अर्थव्यवस्था भएको विशिष्ट भौगोलिक परिवेशको नेपाललाई के-कस्ता मोटर वाहन के-कति संख्यामा आवश्यक पर्छ त्यसको राम्रो अध्ययन गरेर मात्र विदेशबाट त्यस्ता उपकरण झिकाउने नीति अपनाउनु पर्छ ।

किनभने आफ्नो देशमा उत्पादन नहुने मोटर वाहन र उत्पादन नहुने पेट्रोलियम पदार्थको लागि वर्षेनी दशौं अर्ब बराबरको विदेशी मुद्रा खर्च गर्दा व्यापारघाटा झन् कहालिलाग्दो हुन पुग्नेछ।

सडक सञ्जालको पूर्वाधार के-कति छ र त्यसले कतिसम्मको भार वहन गर्न सक्छ त्यसको पनि अध्ययन जरुरी हुन्छ । निर्धन मुलुकका केही धनी र ठूलाठालूहरूको लागि सडक फराकिलो पार्ने र महँगा वाहन पैठारी गर्न दिइरहने अहिलेको सुकुलगुण्डे नीतिले विद्यमान स्थितिको उपहास गरेको टड्कारै देखिन्छ।

Kathamanduसार्वजनिक अर्थात् भाडामा जनसेवा गरिरहेका मोटर वाहन हुन् वा निजी तवरमा गुडाउन किनिएका साधन हुन् अथवा सरकारी,अर्ध्दसरकारी वा संस्थागत स्वामित्वमा रहेका गाडी हुन् ती सडकमा गुड्नलायक छन्, छैनन् त्यो कति वर्षअघि कारखानाबाट उत्पादन भै बाहिर आएको वाहन हो भन्ने आधारमा तय गर्न मिल्दैन।

यान्त्रिक सर-साधन मर्मत गरेर, कलपूर्जा फेरेर चालू अवस्थामा राख्न सकिन्छ। त्यसैगरी,२० वर्षअघि दर्ता गरेको भन्दैमा वाहनहरू धेरै किलोमिटर कुदिसकेका (थोत्रा) हुन्छन् भन्ने आकलन गर्न मिल्दैन। कतिपय निजी स्वामित्वका साधनहरू सीमित प्रयोगमा रहेका हुन्छन् यद्यपि खरीद गरेको वर्षका हिसाबले ती पुराना लाग्न सक्छन् ।

बेला-बेलामा पुराना शैली मोडेलका कार,जीपहरूको प्रदर्शनीरदौड आयोजना गरेको सुनिन्छ, देखिन्छ। अर्को कुरा, खाल्डाखुल्डी बग्रेल्ती भएका सडकले सबै प्रकारका वाहनहरूलाई चाँडै थोत्रा गराउने स्थितिको जिम्मा सरकारले नलिए कसले लिने रु सडक विभागले समयमा काम गरे भत्के बिग्रेका सडक पेटीमा अप्रिय दृश्य देख्नुपर्ने बटुवाको बाध्यता र आक्रोश कम हुने कुरा निर्विवाद छ।

सरकारले यतिखेर प्राथमिकतामा पार्नुपर्ने विषय स्थानीय सडक, राजमार्ग, लोकमार्गहरूमा गुड्ने मोटर वाहनको यान्त्रिक अवस्था जाँच गराउने हो।

बस, ट्रक, मिनिबस समेतका साधन किनेर यातायात सेवा चलाउने लगानीकर्ताहरूले मर्मत(सम्भारमा आवश्यक ध्यान नदिने र खर्च नगर्ने प्रवृत्ति देखिएको छ जसले गर्दा यात्रु सकसमा पर्ने र दुर्घटनामा परेर मर्नेसम्मका जोखिम बेहोर्दछन्। किनभने बढ्दो दुर्घटनाका कारण चालकको लापरवाही र सडकहरूको दुरावस्था मात्र होइनन्।

सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात (ट्राफिक) प्रहरी, नगरपालिका समेतका निकायले सामूहिक प्रयास र तयारीबाट तत्कालको चुनौतीको सामना गर्न सक्छन्।

बिजुलीबाट चल्ने यातायात सेवा र अन्य वैकल्पिक उपायहरू खोजी दीर्घकालीन समाधानको बाटो पहिल्याउने जिम्मा राष्ट्रिय योजना आयोगजस्ता निकायले लिनुपर्दछ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x