बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौं – विभिन्न वस्तु तथा सेवालाई करको दायरा ल्याउन थालेपछि सरकारको तीव्र आलोचना भइरहेको छ ।
संघीय प्रणालीको आय स्रोतमा राजस्व संकलनलाई ठूलो महत्त्व दिएर केन्द्र सरकारले करको दायरा बढाउन थालेपछि प्रदेश तथा स्थानीय तहले पनि अत्याधिक कर बढाइरहेको गुनासो बढेको छ ।
पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालदेखि पत्रपत्रिकाहरूले सरकारले जथाभावी कर लगाएको भन्दै विरोध बढेको देखिन्छ ।
हाल विभिन्न प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र मिचेर अधिक मात्रामा करहरू लगाइरहेका छन् । जसका कारण कतिपय क्षेत्रमा स्थानीयले एउटै वस्तु तथा सेवामा दोहोरो कर तिर्दा नागरिकलाई सास्ती भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
सरकारले विभिन्न स्थानीय तह तथा सरकारले घरपालुवा पशुपंक्षीमाथि पनि कर लगाउन थालेपछि केन्द्र सरकारले मापदण्ड बनाउन नसकेको आरोप बढ्दो छ ।
राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले करका मापदण्ड बनाउनु पर्ने भए पनि आयोगले पूर्णता नपाउँदा प्रदेश र स्थानीय तहको मनपरी भएको विज्ञहरूको चिन्ता छ ।
अर्थविश्लेषक युवराज भुसालले कर तिरेपछि त्यसको उपयोग कहाँ हुन्छ भन्ने कुरा नबुझेको अवस्थामा जनताले विरोध गर्नु स्वभाविक भएको भन्दै करमा पारदर्शिता नै पहिलो शर्त भएको बताए ।
भुसालले भने, ‘विश्वभरिमा हेर्दा ट्याक्स नै अनपपुलर हो । ट्याक्स लिँदा जनताको चित्त बुझ्नै पर्छ । त्यसकारण पनि पारदर्शी ढंगले करबारे जनतालाई बुझाउन जरुरी छ । अपारदर्शी ढंगले उठाइएको हुँदा यसलाई स्वभाविक हो ।’
‘ट्याक्स फर्मुलाअनुसार पनि संसारभरि त्यो देशको आय आर्जनको मुख्य पेशा व्यवसायमा छुट तथा आधारभूत खाद्यवस्तुमा कर लाग्दैन,’ भुसाल भन्छन्, ‘तर अहिले स्थानीय तह र प्रदेशका लागि कुनै मापदण्ड छैन । मनपरी निर्देशन दिइँदैछ । अन्य कुनै स्रोत पनि नखोजी कर लगाउने कुराको पहिचान मात्रै भइरहेको छ ।’
करवृद्धिबारे सामाजिक सञ्जालमा यस्तो छ चर्चा :
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...